एमालेका दुई उप–महासचिव पौडेल र भुसाललाई कांग्रेस र राप्रपाको चुनौती

भवानीप्रसाद पाण्डे/उज्यालो ।  रुपन्देही, कात्तिक २८ – वाम गठबन्धनबाट उम्मेदवार बनेका नेकपा एमालेका उप–महासचिव बिष्णु पौडेल र घनश्याम भु...

भवानीप्रसाद पाण्डे/उज्यालो । 

रुपन्देही, कात्तिक २८ – वाम गठबन्धनबाट उम्मेदवार बनेका नेकपा एमालेका उप–महासचिव बिष्णु पौडेल र घनश्याम भुसाललाई रुपन्देहीमा नेपाली कांग्रेसले नेतृत्व गरेको लोकतान्त्रिक गठबन्धनले चुनौती दिँदैछ । दुवै उम्मेदवार अहिले मंसिर २१ गते हुने चुनावमा मत माग्न व्यस्त रहनु भएको छ ।
त्यसो त स्वास्थ्य मन्त्री दिपक बोहोरा, खानेपानी तथा सरसफाई राज्यमन्त्री अव्दुल रज्जाक, राजपाका वरिष्ठ उपाध्यक्ष सर्वेन्द्रनाथ सुक्ला तथा पूर्व मन्त्रीहरु भरत साह र छविलाल विश्वकर्माको राजनीतिक भविष्यको फैसाला रुपन्देहीका मतदाताले मंसिर २१ मा गर्दैछन् ।
एमाले उपमहासचिव समेत रहेका रुपन्देही क्षेत्र नं ३ का उम्मेदवार घनश्याम भुसाल आफ्नो क्षेत्रमा चुनावी प्रचारमा हुनुहुन्छ । अर्का उपमहासचिव बिष्णु पौडेल पनि आफ्नो चुनावी क्षेत्र रुपन्देही २ मा आयोजना भएका भेलामा व्यस्त रहनु भएको छ ।
पूर्व अर्थमन्त्री समेत रहनु भएका पौडेलले २०५६ साल यता पहिलोपल्ट नयाँ प्रतिस्पर्धी पाउनु भएको छ । २०५६ को संसदीय चुनावमा नेपाली कांग्रेसका सूर्यप्रसाद प्रधानसँग पराजीत भएयता भएका चुनावमा पौडेल निरन्तर विजयी हुँदै आउनु भएको छ । अहिले भने उहाँलाई नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि तथा सालिन युवा नेता युवराज गिरीले चुनौती दिँदै हुनुहुन्छ ।
अर्का उपमहासचिव भुसाल भने २०७० सालको संविधानसभाको चुनावमा झिनो मतान्तरले पराजित हुनु भएको थियो । एमालेबाट निर्वाचित सांसद धनपति उपाध्यायको निधन भएपछि सम्पन्न उपचुनावमा २०५२ सालमा भुसाल विजयी हुनुभएको थियो । फरक यति मात्रै हो उपचुनावमा तत्कालिन राप्रपाका दिपक बोहोराको समर्थन भुसाललाई थियो भने अहिले कांग्रेसको समर्थनमा बोहोरा र माओवादी केन्द्रको समर्थनमा भुसाल आम्नेसाम्ने हुनुहुन्छ ।  
स्वास्थ्यमन्त्री रहनु भएका रुपन्देही क्षेत्र नं ३ का राप्रपा प्रजातान्त्रिकका उम्मेदवार दिपक बोहोरा कांग्रेस नेताहरुका साथमा घरदैलोमा व्यस्त हुनुहुन्छ । रुपन्देहीको विकासमा कांग्रेस नेता बालकृष्ण खाँण र आफ्नो योगदान रहेको भन्दै बोहोराले लोकतान्त्रिक गठबन्धनलाई भोट मागी रहनु भएको छ । २०७० सालको संविधानसभाको चुनावमा उहाँ विजयी हुनु भएको थियो ।
खानेपानी तथा सरसफाई राज्य मन्त्री अव्दुल रज्जाक रुपन्देही क्षेत्र नं १ मा वाम गठबन्धनका उम्मेदवार छबिलाल बिश्वकर्मासँग प्रतिस्पर्धामा हुनुहुन्छ । यो क्षेत्रमा रज्जाक र विश्वकर्माको यो दोश्रो भेट हो । २०७० सालमा विश्वकर्मालाई नै झिनो मतले पराजित गरी रज्जाक विजयी बन्नुभएको थियो ।
नेपाली कांग्रेसबाट राजनीति सुरु गरेका राजपाका वरिष्ठ उपाध्यक्ष सर्वेन्द्रनाथ सुक्लालाई क्षेत्र नं ४ मा कांग्रेसकै प्रमोदकुमार यादबले चुनौती दिइरहनु भएको छ । युवा व्यवसायी हुनुहुन्छ । २०६४ सालको संविधानसभामा रुपन्देहीको क्षेत्र नं २ बाट मधेसी जनाधिकार फोरमबाट निर्वाचित भएका ओमप्रकास यादब गुल्जारी अहिले भने क्षेत्र नं ४ मा एमालेको उम्मेदवार हुनुहुन्छ । सुक्ला २०७० सालको दोश्रो संविधानसभामा विजयी हुनु भएको थियो
क्षेत्र नं ५ मा पूर्व मन्त्री कांग्रेसका भरत साह र वाम गठबन्धका उम्मेदवार माओवादी केन्द्रका डिलाराम आचार्य आफ्नो क्षेत्रमा चुनावी अभियानमा कृयाशील रहनु भएको छ । २०७० सालको चुनावमा एमालेका रामनाथ ढकाललाई पराजित गर्दै कांग्रेसका साह विजयी हुनुभएको थियो ।
माओवादी केन्द्रका केन्द्रीय कार्यालय सदस्य डिलाराम आचार्य २०५६ सालको प्रतिनिधिसभाको चुनावमा अर्घाखाँचीको क्षेत्र नं १ बाट विजयी बन्नुभएको थियो । संयोग नै मान्नु पर्छ उती बेला राष्ट्रिय जनमोर्चाका उम्मेदवार बनेका आचार्यलाई एमालेको समर्थन थियो भने अहिले माओवादी केन्द्रबाट उम्मेदवार बनेका आचार्यलाई एमालेकै समर्थन छ ।
रुपन्देहीमा प्रतिनिधिसभाका ५ र प्रदेशसभाका १० स्थानका लागि चुनाव हुन लागेको हो । स्थानीय चुनावको नतिजा हर्ने हो भने क्षेत्र नं ४ र ५ मा बाहेक अरु क्षेत्रमा वाम गठबन्धन अग्र स्थानमा छ । 

COMMENTS





Name

Featured अटो अपराध अर्थ वाणिज्य कृषि खेलकुद दुर्घटना देश देश परिवेश परिवेश पूर्व बैङ्क भिडियाे मनोरञ्जन राजनीति राजनीति परिवेश विदेश समसामियक समाचार समाज समाज अपराध समाज परिवेश स्वास्थ्य
false
ltr
item
गुरासँ एफ्.एम्.: एमालेका दुई उप–महासचिव पौडेल र भुसाललाई कांग्रेस र राप्रपाको चुनौती
एमालेका दुई उप–महासचिव पौडेल र भुसाललाई कांग्रेस र राप्रपाको चुनौती
http://ujyaaloonline.com/mediastorage/images/bishnu%20ghanshyam.jpg
गुरासँ एफ्.एम्.
http://www.gurasfm.com/2017/11/blog-post_45.html
http://www.gurasfm.com/
http://www.gurasfm.com/
http://www.gurasfm.com/2017/11/blog-post_45.html
true
7688986134927037870
UTF-8
समाचार भेटाउन सकिएन सबै हेर्नुहोस थप पढ्नुहोस जवाफ दिनुहोस जवाफ नदिनुहोस हटाउनुहोस सर्जक गृह पेजहरू समाचारहरू सबै हेर्नुहोस तपाइको लागी ट्याग विगत खोज्नुहोस सबै खबरहरू तपाइले खोजे अनुसारको खबर पाउन सकिएन गृहमा फर्कनुहोस आइतबार सोमबार मङ्गल बुधबार बिहीबार शुक्रबार शनिबार आइत सोम मङ्गल बुध बिही शु्क्र शनि जनावरी फेब्रुअरी मार्च अप्रिल मे जुन जुलाइ अगस्ट सेप्टेम्वर अक्टुवर नोभेम्वर डिसेम्बर Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै १ मिनेट पहिले $$1$$ मिनेट पहिले 1 घण्टा पहिले $$1$$ घण्टा पहिले हिजो $$1$$ दिन पहिले $$1$$ हप्ता पहिले ५ हप्ता पहिले फलोबरहरू फलो गर्नुहोस । यो उत्कृष्ट सामग्री हो । ताला हटाउनका लागी बाढ्नुहोस् । सबै कोड कपि गर्नुहोस । सबै कोड Select गर्नुहोस् । All codes were copied to your clipboard कोडहरू कपि गर्न सकिएन, कृपया [CTRL]+[C] वा ( CMD+C सँग Mac) थिच्नुहोस ।