बलिउड डेब्यूको बिषयमा श्रृष्टीको यस्तो भनाई, प्रियंका पनि प्रयास गर्दै

केही दिनयता नेपाली संचारमाध्यममा नायिकाद्धय श्रृष्टी श्रेष्ठ र प्रियंका कार्कीले बलिउड चलचित्रका लागि अडिसन दिएको खबर सार्वजनिक भैरहेको छ ...

केही दिनयता नेपाली संचारमाध्यममा नायिकाद्धय श्रृष्टी श्रेष्ठ र प्रियंका कार्कीले बलिउड चलचित्रका लागि अडिसन दिएको खबर सार्वजनिक भैरहेको छ । श्रृष्टीले बलिउड चलचित्र ‘सन्दिप और पिंकी फरार’बाट डेब्यू गर्न लागेको चर्चा समेत नेपाली मिडियामा आइरहेको थियो ।
 श्रृष्टीले यो चलचित्रमा काम गर्न लागेको खबर गलत भएको बताएकी थिइन् । उनले, आफूले यो चलचित्रका लागि अडिसन पनि नदिएको बताएकी थिइन् ।
उनै, श्रृष्टीले सामाजिक संजालबाट आफूले बलिउड डेब्यू गर्न लागेको खबर गलत भएको बताएकी छिन् । आफ्ना फ्यान र शुभचिन्तकलाई उनले जानकारी गराउँदै बलिउड डेब्यूको चर्चालाई हल्ला भनेकी छिन् ।
यस्तै, नायिका प्रियंका कार्कीले पनि एक बलिउड चलचित्रमा अडिसन दिएको खबर मिडियामा सार्वजनिक भएको थियो । खबरअनुसार, प्रियंका र श्रृष्टीले अडिसन दिएको चलचित्र एउटै हो । यशराज ब्यानरले बनाउन लागेको ‘सन्दिप और पिंकी फरार’ चलचित्रमा दुबै नायिकाले अडिसन दिएका थिए ।
सट लिस्टमा छानिएपछि यी दुबै अडिसनका लागि मुम्बई पनि पुगेका थिए । तर, श्रृष्टी अडिसनबाट छनोट भइनन् । यसैले पनि श्रृष्टीले अहिले बलिउड चलचित्रमा डेब्यू गर्न लागेको खबर गलत भएको बताइरहेकी छिन् । नेपालको वैतडी जिल्लामा छायांकन हुने यो चलचित्रमा अर्जुन कपुर र परिणिती चोपडा मुख्य भूमिकामा छन् ।

 २०७४ कार्तिक १८ गते १३:१७ मा प्रकाशित

COMMENTS





Name

Featured अटो अपराध अर्थ वाणिज्य कृषि खेलकुद दुर्घटना देश देश परिवेश परिवेश पूर्व बैङ्क भिडियाे मनोरञ्जन राजनीति राजनीति परिवेश विदेश समसामियक समाचार समाज समाज अपराध समाज परिवेश स्वास्थ्य
false
ltr
item
गुरासँ एफ्.एम्.: बलिउड डेब्यूको बिषयमा श्रृष्टीको यस्तो भनाई, प्रियंका पनि प्रयास गर्दै
बलिउड डेब्यूको बिषयमा श्रृष्टीको यस्तो भनाई, प्रियंका पनि प्रयास गर्दै
गुरासँ एफ्.एम्.
http://www.gurasfm.com/2017/11/98_4.html
http://www.gurasfm.com/
http://www.gurasfm.com/
http://www.gurasfm.com/2017/11/98_4.html
true
7688986134927037870
UTF-8
समाचार भेटाउन सकिएन सबै हेर्नुहोस थप पढ्नुहोस जवाफ दिनुहोस जवाफ नदिनुहोस हटाउनुहोस सर्जक गृह पेजहरू समाचारहरू सबै हेर्नुहोस तपाइको लागी ट्याग विगत खोज्नुहोस सबै खबरहरू तपाइले खोजे अनुसारको खबर पाउन सकिएन गृहमा फर्कनुहोस आइतबार सोमबार मङ्गल बुधबार बिहीबार शुक्रबार शनिबार आइत सोम मङ्गल बुध बिही शु्क्र शनि जनावरी फेब्रुअरी मार्च अप्रिल मे जुन जुलाइ अगस्ट सेप्टेम्वर अक्टुवर नोभेम्वर डिसेम्बर Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै १ मिनेट पहिले $$1$$ मिनेट पहिले 1 घण्टा पहिले $$1$$ घण्टा पहिले हिजो $$1$$ दिन पहिले $$1$$ हप्ता पहिले ५ हप्ता पहिले फलोबरहरू फलो गर्नुहोस । यो उत्कृष्ट सामग्री हो । ताला हटाउनका लागी बाढ्नुहोस् । सबै कोड कपि गर्नुहोस । सबै कोड Select गर्नुहोस् । All codes were copied to your clipboard कोडहरू कपि गर्न सकिएन, कृपया [CTRL]+[C] वा ( CMD+C सँग Mac) थिच्नुहोस ।