धर्मनिरपेक्षताका नाममा धर्मान्तरणलाई प्रोत्साहन नदिन प्रधानमन्त्रीसँग माग

काठमाडौँ -धर्मनिरपेक्षताका नाममा धर्मान्तरणलाई प्रोत्साहन गर्ने व्यवस्था नगर्न स्वधर्म संस्कृति संरक्षण अभियानले प्रधानमन्त्री शेरबहादुर ...

काठमाडौँ -धर्मनिरपेक्षताका नाममा धर्मान्तरणलाई प्रोत्साहन गर्ने व्यवस्था नगर्न स्वधर्म संस्कृति संरक्षण अभियानले प्रधानमन्त्री शेरबहादुर देउवासँग अनुरोध गरेको छ ।
अभियानले प्रधानमन्त्री देउवालाई शनिबार ज्ञापनपत्र बुझाउँदै सरकारले धर्म परिवर्तन गर्ने, गराउने काममा पूर्ण बन्देजलगायत उचित दण्डको व्यवस्था गरेकामा त्यसलाई हटाउनुपर्छ भनी केही क्षेत्रबाट आवाज उठेकाले त्यो व्यवस्था गरिनु शंकास्पद र विवादास्पद हुने भएकाले ज्ञापनपत्र बुझाइएको संयोजक डा जयराज आचार्यले राससलाई जानकारी दिनुभयो ।
“धर्मनिरपेक्षताको अर्थ सबै धर्मलाई समान र सद्भावयुक्त रुपमा राज्यले हेर्ने भन्ने कुरालाई अपव्याख्या गरी धर्मान्तरणमा सरकारले कुनै अंकुश नलगाएको भनी लोभ, लालच, डर, धम्की वा अन्य कुनै हत्कण्डा अपनाई धर्म परिवर्तन, धार्मिक विकृति, विभेदको बीजारोपण गर्नेतिर केही कुत्सित मनसायका विधर्मी लागिपरेको देखिन्छ, जुन नेपालको राष्ट्रियता र राष्ट्रिय एकताका विरुद्ध केन्द्रित छ”, ज्ञापनपत्रमा भनिएको छ ।
संविधानको धारा २६, उपधारा ३ मा उल्लिखित धर्म परिवर्तन गराउन नपाइने भन्ने व्यवस्था हटाउन यस्ता वर्गले आवाज उठाउनुले नै धर्मान्तरणको षड्यन्त्रयुक्त उद्देश्य रहेको स्पष्ट हुन आउने अभियानले जनाएको छ ।
व्यवस्थापिका संसद्ले भर्खरै बनाएको फौजदारी कानून २०७४ को दफा १५८ का उपदफा १, २, ३ र ४ मा भएको व्यवस्थालाई परिवर्तन गर्न विभिन्न चलखेल भइरहेको संयोजक आचार्यले बताउनुभयो । सोअनुसार लोभ, लालच र डर धम्कीका भरमा धर्म परिवर्तन गराउन बन्देज लगाइएको छ । धर्म परिवर्तन गराए पाँच वर्ष कारागार र रु पचास हजार जरिवाना गर्ने प्रावधान राखिएको छ ।
सो व्यवस्था हटाउन विभिन्न समूहले दबाब दिनु सद्भाव र सहिष्णुतामा आँच आउने काम भएको अभियानको ठहर छ । 

रासस

राष्ट्रिय समाचार समिति

COMMENTS





Name

Featured अटो अपराध अर्थ वाणिज्य कृषि खेलकुद दुर्घटना देश देश परिवेश परिवेश पूर्व बैङ्क भिडियाे मनोरञ्जन राजनीति राजनीति परिवेश विदेश समसामियक समाचार समाज समाज अपराध समाज परिवेश स्वास्थ्य
false
ltr
item
गुरासँ एफ्.एम्.: धर्मनिरपेक्षताका नाममा धर्मान्तरणलाई प्रोत्साहन नदिन प्रधानमन्त्रीसँग माग
धर्मनिरपेक्षताका नाममा धर्मान्तरणलाई प्रोत्साहन नदिन प्रधानमन्त्रीसँग माग
गुरासँ एफ्.एम्.
http://www.gurasfm.com/2017/11/blog-post_0.html
http://www.gurasfm.com/
http://www.gurasfm.com/
http://www.gurasfm.com/2017/11/blog-post_0.html
true
7688986134927037870
UTF-8
समाचार भेटाउन सकिएन सबै हेर्नुहोस थप पढ्नुहोस जवाफ दिनुहोस जवाफ नदिनुहोस हटाउनुहोस सर्जक गृह पेजहरू समाचारहरू सबै हेर्नुहोस तपाइको लागी ट्याग विगत खोज्नुहोस सबै खबरहरू तपाइले खोजे अनुसारको खबर पाउन सकिएन गृहमा फर्कनुहोस आइतबार सोमबार मङ्गल बुधबार बिहीबार शुक्रबार शनिबार आइत सोम मङ्गल बुध बिही शु्क्र शनि जनावरी फेब्रुअरी मार्च अप्रिल मे जुन जुलाइ अगस्ट सेप्टेम्वर अक्टुवर नोभेम्वर डिसेम्बर Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै १ मिनेट पहिले $$1$$ मिनेट पहिले 1 घण्टा पहिले $$1$$ घण्टा पहिले हिजो $$1$$ दिन पहिले $$1$$ हप्ता पहिले ५ हप्ता पहिले फलोबरहरू फलो गर्नुहोस । यो उत्कृष्ट सामग्री हो । ताला हटाउनका लागी बाढ्नुहोस् । सबै कोड कपि गर्नुहोस । सबै कोड Select गर्नुहोस् । All codes were copied to your clipboard कोडहरू कपि गर्न सकिएन, कृपया [CTRL]+[C] वा ( CMD+C सँग Mac) थिच्नुहोस ।