म्याड्रिड । रियल म्याड्रिडका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले नेयमारका पितालाई भेटेर पेरिस सेन्ट जर्मेनका स्टारलाई क्रिस्टियानो रोनाल्डोको स...

ब्राजिलियन
स्टार यही वर्षमात्र रियलका चिरप्रतिद्वन्द्वी बार्सिलोना छाडेर
विश्वकिर्तिमानी १९.८ करोड पाउण्डमा पेरिस आइपुगेका हुन् ।
पीएसजी आउने बित्तिकै नेयमारले त्यहाँ आफ्नो प्रभुत्व जमाउँदै पछिल्ला १२ खेलमा ११ गोल गरिसकेका छन् ।
स्पेनिस पत्रिका मुन्डो डिर्पोटिभोका अनुसार पेरेज र नेयमार सिनियरबीच नेयमार पुनः स्पेन फर्किने विषयमा छलफल भएको छ ।
रियलले
सन् २०१३ ताका सान्तोषबाट नेयमार अनुबन्ध गर्न चाहेको थियो । तर, उनले
रियलको साटो बार्सिलोनालाई छनौट गरेका थिए । चार वर्ष बार्सिलोनामा बिताएका
नेयमारले एउटा च्याम्पियन्स लिगसहित थुप्रै उपाधि जितेका थिए ।
रियलले
नेयमारलाई बर्नेबाउमा आउन ढोका सँधै खुला राखेको बताइएको छ । तर, यो
अनुबन्ध सन् २०२१ मा रोनाल्डोको करार सकिएपछि मात्र सम्भव हुने डेली मेलमा
प्रकाशित रिपोर्टमा उल्लेख छ ।
अहिलेको
लागि नेयमार फ्रान्समा नै खुसी रहेको र लिग वानको डेब्यु सिजनमा उपाधि
जित्न चाहेको बताइएको छ । यद्यपि, यो सिजन पिएसजीले मुख्य उपाधि जित्न नसके
नेयमार फेरि स्पेन फर्कन सक्ने आशंका व्यक्त गरिएको छ ।
फ्रेन्च
टोलीले नेयमारलाई सहज बनाउन विशेष ध्यान दिइरहेको र क्लबमा अन्य
ब्राजिलियन खेलाडीहरु ड्यानी आल्भेस, मार्किन्होस, थियागो सिल्भा र लुकास
मोउरा भएको कारण ड्रेसिङ रुममा उनलाई सहज भइरहेको बताइएको छ ।
उनकै प्रदर्शनको योगदानले पीएसजीले लिगमा राम्रो शुरुवात गर्दै शीर्ष स्थानमा चारको अंकको अग्रता बनाउन सफल भएको छ ।
त्यस्तै, बायर्न म्युनिखजस्तो टोलीलाई हराउँदै च्याम्पियन्स लिगको समूह चरणको सबै खेल जित्दै टोली समूहको शीर्ष स्थानमा रहेको छ ।