काङ्ग्रेस महामन्त्री शशांकको चुनाव : कति सहज, कति कठिन

नवलपरासी– नेपाली काङ्ग्रेसका महामन्त्री डा. शशांक कोइरालाले दोस्रो संविधानसभाको चुनाव जितेका थिए । गैंडाकोट काङ्ग्रेसको आधार क्षेत्र देख...


नवलपरासी– नेपाली काङ्ग्रेसका महामन्त्री डा. शशांक कोइरालाले दोस्रो संविधानसभाको चुनाव जितेका थिए । गैंडाकोट काङ्ग्रेसको आधार क्षेत्र देखेर आफ्नो गृहनगर विराटनगर छाडेर शशांकले पूर्व नवलपरासीको १ नम्बर क्षेत्रमा उम्मेदवारी दिएका थिए । जहाँबाट उनले दोस्रो संविधानसभाको चुनावमा उनले सहज जीत हात पारे ।
अहिलेको टुक्रिएको नवलपरासी (बर्दघाट सुस्तापूर्व) जिल्लाको सोही ठाँउलाई आधार बनाएर कोइरालाले उम्मेदवारी दिएका छन् । गैँडाकोट नगरपालिका, देवचुली नगरपालिका, बुलिङटार गाउँपालिका र ६ वटा वडाबाहेकको कावासोती नगरपालिका पूर्वी नवलपरासी जिल्लाको १ नम्बर क्षेत्रमा पर्दछ ।
तर, गत स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षले पाएको मत जोडेर हेर्दा बुलिङटार गाउँपालिकाबाहेक अरु तीनै वटा नगरपालिकामा एमाले र माओवादीको मत बढी छ । हुनत बाम गठबन्धनबाट कमजोर उम्मेदवार सशांकको मुख्य प्रतिस्पर्धी छन् । १ नम्बर क्षेत्रमा बाम गठबन्धनबाट प्रतिनिधिसभाका उम्मेदवार गठनबन्धमा माओवादीका भविश्वर पराजुली छन्, जो माओवादी सम्बद्ध मानवअधिकारवादी संस्थामा आबद्ध पनि छन् ।
संविधानसभाको अघिल्लो दुई निर्वाचनमा एमाले र माओवादी केन्द्र छुट्टाछुट्टै निर्वाचनमा होमिएकाबेला डा. कोइरालालाई निर्वाचन जित्न सहज भएपनि अहिले निर्वाचन जित्नु फलामको चिउरा चपाउनु सरह हुने देखिएको छ ।
बीपीपुत्र भएकै कारण र कांग्रेसको माथिल्लो तहको नेता भएकै कारण यसअघि दुई–दुई पटक सहज जीत हात पारे पनि डा.शशांकले यो क्षेत्रलाई फर्केर नहेरेको मतदाताको गुनासो उनका लागि चुनौति बन्न सक्छ । 
डा.शशांक कार्यशैलीप्रति यो क्षेत्रका कांग्रेसकै नेता कार्यकर्तासमेत सन्तुष्ट देखिदैनन् । यद्यपी, एमाले–माओवादीको बाम गठबन्धन बनेकाले पनि आफुहरुको मत अन्यन्त्र नजाने काङ्ग्रेसको विश्वास छ ।
स्थानीय तहको मत परिणामअनुसार एमाले र माओवादी केन्द्रले यो क्षेत्रबाट ३२ हजार ७ सय ९२ मत प्राप्त गरेको थिऐ भने नेपाली कांग्रेसले ३१ हजार ६ सय ५५ मत प्राप्त गरेको थियो । विवेकशील साझा पार्टीले ल्याउने मत पनि नेपाली कांग्रेसबाटै काटिने भएकाले पनि कांग्रेसको मत अझै कम हुने कांग्रेसकै स्थानीय नेता कार्यकर्ता बताउँछन् ।
बाम गठबन्धनले गर्दा त्रसित बनेका कोइरालाले यसअघि फर्किएर यो क्षेत्रमा नआए पनि उम्मेदवादी मनोनयन दर्ता पछि स्थानीय नेता कार्यकर्ताको साथ भने छाडेका छैनन् ।  मनोनयन दर्ता गर्दै गर्दा कात्तिक १६ गते उनले कालीगण्डकी करिडोरको कामको जस आफूले लिन खोजेका थिए ।
नवलपरासी (बर्दघाट सुस्ता पूर्व) अर्थात् प्रस्तावित नवलपुर जिल्लाको क्षेत्र नम्बर १ मा नयाँ शक्ति पार्टीका कृष्ण गौतम, विवेकशल साझा पार्टी हरिप्रसाद गौतम, देशभक्त जनगणतान्त्रिक मोर्चाका पिताम्बर तिवारीसहित ८ दलका ८ जना चुनावी मैदानमा छन् ।
यो क्षेत्रमा ५३ हजार १ सय ५१ जना पुरुष र ६० हजार ७ सय ९५ जना महिला गरी १ लाख १३ हजार ९ सय ४७ जना मतदाता रहेका छन् ।  ratopati

COMMENTS





Name

Featured अटो अपराध अर्थ वाणिज्य कृषि खेलकुद दुर्घटना देश देश परिवेश परिवेश पूर्व बैङ्क भिडियाे मनोरञ्जन राजनीति राजनीति परिवेश विदेश समसामियक समाचार समाज समाज अपराध समाज परिवेश स्वास्थ्य
false
ltr
item
गुरासँ एफ्.एम्.: काङ्ग्रेस महामन्त्री शशांकको चुनाव : कति सहज, कति कठिन
काङ्ग्रेस महामन्त्री शशांकको चुनाव : कति सहज, कति कठिन
http://ratopati.prixa.net/media/albums/shashank1_kA9G829Vfu.jpg
गुरासँ एफ्.एम्.
http://www.gurasfm.com/2017/11/blog-post_72.html
http://www.gurasfm.com/
http://www.gurasfm.com/
http://www.gurasfm.com/2017/11/blog-post_72.html
true
7688986134927037870
UTF-8
समाचार भेटाउन सकिएन सबै हेर्नुहोस थप पढ्नुहोस जवाफ दिनुहोस जवाफ नदिनुहोस हटाउनुहोस सर्जक गृह पेजहरू समाचारहरू सबै हेर्नुहोस तपाइको लागी ट्याग विगत खोज्नुहोस सबै खबरहरू तपाइले खोजे अनुसारको खबर पाउन सकिएन गृहमा फर्कनुहोस आइतबार सोमबार मङ्गल बुधबार बिहीबार शुक्रबार शनिबार आइत सोम मङ्गल बुध बिही शु्क्र शनि जनावरी फेब्रुअरी मार्च अप्रिल मे जुन जुलाइ अगस्ट सेप्टेम्वर अक्टुवर नोभेम्वर डिसेम्बर Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै १ मिनेट पहिले $$1$$ मिनेट पहिले 1 घण्टा पहिले $$1$$ घण्टा पहिले हिजो $$1$$ दिन पहिले $$1$$ हप्ता पहिले ५ हप्ता पहिले फलोबरहरू फलो गर्नुहोस । यो उत्कृष्ट सामग्री हो । ताला हटाउनका लागी बाढ्नुहोस् । सबै कोड कपि गर्नुहोस । सबै कोड Select गर्नुहोस् । All codes were copied to your clipboard कोडहरू कपि गर्न सकिएन, कृपया [CTRL]+[C] वा ( CMD+C सँग Mac) थिच्नुहोस ।