टेलिकमबाट धरहरा पुनर्निर्माणको जिम्मेवारी खोसिँदै

२१ असोज, काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले धरहराको पुनर्निर्माणको अधिकार आफूलाई दिन प्रस्ताव गरेको छ । नेपाल टेलिकमले लगानी उठ...

२१ असोज, काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले धरहराको पुनर्निर्माणको अधिकार आफूलाई दिन प्रस्ताव गरेको छ । नेपाल टेलिकमले लगानी उठ्ने ग्यारेन्टी हुने गरीव्यवसायिक क्षेत्र नछुट्याएसम्म पुनर्निर्माण थाल्न नसक्ने बताएपछि प्राधिकरणले आफू वा आफूले तोकेको निकायमार्फत नै बनाउने प्रस्ताव मन्त्रिपरिषदमा लगेको छ ।
प्राधिकरणका प्रवक्ता यमलाल भुसालले मन्त्रिपरिषदले यसअघि धरहराको पुनर्निर्माण टेलिकमले गर्ने निर्णय गरेकाले त्यसलाई सच्याएर प्राधिकरणमार्फत ल्याउन प्रस्ताव गरिएको बताए ।
‘त्यो निर्णय भएर आउनासाथ हामी आफैं धरहरा बनाउन लाग्छौं । त्यसको निर्माणमा सक्षम अरु कुनै निकाय भए उसैलाई जिम्मा पनि दिन सक्छौं,’ भुसालले भने ।
०७२ साल वैशाखको भूकम्पमा ढलेको धरहराको पुननिर्माण अझै सुरु हुन सकेको छैन । जिम्मेवारी पाएको नेपाल टेलिकमले लगानी सुरक्षण नहुने देखेपछि त्यसबाट अाैपचारिक रूपमा नै हात झिक्न चाहेको छ ।
उसले धरहरा क्षेत्रभित्रै व्यवसायिक मलसहितको संरचना निर्माण गर्न पाए निर्माणमा अघि बढ्न सकिने अडान लिँदै आएको छ । तर, सरकार पुरतात्विक क्षेत्रमा त्यसो गर्न दिने पक्षमा छैन ।
त्यसैकारण अब टेलिकमलाई दिइएको निर्माणको जिम्मा प्राधिकरण मातहत ल्याउन प्रस्ताव गरिएको भुसालले बताए ।
काठमाडौंको पहिचान दिने सम्पदाको पुनर्निर्माण समयमै गराउन सरकारले पनि खासै चासो नदिँदा अझै पनि प्रक्रिया सुरु भएको छैन । नेपाल टेलिकमले हाफूले हात झिकेपनि धरहरा पुनर्निर्माणका लागि १ अर्ब दिने प्रतिवद्धता भने कायमै रहेको जनाएको छ ।
सरकारी डिजाइनअनुसार धरहरा निर्माण गर्ने हो भने ४ अर्ब खर्च गर्नुपर्छ । टेलिकमले भने धरहरा क्षेत्रभित्र व्यवसायिक मल बनाउने गरी ७ अर्ब लगानी गर्ने प्रस्ताव गरेको थियो । तर, सरकारले धरहराभित्र व्यवसायिक मल खडा गर्न नमिल्ने र खाली क्षेत्र छोड्नुपर्ने भन्दै टेलिकमको प्रस्तवलाई अस्वीकार गर्दा निर्माण अन्योलमा थियो ।
अन्ततः टेलिकमले अडान नछाडेपछि प्राधिकरणले आफैं वा अफूले ताकेको निकायले यसलाई बनाउन लागेको बताएको छ ।
विनाशकारी भूकम्पले भत्किएको धरहरालाई स्मारकसहित आकर्षक पार्कका रुपमा रुपमा विकास गर्ने पुरातत्व विभागको योजना छ । भाँचिएको धरहराको ठूटोलाई जस्ताको तस्तै संरक्षण गर्ने र त्यसकै अगाडि नयाँ धरहरा ठड्याउने गरी विभागले डिजाइन तयार छ ।
धरहरा निर्माणका लागि ‘मेरो धरहरा म आफैं बनाउँछु’ अभियानमार्फत ९ करोडभन्दा बढी संकलन गरिएको छ । धरहरा परिसरमा म्यूजियम, थिएटर, वाटर फाउन्टेन, आकर्षक बँगैचा, रेष्टुराँ, पार्किङ लगायतका सुविधाहरु राखेर निर्माण गर्ने योजना छ ।
बाहिरबाट ११ तलाको देखिने धरहराको भित्री संरचना भने २१ तलाको हुनेछ । साथै भर्‍याङ चढेर होइन, लिˆटबाट धरहराको ‘टप’मा पुग्ने व्यवस्था हुनेछ । आकस्मिक अवस्थाका लागि भर्‍याङको पनि ब्यवस्था गरिनेछ । साथै दुई तला अन्डरग्राउन्ड बेसमेन्ट हुनेछ, जहाँबाट लिˆट चढेर टुप्पोमा पुग्न सकिनेछ ।
तर, यसको निर्माणकै विषयमा रहेको अन्योल नहटेपछि राष्ट्रको धरोहरका रुपमा रहेको धरहरा कहिले बन्ला भन्ने आम मानिसको चिन्ता छ ।
source:onlinekhabar

COMMENTS





Name

Featured अटो अपराध अर्थ वाणिज्य कृषि खेलकुद दुर्घटना देश देश परिवेश परिवेश पूर्व बैङ्क भिडियाे मनोरञ्जन राजनीति राजनीति परिवेश विदेश समसामियक समाचार समाज समाज अपराध समाज परिवेश स्वास्थ्य
false
ltr
item
गुरासँ एफ्.एम्.: टेलिकमबाट धरहरा पुनर्निर्माणको जिम्मेवारी खोसिँदै
टेलिकमबाट धरहरा पुनर्निर्माणको जिम्मेवारी खोसिँदै
गुरासँ एफ्.एम्.
http://www.gurasfm.com/2017/11/107_7.html
http://www.gurasfm.com/
http://www.gurasfm.com/
http://www.gurasfm.com/2017/11/107_7.html
true
7688986134927037870
UTF-8
समाचार भेटाउन सकिएन सबै हेर्नुहोस थप पढ्नुहोस जवाफ दिनुहोस जवाफ नदिनुहोस हटाउनुहोस सर्जक गृह पेजहरू समाचारहरू सबै हेर्नुहोस तपाइको लागी ट्याग विगत खोज्नुहोस सबै खबरहरू तपाइले खोजे अनुसारको खबर पाउन सकिएन गृहमा फर्कनुहोस आइतबार सोमबार मङ्गल बुधबार बिहीबार शुक्रबार शनिबार आइत सोम मङ्गल बुध बिही शु्क्र शनि जनावरी फेब्रुअरी मार्च अप्रिल मे जुन जुलाइ अगस्ट सेप्टेम्वर अक्टुवर नोभेम्वर डिसेम्बर Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै १ मिनेट पहिले $$1$$ मिनेट पहिले 1 घण्टा पहिले $$1$$ घण्टा पहिले हिजो $$1$$ दिन पहिले $$1$$ हप्ता पहिले ५ हप्ता पहिले फलोबरहरू फलो गर्नुहोस । यो उत्कृष्ट सामग्री हो । ताला हटाउनका लागी बाढ्नुहोस् । सबै कोड कपि गर्नुहोस । सबै कोड Select गर्नुहोस् । All codes were copied to your clipboard कोडहरू कपि गर्न सकिएन, कृपया [CTRL]+[C] वा ( CMD+C सँग Mac) थिच्नुहोस ।