हेलिकोप्टरबाट ल्याइयो हत्या आरोपी चारजनालाई

गोरखा - गोरखाको चुमनुब्री गाउँपालिका–६ चुम्चेतकी २६ वर्षीया कुन्साङ विकलाई धारिलो हतियार प्रहार गरी हत्या गर्न संलग्न रहेको आरोपमा प्रहरी...


गोरखा - गोरखाको चुमनुब्री गाउँपालिका–६ चुम्चेतकी २६ वर्षीया कुन्साङ विकलाई धारिलो हतियार प्रहार गरी हत्या गर्न संलग्न रहेको आरोपमा प्रहरीले चारजनालाई पक्राउ गरी हेलिकोप्टरमार्फत मंगलबार सदरमुकाम ल्याएको छ ।
गत कात्तिक १८ गते बेलुकी बालबच्चासहित घरमा रहेकी कुन्साङलाई धारिलो हतियार प्रहार गरी हत्या गरिएको थियो । मुख र टाउकोमा चोट लागेकी कुन्साङको घटनास्थलमै मृत्यु भएको थियो । घटनामा संलग्न रहेका फरार थिए ।
प्रहरीले १८ वर्षीय तेन्जिङ् रिङ्जिङग लामा, २६ वर्षीय छेराङ रिङ्जिङग लामा, १९ वर्षीय सोनाम ग्याल्जिङ लामा, २२ वर्षीय सोनाम ग्याल्जिङ लामालाई पक्राउ गरी हेलिकोप्टरमार्फत मंगलबार सदरमुकाम ल्याएको हो भने मुख्य योजनाकार छेताक ग्याल्जिन लामा फरार छन् ।
प्रहरी उपरीक्षक प्रकाश अधिकारीका अनुसार हेलिकोप्टरको भाडा सरकारले बेहोर्नेछ भने घटनामा संलग्न रहेका मुख्य योजनाकार लामाको खोजी भइरहेको छ । पक्राउ परेकाविरुद्ध कानूनअनुसार कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।
घटनास्थल गोरखा सदरमुकामबाट चारदिन पैदल दूरीमा पर्ने भएकाले हेलिकोप्टरबाट आरोपी ल्याउनुपरेको हो । कुन्साङको शवलाई परीक्षण गरी परिवारको जिम्मा लगाइएको छ । राष्ट्रिय समाचार समिति

COMMENTS





Name

Featured अटो अपराध अर्थ वाणिज्य कृषि खेलकुद दुर्घटना देश देश परिवेश परिवेश पूर्व बैङ्क भिडियाे मनोरञ्जन राजनीति राजनीति परिवेश विदेश समसामियक समाचार समाज समाज अपराध समाज परिवेश स्वास्थ्य
false
ltr
item
गुरासँ एफ्.एम्.: हेलिकोप्टरबाट ल्याइयो हत्या आरोपी चारजनालाई
हेलिकोप्टरबाट ल्याइयो हत्या आरोपी चारजनालाई
गुरासँ एफ्.एम्.
http://www.gurasfm.com/2017/11/blog-post_97.html
http://www.gurasfm.com/
http://www.gurasfm.com/
http://www.gurasfm.com/2017/11/blog-post_97.html
true
7688986134927037870
UTF-8
समाचार भेटाउन सकिएन सबै हेर्नुहोस थप पढ्नुहोस जवाफ दिनुहोस जवाफ नदिनुहोस हटाउनुहोस सर्जक गृह पेजहरू समाचारहरू सबै हेर्नुहोस तपाइको लागी ट्याग विगत खोज्नुहोस सबै खबरहरू तपाइले खोजे अनुसारको खबर पाउन सकिएन गृहमा फर्कनुहोस आइतबार सोमबार मङ्गल बुधबार बिहीबार शुक्रबार शनिबार आइत सोम मङ्गल बुध बिही शु्क्र शनि जनावरी फेब्रुअरी मार्च अप्रिल मे जुन जुलाइ अगस्ट सेप्टेम्वर अक्टुवर नोभेम्वर डिसेम्बर Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै १ मिनेट पहिले $$1$$ मिनेट पहिले 1 घण्टा पहिले $$1$$ घण्टा पहिले हिजो $$1$$ दिन पहिले $$1$$ हप्ता पहिले ५ हप्ता पहिले फलोबरहरू फलो गर्नुहोस । यो उत्कृष्ट सामग्री हो । ताला हटाउनका लागी बाढ्नुहोस् । सबै कोड कपि गर्नुहोस । सबै कोड Select गर्नुहोस् । All codes were copied to your clipboard कोडहरू कपि गर्न सकिएन, कृपया [CTRL]+[C] वा ( CMD+C सँग Mac) थिच्नुहोस ।