अन्माएर पठाएको ५ घण्टा पनि नबित्दै

लहानः सिरहाको दक्षिणवर्ती सुखीपुर नगरपालिका ४ पोखरीया गाउँका राजकुमार मोचीको शुक्रबार नै साइत जुर्‍यो। विवाहका लागि आफन्तजन, पाहुना, निम्ताल...

Image result for nani varkhar janmekoलहानः सिरहाको दक्षिणवर्ती सुखीपुर नगरपालिका ४ पोखरीया गाउँका राजकुमार मोचीको शुक्रबार नै साइत जुर्‍यो। विवाहका लागि आफन्तजन, पाहुना, निम्तालु र जन्ति लिएर छिमेकी गाउँ पुगे। सामाजिक परम्पराअनुसार विवाह सम्पन्न भयो।  बेहुली लिएर शुक्रबार साँझ ६ घर फर्किए। यता, विवाहको रौनक थियो। बेहुलीको मुख हेर्नेको भिड थियो। बेहुलीका बारेमा टीकाटिप्पणी भए। शुभकामना दिनेको उपस्थिति पनि त्यतिकै बढ्यो। विवाहको दिनको तामझाम अर्कै थियो। रंगीन वातावरण देखिन्थ्यो त्यहाँ। बेहुली लिएर जन्तीसँगै २१ वर्षीय बेहुला उमेशकुमार राम पनि खुशी देखिन्थे। बेहुली ल्याएपछि जातीय परम्परा अनुसार भित्र्याउने तयारी गरिरहेकै बेला १९ वर्षीया बेहुली शोभाकुमारी रामले ‘पेट दुख्यो’ भन्न भनिन्।  विवाहमा जम्मा भएका निम्तालु र छिमेकी महिलाहरूले बेहुलीलाई हेर्नथाले। औषधि मूलो गर्न थालेँ। घर ल्याएको एक घण्टा पनि नबित्दै बेहुलीले छोरा जन्माएपछि मोचीको घरमा जम्मा भएका निम्तालु, छिमेकी र आफन्त, बेहुलीसँग साथी आएकाहरु पनि छक्क परे। प्रत्यक्षदर्शी स्थानीय गाउँलेले सुनाए ‘छिमेकी, विवाहका निम्तालुहरुको सल्लाह अनुसार बेहुलीलाई तत्काल माइती घर पठाइयो।’ माइती पक्ष अन्योलमा छोरी अन्माएर पठाएको ५ घण्टा पनि नबित्दै नाबालक शिशुसहित फिर्ता भएपछि सिरहाको बरियारपट्टि गाउँपालिका ३ शिवनगरका रामबली राम अन्योलमा परेका छन्। छोरीको विवाहमा आएका निम्तालुहरू आ–आफ्नो घर नफर्किंदै छोरी नाबालक शिशुसहित  फिर्ता आएपछि उनलाई थप सङ्ट परेको छ। दुवै पक्षको बीच पटक पटक आवतजावत र कुराकानीपछि माघ २५ गते सामाजिक परम्परा अनुसार विवाह गरिएकी छोरी आफ्नो घर नभित्रिंदै सुत्केरी भएपछि उनलाई अप्ठ्यारो परेको गाउँलेहरु बताउँछन्। भारतको दिल्लीमा काम गर्दै आएका बेहुला उमेश चार महिनाअघि मात्र घर फर्किएका थिए।  प्रेमीको गर्भ रहेको आशंका मागी विवाह गर्नु अगावै शोभाको एक छिमेकी युवासँग प्रेम सम्बन्ध रहेकाले उनकै गर्भ रहेको आशङ्का गरिएको छ। शैलेन्द्र करिब चार महिना अघि नै वैदेशिक रोजगारीका लागि खाडी मुलुक गएको बताइएको छ। इलाका प्रहरी कार्यालय बरियारपट्टिका निमित्त प्रमुख प्रहरी हबल्दार रामचन्द्र यादवले दुव पक्षबाट कुनै पनि उजुरी नआएको बताए। यद्यपि घटनाको विषयमा सोधखोज भइरहेको यादवले उल्लेख गरे। मणिलाल विश्वकर्मा बाट 

COMMENTS





Name

Featured अटो अपराध अर्थ वाणिज्य कृषि खेलकुद दुर्घटना देश देश परिवेश परिवेश पूर्व बैङ्क भिडियाे मनोरञ्जन राजनीति राजनीति परिवेश विदेश समसामियक समाचार समाज समाज अपराध समाज परिवेश स्वास्थ्य
false
ltr
item
गुरासँ एफ्.एम्.: अन्माएर पठाएको ५ घण्टा पनि नबित्दै
अन्माएर पठाएको ५ घण्टा पनि नबित्दै
http://images.onlymyhealth.com/imported/images/2013/December/06_Dec_2013/delivery-of-baby150x100.jpg
गुरासँ एफ्.एम्.
http://www.gurasfm.com/2018/02/blog-post_19.html
http://www.gurasfm.com/
http://www.gurasfm.com/
http://www.gurasfm.com/2018/02/blog-post_19.html
true
7688986134927037870
UTF-8
समाचार भेटाउन सकिएन सबै हेर्नुहोस थप पढ्नुहोस जवाफ दिनुहोस जवाफ नदिनुहोस हटाउनुहोस सर्जक गृह पेजहरू समाचारहरू सबै हेर्नुहोस तपाइको लागी ट्याग विगत खोज्नुहोस सबै खबरहरू तपाइले खोजे अनुसारको खबर पाउन सकिएन गृहमा फर्कनुहोस आइतबार सोमबार मङ्गल बुधबार बिहीबार शुक्रबार शनिबार आइत सोम मङ्गल बुध बिही शु्क्र शनि जनावरी फेब्रुअरी मार्च अप्रिल मे जुन जुलाइ अगस्ट सेप्टेम्वर अक्टुवर नोभेम्वर डिसेम्बर Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै १ मिनेट पहिले $$1$$ मिनेट पहिले 1 घण्टा पहिले $$1$$ घण्टा पहिले हिजो $$1$$ दिन पहिले $$1$$ हप्ता पहिले ५ हप्ता पहिले फलोबरहरू फलो गर्नुहोस । यो उत्कृष्ट सामग्री हो । ताला हटाउनका लागी बाढ्नुहोस् । सबै कोड कपि गर्नुहोस । सबै कोड Select गर्नुहोस् । All codes were copied to your clipboard कोडहरू कपि गर्न सकिएन, कृपया [CTRL]+[C] वा ( CMD+C सँग Mac) थिच्नुहोस ।