उत्तर कोरियाविरुद्व ट्रम्प आक्रामक बन्दा दक्षिणमा जुट्यो तालीको पर्रा

सोल – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियालाई क्रुर तानाशाहको संज्ञा दिएका छन् ।  मङ्गलबार दक्षिण कोरिया पुगेका उनले बुधबार ब...


सोल – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियालाई क्रुर तानाशाहको संज्ञा दिएका छन् ।
 मङ्गलबार दक्षिण कोरिया पुगेका उनले बुधबार बिहान कोरियाली राजधानी सोलमा सो धारणा राखेका हुन् ।  
दक्षिण कोरियाको संसदलाई बुधबार बिहान सम्बोधनगर्दै उनले सो धारणा राखेको समाचारमा जनाइएको छ । एसियाको भ्रमणका क्रममा आइतबार जापान पुगेका उनी जापानबाटै मङ्गलबार दक्षिण कोरिया पुगेका हुन् । 
आफ्नो यस एसिया भ्रमणका क्रममा प्राय उत्तर कोरियाका विरुद्धमा निकै आक्रामक बन्दै आएका  राष्ट्रपति ट्रम्पले बुधबार बिहान दक्षिण कोरियाली संसदलाई सम्बोधन गर्दै अमेरिकालाई कमजोर नठान्न पनि उत्तर कोरियालाई चेतावनी दिएका हुन् । 
उनले भने– उत्तर कोरियाजस्ता क्रुर र तानाशाहले अमेरिकालाई कमजोर ठान्ने होइन, आवश्यक पर्दा अमेरिकाले पनि देखाइदिनसक्छ । 
गएको २४ बर्षपछि पहिलो पटक अमेरिकी राष्ट्रपतिको हैसियतमा कोरिया पुगेका  ट्रम्पले उत्तर कोरियाको निकै आलोचना गरे ।
उनले उत्तर कोरियालाई अत्याचारी, क्रुर र तानाशाही शासको संज्ञा पनि दिए ।
पछिल्लो समयमा उत्तर कोरियाका कारणले उसको छिमेकी देश दक्षिण कोरिया र जापानलाई पनि ठूलो चुनौती भएको छ । उत्तर कोरियाले दक्षिणका विरुद्धमा क्षेप्यास्त्र परीक्षण पनि गर्ने गरेको छ । 
यस्तो अवस्थमा उत्तर कोरियाले प्रमुख दुश्मनी ठानेको अमेरिकाका राष्ट्रपतिको दक्षिण कोरिया भ्रमण हुनुलाई राजनीतिक रुपमा पनि ठूलो महत्वका साथ हेरिएको विश्व समुदायको विश्लेषण छ । 
उनले  उत्तर कोरियालाई एक्लो बनाउन विश्वका सबै देशलाई आग्रह पनि गरे । उनले  चीनलाई पनि उत्तर कोरियाका कारणले विश्वमा मानवीय सभ्यता र शान्तिमाथि नै धावा बोलिरहेको अवस्थामा उसलाई साथ नदिन आग्रह गरेका थिए । 
उनले  उत्तर कोरियाका विरुद्धमा संसदमा कडा सम्बोधन गरिरहँदा दक्षिण कोरियाका सांसदहरुले निकै उत्साहित भएर ताली ठोकेका थिए । उनको सम्बोधनको उनीहरुले समर्थन गरेका थिए । 
उनको  यस एसियाको भ्रमणको मुद्धा विशेषतः उत्तर कोरिया बनेको छ । उत्तर कोरियाको आणविक कार्यक्रम उनको मुद्धा बनिरहेको उनका जापान र दक्षिण कोरिया भ्रमणका अभिव्यक्तिहरुले पनि देखाएको छ । 
राष्ट्रपति ट्रम्पले मङ्गलबार मात्र पनि उत्तर कोरियालाई आफ्ना सबै परमाणु हतियारहरु परित्याग गरेर वार्ताको टेबलमा आउन र सबै विषयमा छलफल गर्न आह्वान गरेका थिए ।
राष्ट्रपति ट्रम्पले दक्षिण कोरियामा मङ्गलबार मात्र गरेको  सम्बोधनमा अमेरिकाले प्योङयाङका विरुद्धमा सेना परिचालन गर्ने अवस्था नआओस भनेर पनि सोचिरहेको स्पष्ट गरेका थिए । 
एसिया भ्रमणमा रहेका राष्ट्रपति ट्रम्पले दक्षिण कोरियामा उनका समकक्षी मुन जाय इनसँग पत्रकार सम्मेलनमा बोल्दै सो धारणा राखेका थिए ।
अमेरिकी राष्ट्रपति ट्रम्पले यसअघि भने आवश्यक परेमा उत्तर कोरियाका विरुद्धमा अमेरिकाले आक्रमण पनि गर्नसक्ने चेतावनी दिएका थिए । उनले एसियाका पाँच देशको भ्रमणमा छन् । ratopati

COMMENTS





Name

Featured अटो अपराध अर्थ वाणिज्य कृषि खेलकुद दुर्घटना देश देश परिवेश परिवेश पूर्व बैङ्क भिडियाे मनोरञ्जन राजनीति राजनीति परिवेश विदेश समसामियक समाचार समाज समाज अपराध समाज परिवेश स्वास्थ्य
false
ltr
item
गुरासँ एफ्.एम्.: उत्तर कोरियाविरुद्व ट्रम्प आक्रामक बन्दा दक्षिणमा जुट्यो तालीको पर्रा
उत्तर कोरियाविरुद्व ट्रम्प आक्रामक बन्दा दक्षिणमा जुट्यो तालीको पर्रा
http://ratopati.prixa.net/media/albums/trump_xXaCR8quK0.jpg
गुरासँ एफ्.एम्.
http://www.gurasfm.com/2017/11/blog-post_9.html
http://www.gurasfm.com/
http://www.gurasfm.com/
http://www.gurasfm.com/2017/11/blog-post_9.html
true
7688986134927037870
UTF-8
समाचार भेटाउन सकिएन सबै हेर्नुहोस थप पढ्नुहोस जवाफ दिनुहोस जवाफ नदिनुहोस हटाउनुहोस सर्जक गृह पेजहरू समाचारहरू सबै हेर्नुहोस तपाइको लागी ट्याग विगत खोज्नुहोस सबै खबरहरू तपाइले खोजे अनुसारको खबर पाउन सकिएन गृहमा फर्कनुहोस आइतबार सोमबार मङ्गल बुधबार बिहीबार शुक्रबार शनिबार आइत सोम मङ्गल बुध बिही शु्क्र शनि जनावरी फेब्रुअरी मार्च अप्रिल मे जुन जुलाइ अगस्ट सेप्टेम्वर अक्टुवर नोभेम्वर डिसेम्बर Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै १ मिनेट पहिले $$1$$ मिनेट पहिले 1 घण्टा पहिले $$1$$ घण्टा पहिले हिजो $$1$$ दिन पहिले $$1$$ हप्ता पहिले ५ हप्ता पहिले फलोबरहरू फलो गर्नुहोस । यो उत्कृष्ट सामग्री हो । ताला हटाउनका लागी बाढ्नुहोस् । सबै कोड कपि गर्नुहोस । सबै कोड Select गर्नुहोस् । All codes were copied to your clipboard कोडहरू कपि गर्न सकिएन, कृपया [CTRL]+[C] वा ( CMD+C सँग Mac) थिच्नुहोस ।