चुनावले छोएन जनतालाई,चुनावको मुखमै भारत जानेको लर्काे

५ मंसिर, कैलाली । प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव आउन केही दिन मात्र बाँकी रहँदा सुदूरपश्चिमका जनतालाई भने चुनावले छोएन । चुनावको मुखैमा ...

५ मंसिर, कैलाली । प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव आउन केही दिन मात्र बाँकी रहँदा सुदूरपश्चिमका जनतालाई भने चुनावले छोएन ।
चुनावको मुखैमा सुदूरपश्चिमका विभिन्न जिल्लाबाट मजदुरीका लागि भारत जानेको लर्काे नै लागेको छ ।
हरेक वर्ष हिउँदको समयमा मजदुरी गर्न जाने स्थानीयवासीहरु यो वर्ष पनि हिउँद सुरु भएसँगै भारत हिँडेका हुन् ।
बढ्दो बेरोजगार, गरिबीका कारण यहाँका थुप्रै युवायुवति देखि जेष्ठ नागरिकहरुसम्म भारतका विभिन्न ठाउँमा जाने गर्दछन् ।
रोजगारीसँगै उपचारका लागि भन्दै भारतको पुना, दिल्ली र मुम्बईमा समेत जाने गरेका छन् ।
कैलालीको प्रमुख नाका गौरीफन्टा भएर भारत जानेको संख्या दैनिक बढि रहेको छ । संयौको संख्यामा उनीहरु भारत गइरहेका छन् ।
धनगढी उपमहानगरपालिका-१४ का ५६ वर्षीय हर्कबहादुर सार्की चुनावको भन्दा पनि परिवारको चिन्ताले सताएका कारण रोजगारी र उपचारको लागि भन्दै भारतको रत्नागिरि जान लागेको बताए ।
उनले कसलाई भोट हालेर के हुने हो र भन्दै श्रीमती बिरामी भएको बताउँदै उपचार पनि हुने र केही आम्दानी पनि हुने भएका कारण भारत जान लागेको बताए ।
सार्की मात्रै होइन, कृष्णपुर नगरपालिका-२, कन्चनपुरका २४ वर्षीय हिक्मत रानाले नेताप्रतिको जनताको विश्वास नरहेका कारण भोट हालेर खेर फाल्नु भन्दा भारत गएर काम गर्दा घरको आर्थिक स्थितिमा समेत केही राहत पुग्ने भएका कारण गहु छरेर कामका लागि भारत जान लागेको बताए ।
उनले चारजना साथीसहित भारतको दिल्ली जान लागेको बताए । रानाले पहिला पनि दिल्लीकै कपडा उद्योगमा काम गरेकोले अहिले पनि त्यही जान लागेको बताए । उनले चारपाँच महिना काम गरेर फेरि गहुँ काट्ने बेलामा घर र्फकने बताए ।
यस्तै कमल बजार नगरपालिका-२ का ३८ वर्षीय पहिला भुलले भारतमा रोजगारी गरेर आफ्नो र आमाको उपचार गर्ने बताए ।
उनले यहाँ नेताले आफ्नो मात्रै भलो हेर्ने गरेका कारण भोट दिएर केही पनि नहुँने भन्दै उता (भारत) काम पनि पाइने र सस्तोमा उपचार पनि हुने भएका कारण सपरिवार भारत जान लागेको बताए ।
भारतीय सीमा सुरक्षा बल गौरीफन्टाका सशस्त्र प्रहरी सहायक निरीक्षक सुमितकुमार सिंहले गत हप्तादेखि नै दैनिक ४/५ सयको संख्यामा नेपालीहरु भारत तर्फ गैरहेको बताए । उनले त्यसरी जानेमा परिवारसहित जानेको संख्या बढी रहेको बताए ।
source:onlinekhabar

COMMENTS





Name

Featured अटो अपराध अर्थ वाणिज्य कृषि खेलकुद दुर्घटना देश देश परिवेश परिवेश पूर्व बैङ्क भिडियाे मनोरञ्जन राजनीति राजनीति परिवेश विदेश समसामियक समाचार समाज समाज अपराध समाज परिवेश स्वास्थ्य
false
ltr
item
गुरासँ एफ्.एम्.: चुनावले छोएन जनतालाई,चुनावको मुखमै भारत जानेको लर्काे
चुनावले छोएन जनतालाई,चुनावको मुखमै भारत जानेको लर्काे
गुरासँ एफ्.एम्.
http://www.gurasfm.com/2017/11/130.html
http://www.gurasfm.com/
http://www.gurasfm.com/
http://www.gurasfm.com/2017/11/130.html
true
7688986134927037870
UTF-8
समाचार भेटाउन सकिएन सबै हेर्नुहोस थप पढ्नुहोस जवाफ दिनुहोस जवाफ नदिनुहोस हटाउनुहोस सर्जक गृह पेजहरू समाचारहरू सबै हेर्नुहोस तपाइको लागी ट्याग विगत खोज्नुहोस सबै खबरहरू तपाइले खोजे अनुसारको खबर पाउन सकिएन गृहमा फर्कनुहोस आइतबार सोमबार मङ्गल बुधबार बिहीबार शुक्रबार शनिबार आइत सोम मङ्गल बुध बिही शु्क्र शनि जनावरी फेब्रुअरी मार्च अप्रिल मे जुन जुलाइ अगस्ट सेप्टेम्वर अक्टुवर नोभेम्वर डिसेम्बर Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै १ मिनेट पहिले $$1$$ मिनेट पहिले 1 घण्टा पहिले $$1$$ घण्टा पहिले हिजो $$1$$ दिन पहिले $$1$$ हप्ता पहिले ५ हप्ता पहिले फलोबरहरू फलो गर्नुहोस । यो उत्कृष्ट सामग्री हो । ताला हटाउनका लागी बाढ्नुहोस् । सबै कोड कपि गर्नुहोस । सबै कोड Select गर्नुहोस् । All codes were copied to your clipboard कोडहरू कपि गर्न सकिएन, कृपया [CTRL]+[C] वा ( CMD+C सँग Mac) थिच्नुहोस ।