इलामलाई अब पहिलो सफा शहर बनाउन अभियान

मंगलबारे, इलाम - गत वर्ष सरसफाइमा देशकै दोस्रो सफा शहर बनेको इलामलाई अब पहिलो सफा शहर बनाउन पहल थालिएको छ । नेवा पुच भाषा संस्कृति समाज इल...


मंगलबारे, इलाम - गत वर्ष सरसफाइमा देशकै दोस्रो सफा शहर बनेको इलामलाई अब पहिलो सफा शहर बनाउन पहल थालिएको छ ।
नेवा पुच भाषा संस्कृति समाज इलामले यहाँका विभिन्न स्थानको सरसफाइ अभियान शुरु गर्दै पहिलो सफा शहर बनाउने उद्घोष गरेको छ ।
प्लास्टिकजन्य उत्पादित फोहरलाई निश्चित स्थानमा विसर्जन गर्न तथा इलामको हरेक स्थान फोहरमुक्त बनाउन अभियान थालेको समाजका केदार श्रेष्ठले जानकारी दिए ।
कार्यक्रमअन्तर्गत मेची राजमार्गबाट इलामबजार छुट्टिने जिरो पोइन्ट, तिल्केनीमोड, सिंहवाहिनीमोडमा रहेका फोहरलाई व्यवस्थापन गरिएको समाजका किशोर श्रेष्ठले बताए। आगामी दिनमा इलाम सदरमुकामका हरेक क्षेत्रमा समाज पुगेर त्यहाँका स्थानीयवासीसँगै हातेमालो गरी अभियानलाई निरन्तरता दिइने समाजले लक्ष्य राखेको छ ।
शिक्षासेवीसहित ज्येष्ठ सदस्यलाई सम्मान
इलामका समाजसेवी तथा शिक्षासेवी ठाकुरप्रसाद शिवाकोटीलाई सम्मान गरिएको छ ।
छिमेकी बचत तथा ऋण सहकारी संस्थाको नवौँ वार्षिक साधारणसभा तथा चौथो अधिवेशनका क्रममा शनिबार शिवाकोटीलाई सम्मान गरिएको हो ।
शिवाकोटीसँगै संस्थाका ज्येष्ठ सदस्यका रुपमा गंगाप्रसाद गौतम, बुद्धिप्रसाद गौतम र नेत्रप्रसाद कडरियालाई सम्मान गरिएको हो । उहाँहरुलाई दोसल्ला, खादासहित सम्मानपत्र प्रदान गरिएको थियो । त्यस्तै उत्कृष्ट बचतकर्ता, ऋणीलाई समेत सम्मान गरिएको बताइएको छ ।
source:ratopati

COMMENTS





Name

Featured अटो अपराध अर्थ वाणिज्य कृषि खेलकुद दुर्घटना देश देश परिवेश परिवेश पूर्व बैङ्क भिडियाे मनोरञ्जन राजनीति राजनीति परिवेश विदेश समसामियक समाचार समाज समाज अपराध समाज परिवेश स्वास्थ्य
false
ltr
item
गुरासँ एफ्.एम्.: इलामलाई अब पहिलो सफा शहर बनाउन अभियान
इलामलाई अब पहिलो सफा शहर बनाउन अभियान
गुरासँ एफ्.एम्.
http://www.gurasfm.com/2017/11/117.html
http://www.gurasfm.com/
http://www.gurasfm.com/
http://www.gurasfm.com/2017/11/117.html
true
7688986134927037870
UTF-8
समाचार भेटाउन सकिएन सबै हेर्नुहोस थप पढ्नुहोस जवाफ दिनुहोस जवाफ नदिनुहोस हटाउनुहोस सर्जक गृह पेजहरू समाचारहरू सबै हेर्नुहोस तपाइको लागी ट्याग विगत खोज्नुहोस सबै खबरहरू तपाइले खोजे अनुसारको खबर पाउन सकिएन गृहमा फर्कनुहोस आइतबार सोमबार मङ्गल बुधबार बिहीबार शुक्रबार शनिबार आइत सोम मङ्गल बुध बिही शु्क्र शनि जनावरी फेब्रुअरी मार्च अप्रिल मे जुन जुलाइ अगस्ट सेप्टेम्वर अक्टुवर नोभेम्वर डिसेम्बर Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै १ मिनेट पहिले $$1$$ मिनेट पहिले 1 घण्टा पहिले $$1$$ घण्टा पहिले हिजो $$1$$ दिन पहिले $$1$$ हप्ता पहिले ५ हप्ता पहिले फलोबरहरू फलो गर्नुहोस । यो उत्कृष्ट सामग्री हो । ताला हटाउनका लागी बाढ्नुहोस् । सबै कोड कपि गर्नुहोस । सबै कोड Select गर्नुहोस् । All codes were copied to your clipboard कोडहरू कपि गर्न सकिएन, कृपया [CTRL]+[C] वा ( CMD+C सँग Mac) थिच्नुहोस ।