काठमाडौं–नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाको नाम लिएनन्, तर सांकेतिक रुपमा कटाक्ष गरेका छन् । मंगलबार काठमा...
०६४ र ०७२ सालमा माओवादी र एमाले मिलेर सरकार चलाउँदै नयाँ संविधान समेत निर्माण गरेको स्मरण गर्दै ओलीले भने, ‘हामी मिल्दा लोकतन्त्र कसरी मासिन्छ, विचार मिल्नेहरु एक हुँदा के अचम्म भो ?’
‘लोकतन्त्र कसैले उपहार दिएको हैन, बरु बलिदान र संघर्षको पछि हामी आफैंले ल्याएका हौं’ ओलीले भने, ‘लोकतन्त्र केवल निष्ठा मात्रै हैन, त्यसैले तलमाथि हुन दिँदैनौं ।’
देउवाप्रति संकेत गर्दै नेता ओलीले सरकार बिजनेस हाउस नभएको बताए । ‘सरकारमा बसेर नाफा खान खोज्नु हुँदैन, सरकार भनेको लोककल्याणकारी हुनुपर्छ’ उनले भने, ‘त्यसैले हामीले हाम्रो घोषणापत्रमा भ्रष्टाचारलाई सम्पूर्ण रुपमा नियन्त्रण गर्ने कुरा अगाडी सारेका छौं ।’
राष्ट्रियता, लोकतन्त्र, राष्ट्रिय एकता, शान्ति र स्थायित्व तथा संवृद्धिको ग्यारेन्टी सहित एमाले र माओवादीले सार्वजनिक गरेको घोषणापत्र नेपाली परिवेशमा सर्वोत्कृष्ट रहेको उनले दावी गरेका छन् ।
संयुक्त राष्ट्रसंघको दिगो विकासको लक्ष्यसँग तादाम्यता राखेर अगाडि बढ्ने उद्घोष गर्दै ओलीले भने, ‘अब मुलुकलाई एकता र स्थितरता तिर नलाने हो भने युएनको दिगो विकासको लक्ष्य कसरी पुरा हुन्छ ? विश्वभरी युएनको लक्ष्य पुरा हुने नेपालमा नहुने अवस्था आउन हामी दिने छैनौं ।’
पानीजहाजलाई मजाक बनाईयो, अब चलाउनैपर्छ !
आफू प्रधानमन्त्री भएको बेला पानीजहाज चलाउने कुरा गर्दा मजाकमा उडाइएको प्रसंग उल्लेख गर्दै नेता ओलीले पानीजहाज चलाएरै छाड्ने बताएका छन् । संयुक्त घोषणा पत्रमा समुन्द्रमा नेपाली ध्वजाबाहक पानीजहाँच सञ्चालन गरिने कुरा लेखिएको उल्लेख गर्दै उनले भने, ‘समुन्द्र नहुने देशले पानीजहाच जलाउनै नहुने भन्ने छ र ? भुपरिवेष्टीत मुलुकहरुले समुन्द्र उपयोग गर्न पाउने अधिकार प्रयोग गर्दै हाम्रा पानीजहाजहरु समुन्द्रमा चलाउनुपर्छ ।’
माओवादी र एमाले राज्य निर्माणको संकल्प सहित अगाडी बढेको उल्लेख गर्दै ओलीले कसैलाई पनि खेलबाड गर्ने छुट नभएको बताए ।
त्यस्तै विदेश नीतिको सवालमा कतै नढल्किने बरु सन्तुलित विकास र सम्वन्धका आधारमा अगाडी बढ्ने उनले बताए । प्रधानमन्त्री शेर बहादुर देउवाले सार्कको अध्यक्षको हैसियतमा कुनै भूमिका खेल्न नसकेको भन्दै नेता ओलीले चुनाव जितेपछि सार्कको भुमिका बढाउने बताए ।
source:ratopati