यी हुन् आफूलाई भोट हाल्न नपाउने राप्तीका पाहुना उम्मेदवार

२२ कात्तिक, दाङ । प्रदेश र प्रतिनिधिसभा निर्वाचनको माहोल तातिरहेको छ । उम्मेदवारहरु मतदान केन्द्रमा पुगेर आफूलाई भोट हाल्न मतदाताहरुलाई सि...

२२ कात्तिक, दाङ । प्रदेश र प्रतिनिधिसभा निर्वाचनको माहोल तातिरहेको छ । उम्मेदवारहरु मतदान केन्द्रमा पुगेर आफूलाई भोट हाल्न मतदाताहरुलाई सिकाइरहेका छन् । तर राप्ती अञ्चलका केही नेताहरु यस्ता पनि छन् जो आफूले आफैंलाई भोट हाल्न नपाउने गरी पाहुना उम्मेदवार बनेका छन् ।
यस्तै एकजना उम्मेदवार हुन् माओवादी नेता कृष्णबहादुर महरा । उनी दाङ क्षेत्रनम्बर २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार बनेका छन् । उनले आफूले आफैलाई भोट हाल्न पाउने छैनन् । किनकी उनी रोल्पाका हुन् । मतदाता नामावलीमा उनको नाम रोल्पा नगरपालिका १ तारामावि केन्द्रमा छ ।
०६४ को संविधानसभा निर्वाचनमा दाङबाट चुनाव लडेका उनी ०७० को दोस्रो संविधानसभा निर्वाचनमा गृहजिल्ला रोल्पाबाटै चुनाव लडेका थिए । फेरि १० वर्षपछि प्रतिनिधिसभा निर्वाचनमा उनी पाहुना उम्मेदवारको रुपमा दाङ आएका छन् ।
यसैगरी प्रदेश नम्बर पाँचको भावी मुख्य मन्त्रीको रुपमा हेरिएका एमालेका शंकर पोखरेलले पनि आफूले आफैलाई भोट हाल्न पाउने छैनन् । पोखरेल दाङ क्षेत्रनम्बर २ को (क)बाट प्रदेशसभा सदस्यको उम्मेदवार बनेका छन् । तर उनको नाम मतदाता नामावलीमा दाङ क्षेत्रनम्बर २ को (ख)मा छ ।
शंकर पोखरेलले दाङ २ को (क) रोजेपछि २ को (ख)मा अमरबहादुर डाँगीलाई वाम गठवन्धनले उम्मेदवार बनाएको छ । जबकी उनी दाङ क्षेत्रनम्बर २ (क) को उम्मेदवार हुन् । क्षेत्र परिवर्तन भएकाले उनले पनि आफूले आफैलाई भोट हाल्न पाउने छैनन् ।
एमाले नेता शंकर पोखरेलका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार कमल किशोर घिमिरेले पनि आफूले आफैलाई भोट हाल्न पाउँदैनन् । उनको नाम दाङ क्षेत्रनम्बर १ भए पनि उनलाई कांग्रेसले दाङ २ (क)को उम्मेदवार बनाएको छ ।
दाङमा मात्रै होइन रोल्पामा पनि अवस्था यस्तै छ । माओवादीका नेता कुलप्रसाद केसी ‘सोनाम’ प्रदेशसभा (क)बाट उम्मेदवार बनेका छन् । तर उनी प्रदेश सभा (ख) अन्तर्गत रोल्पा नगरपालिका ६ का मतदाता हुन् ।
रोल्पाकै अर्का माओवादी नेता झक्कु सुवेदी पनि आफूले आफैलाई भोट हाल्नबाट बन्चित हुनेछन् किनकी उनी काठमाडौंबाट चुनाव लड्दैछन् । रोल्पाको सुवर्णावती गाउँपालिका घर भएका उनी काठमाडौं क्षेत्र नम्बर ६ मा प्रतिनिधिसभा सदस्य निर्वाचन लड्दैछन् । ०६४ को पहिलो संविधानसभा निर्वाचनमा काठमाडौं २ बाट एमाले नेता माधव कुमार नेपाललाई हराएर सुवेदी चर्चामा आएका थिए ।
एमाले नेता प्रकाश ज्वाला पनि आफूले आफैलाई भोट हाल्न नपाउने नेताहरुमध्येका एक हुन् । सल्यानको प्रदेशसभा खबाट वाम गठबन्धनका उम्मेदवार बनेका उनी प्रदेशसभा कका मतदाता हुन् ।
प्यूठानका हरि अधिकारी पनि आफूले आफैलाई भोट हाल्न नपाउने गरी उम्मेदवार बनेका छन् । वाम गठबन्धनबाट प्रदेश सभा ‘क’ मा उम्मेदवार बनेका उनी प्रदेश सभा ‘ख’का मतदाता हुन् ।
रूकुमका मुसिकाेट नगरपालिकाका मतदाता हुन्, अनिल शर्मा । उनी पनि पाहुना उम्मेदवार बनेर काठमाडाैं १ काे प्रतिनिधिसभा सदस्य निर्वाचनमा भिड्दै छन् । अखिल क्रान्तिकारीकाे अध्यक्षमा रञ्जित तामाङसँग पराजित शर्मा हेभिवेट कांग्रेस नेता प्रकाशमान सिंहसँग प्रतिष्पर्धामा उत्रिएका छन् । यही क्षेत्रमा युवामाझ चर्चित रवीन्द्र मिश्र विवेकशील साझा पार्टीकाे तर्फबाट चुनावमा हाेमिएका छन् ।  अनलाइनखबर

COMMENTS





Name

Featured अटो अपराध अर्थ वाणिज्य कृषि खेलकुद दुर्घटना देश देश परिवेश परिवेश पूर्व बैङ्क भिडियाे मनोरञ्जन राजनीति राजनीति परिवेश विदेश समसामियक समाचार समाज समाज अपराध समाज परिवेश स्वास्थ्य
false
ltr
item
गुरासँ एफ्.एम्.: यी हुन् आफूलाई भोट हाल्न नपाउने राप्तीका पाहुना उम्मेदवार
यी हुन् आफूलाई भोट हाल्न नपाउने राप्तीका पाहुना उम्मेदवार
गुरासँ एफ्.एम्.
http://www.gurasfm.com/2017/11/blog-post_88.html
http://www.gurasfm.com/
http://www.gurasfm.com/
http://www.gurasfm.com/2017/11/blog-post_88.html
true
7688986134927037870
UTF-8
समाचार भेटाउन सकिएन सबै हेर्नुहोस थप पढ्नुहोस जवाफ दिनुहोस जवाफ नदिनुहोस हटाउनुहोस सर्जक गृह पेजहरू समाचारहरू सबै हेर्नुहोस तपाइको लागी ट्याग विगत खोज्नुहोस सबै खबरहरू तपाइले खोजे अनुसारको खबर पाउन सकिएन गृहमा फर्कनुहोस आइतबार सोमबार मङ्गल बुधबार बिहीबार शुक्रबार शनिबार आइत सोम मङ्गल बुध बिही शु्क्र शनि जनावरी फेब्रुअरी मार्च अप्रिल मे जुन जुलाइ अगस्ट सेप्टेम्वर अक्टुवर नोभेम्वर डिसेम्बर Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै १ मिनेट पहिले $$1$$ मिनेट पहिले 1 घण्टा पहिले $$1$$ घण्टा पहिले हिजो $$1$$ दिन पहिले $$1$$ हप्ता पहिले ५ हप्ता पहिले फलोबरहरू फलो गर्नुहोस । यो उत्कृष्ट सामग्री हो । ताला हटाउनका लागी बाढ्नुहोस् । सबै कोड कपि गर्नुहोस । सबै कोड Select गर्नुहोस् । All codes were copied to your clipboard कोडहरू कपि गर्न सकिएन, कृपया [CTRL]+[C] वा ( CMD+C सँग Mac) थिच्नुहोस ।