धनगढीमा जारी प्रधानमन्त्री टी–२० महिला क्रिकेट प्रतियोगितामा शुक्रबार दुई खेल हुँदैछन्। धनगढीको फाप्ला मैदानमा हुने पहिलो खेलमा पूर्वाञ्चल ...
धनगढीमा जारी प्रधानमन्त्री टी–२० महिला क्रिकेट प्रतियोगितामा शुक्रबार दुई खेल हुँदैछन्। धनगढीको फाप्ला मैदानमा हुने पहिलो खेलमा पूर्वाञ्चल र मध्यपश्मिाञ्चल भिड्नेछन्। यस्तै दोस्रो खेल सुदूरपश्चिम र मध्यमाञ्चलबीच हुनेछ। विजयी दुवै टोली सेमिफाइनलमा पुग्नेछन्। यसअघि बिहीवार भएको पहिलो खेलमा समूह एमा रहेको मध्यमाञ्चलले पश्चिमाञ्चललाई ४४ रनले हरायो। दोस्रो खेलमा खेलमा समूह बीमा रहेको एपीएफले पूर्वाञ्चललाई ४ विकेटले हरायो। प्रतियोगिताको विजेताले पाँच लाख तथा उपविजेताले दुई लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।