काठमाडौँ –नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा आजबाट पश्चिम नेपालको चुनावी अभियानमा सहभागी हुँदैछन् । काँग्रेसको के...

काँग्रेसको केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणका अनुसार आज प्रधानमन्त्रीले नेपालगन्जबाट अभियान शुरु गर्नेछन् ।
आज
नै उनलेसुरक्षा निकाय र प्रशासनिक निकायका प्रमुखसँग शान्ति सुरक्षा र
अन्य विषयमा छलफल गर्नेछन् । प्रधानमन्त्री देउवा कात्तिक २९ गते धनगढी
पुग्ने कार्यक्रम छ । सोहि दिन उनले पार्टीका उम्मेदवार तथा नेता र
कार्यकर्तासँग भेटघाट गर्ने कार्यक्रम छ ।
प्रधानमन्त्री
देउवाले सुदूरपश्चिमाञ्चलका प्रशासक र सुरक्षा निकायका प्रमुखसँग कात्तिक
२९ गते नै क्षेत्रको शान्ति, सुव्यवस्था र सुरक्षाका बारेमा पनि छलफल
गर्नेछन् । कात्तिक ३० गते प्रधानमन्त्री देउवा गृह जिल्ला डडेलधुरा
पुग्नेछन् ।
डडेलधुरा प्रधानमन्त्री
देउवाको निर्वाचन क्षेत्र पनि हो । यहाँ बामपन्थी गठबन्धनसँग देउवाको
चुनावी प्रतिस्पर्धा हुँदैछ । देउवाले मनोनयन दर्ता गर्दा पनि गृहजिल्ला
गएका थिएनन् । वारेसनामा मार्फत उनले उम्मेदवारी दर्ता गराएका थिए ।
नेता
खाँणका अनुसार प्रधानमन्त्री देउवाले आगामी मंसिर १ गते दार्चुला र
बैतडीका चुनावी सभालाई सम्बोधन गर्नुहुनेछ भने मंसिर २ गते बझाङ र बाजुराका
आमसभालाई सम्बोधन गर्नेछन् । ती जिल्लाका शान्ति सुरक्षाको अवस्थाका
बारेमा प्रशासक र सुरक्षाकर्मीसँग जानकारी लिनुहुने कार्यक्रम छ ।
प्रधानमन्त्री देउवाले त्यसपछि रुकुम, रोल्पा, जाजरकोट, जुम्ला, हुम्ला र मुगुका चुनावी सभालाई सम्बोधन गर्न जाने कार्यक्रम रहेपनि त्यसको मिति भने तय हुन सकेको छैन ।
प्रधानमन्त्री देउवाले त्यसपछि रुकुम, रोल्पा, जाजरकोट, जुम्ला, हुम्ला र मुगुका चुनावी सभालाई सम्बोधन गर्न जाने कार्यक्रम रहेपनि त्यसको मिति भने तय हुन सकेको छैन ।
पश्चिम नेपालको चुनावी अभियानमा जानुपूर्व देउवा पूर्वी नेपालका केही जिल्ला पुगेर चुनाव प्रचारमा लागेका थिए ।