तनहुँमा रामचन्द्र पौडेललाई बाम गठबन्धनको यस्तो छ चुनौती

तनहुँ– बाम गठबन्धनका नेताहरुले तनहुँ निर्वाचन क्षेत्र नं १ मा चुनाव जित्ने सपना नदेख्न कांग्रेस नेता तथा उम्मेदवार रामचन्द्र पौडेललाई चुनौ...

तनहुँ– बाम गठबन्धनका नेताहरुले तनहुँ निर्वाचन क्षेत्र नं १ मा चुनाव जित्ने सपना नदेख्न कांग्रेस नेता तथा उम्मेदवार रामचन्द्र पौडेललाई चुनौती दिएका छन् । उनिहरुले पौडेलले क्षेत्र नं १ को प्रतिनिधि सभा सदस्यमा जित्छु भन्नु दिवा सपना मात्र भएको पनि बताएका छन् । ०४८ सालयता लगातार तनहुँमा निर्वाचित हुदै आएका पौडेलले विकास निर्माणमा खासै चासो नदिएको र उनको व्यवहारबाट दिक्क भएका तनहुँबासीहरु विकल्पको खोजीमा रहेका एमालेका जिल्ला अध्यक्ष एवं क्षेत्र नं २ को प्रतिनिधीसभा सदस्यका उम्मेद्वार केदार सिग्देलले बताए ।
गोविन्दराज जोशीको उम्मेद्वारी खारेजी कानुनसम्वत नरहेको भन्दै नेता सिग्देलले बाम गठबन्धनले मात्रै  नेपाली जनताको मुक्ति हुने भएकोले बाम गठबन्धनको सरकार हेर्न जनता आतुर रहेको बताए । तनहुँबासीले नयाँ नेतृत्व चाहेकोले क्षेत्र नं १ मा र २ मा बामगठबन्धनको जीत सुनिश्चित रहेको उनले बताए । यता, निर्वाचनको तयारी हुदै गर्दा नेपाली काँग्रेसका बरिष्ठ नेता पौडेल भने जिल्लाका कर्मचारी खटनपटन कार्यमा व्यस्त रहेको खुलासा भएको छ ।
नेता पौडेलले निर्वाचनका समयमा खटाइने कर्मचारीहरु आफ्नो पक्षको खटाउनका लागि सक्रिय भएर लाग्ने गरको बताइएको छ । तनहुँका सहायक प्रजिअ एमाले समर्थक रहेका  शिशिर पौडेललाई समेत सरुवा गर्न महत्वपूर्ण भूमिका खेलेको बताइएको छ । त्यसैगरी निर्वाचनका क्रममा खटाइने कर्मचारीहरु पनि आफ्नो पक्षका खटाउन सक्रिय भएर नेता पौडेल लागेको बताइएको छ ।
यता बामगठबन्धनका कार्यकर्ताहरुले नेता पौडेलका गतिविधिप्रति निगरानी गर्न थालेका छन् । नेकपा माओवादी केन्द्रका जिल्ला इन्चार्ज एवं क्षेत्र नं १ को ख का उम्मेद्वार हरिबहादुर चुमानले नेपाली कांग्रेसका वरिष्ठ नेता पौडेल मतदाताको मतले जित्ने भनेर आएको नेता नभई पैसा र पावरका बलमा जित्न आएको बताए ।
 

ratopati

COMMENTS





Name

Featured अटो अपराध अर्थ वाणिज्य कृषि खेलकुद दुर्घटना देश देश परिवेश परिवेश पूर्व बैङ्क भिडियाे मनोरञ्जन राजनीति राजनीति परिवेश विदेश समसामियक समाचार समाज समाज अपराध समाज परिवेश स्वास्थ्य
false
ltr
item
गुरासँ एफ्.एम्.: तनहुँमा रामचन्द्र पौडेललाई बाम गठबन्धनको यस्तो छ चुनौती
तनहुँमा रामचन्द्र पौडेललाई बाम गठबन्धनको यस्तो छ चुनौती
गुरासँ एफ्.एम्.
http://www.gurasfm.com/2017/11/blog-post_7.html
http://www.gurasfm.com/
http://www.gurasfm.com/
http://www.gurasfm.com/2017/11/blog-post_7.html
true
7688986134927037870
UTF-8
समाचार भेटाउन सकिएन सबै हेर्नुहोस थप पढ्नुहोस जवाफ दिनुहोस जवाफ नदिनुहोस हटाउनुहोस सर्जक गृह पेजहरू समाचारहरू सबै हेर्नुहोस तपाइको लागी ट्याग विगत खोज्नुहोस सबै खबरहरू तपाइले खोजे अनुसारको खबर पाउन सकिएन गृहमा फर्कनुहोस आइतबार सोमबार मङ्गल बुधबार बिहीबार शुक्रबार शनिबार आइत सोम मङ्गल बुध बिही शु्क्र शनि जनावरी फेब्रुअरी मार्च अप्रिल मे जुन जुलाइ अगस्ट सेप्टेम्वर अक्टुवर नोभेम्वर डिसेम्बर Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै १ मिनेट पहिले $$1$$ मिनेट पहिले 1 घण्टा पहिले $$1$$ घण्टा पहिले हिजो $$1$$ दिन पहिले $$1$$ हप्ता पहिले ५ हप्ता पहिले फलोबरहरू फलो गर्नुहोस । यो उत्कृष्ट सामग्री हो । ताला हटाउनका लागी बाढ्नुहोस् । सबै कोड कपि गर्नुहोस । सबै कोड Select गर्नुहोस् । All codes were copied to your clipboard कोडहरू कपि गर्न सकिएन, कृपया [CTRL]+[C] वा ( CMD+C सँग Mac) थिच्नुहोस ।