विराटनगर / दोस्रो चरणको निर्वाचनअन्तर्गत मंसिर २१ गते हुन गइरहेको निर्वाचनमा मोरङमा १६९ जना चुनावी मैदानमा छन् । कात्तिक १६ गते मोरङको ६...
विराटनगर / दोस्रो चरणको निर्वाचनअन्तर्गत मंसिर २१ गते हुन गइरहेको निर्वाचनमा मोरङमा १६९ जना चुनावी मैदानमा छन् ।
कात्तिक १६ गते मोरङको ६ प्रतिनिधि र १२
वटा प्रदेश सभाका लागि १९३ जनाले मनोनयनपत्र दर्ता गरेकामा आज आ–आफ्ना
क्षेत्रको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर २४ जनाले मनोनयनपत्र फिर्ता
लिएपछि १६९ जना चुनावी मैदानमा रहेको विराटनगरस्थित मुख्य निर्वाचन
अधिकृतको कार्यालयले जानकारी गराएको छ ।

प्रतिनिधि सभामा मनोनयनपत्र दर्ता गरेका ६७ जनामध्ये छजनाले फिर्ता लिएपछि अब ६१ जना चुनावी मैदानमा छन् । प्रदेश सभामा १२६ जनाले मनोनयनपत्र दर्ता गरेकामा १८ जनाले फिर्ता लिएपछि अब १०८ जना चुनावी मैदानमा छन् । सोमध्ये १५८ पुरुष र ११ जना महिला चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।
पर्वत : नेपाली काँग्रेस पर्वतका पूर्व
जिल्ला उपसभापति राम शर्मा पौडेलले आफ्नो उम्मेदवारी फिर्ता लिए । उनले
काँग्रेसका तर्फबाट प्रतिनिधि सभाका उम्मेदवार अर्जुनप्रसाद जोशीविरुद्ध
बागी उम्मेदवारी दिएका थिए ।
भद्रपुर : प्रतिनिधि सभा र प्रदेश सभाका लागि झापाबाट ५ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।
क्षेत्र नं २ बाट नेकपा (माले)का खगेन्द्र
प्रसार्इं र क्षेत्र नं ४ बाट स्वतन्त्र उम्मेदवार बनेका रमेश श्रेष्ठले
आज उम्मेदवारी फिर्ता लिएका हुन् । प्रदेश सभातर्फ क्षेत्र नं १ ‘क’ बाट
स्वतन्त्र उम्मेदवार रोशन अग्रवाल र ‘ख’ बाट स्वतन्त्र उम्मेदवार नरेन्द्र
मेचे तथा क्षेत्र नं ४ ‘ख’ बाट विवेकशील साझा पार्टीका घनेन्द्र खनालले
उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृत खिलानाथ रेग्मीले जानकारी
दिए ।
धुलिखेल : प्रतिनिधि सभा र प्रदेश सभाका लागि काभ्रेपलाञ्चोकबाट उम्मेदवारी दिएका १३ जनाले आज नाम फिर्ता लिएका छन् ।
निर्वाचन अधिकृतको कार्यालयका सूचना
अधिकारी राजन दाहालका अनुसार प्रतिनिधि सभाका लागि क्षेत्र नं १ बाट नेपाली
जनता पार्टीका तर्फबाट उम्मेदवार बाबुराम तामाङ, राष्ट्रिय प्रजातन्त्र
(प्रजातान्त्रिक)का वीरबहादुर योञ्जन तथा स्वतन्त्र माधवप्रसाद मैनालीले
उम्मेदवारी फिर्ता लिएका हुन् ।
प्रदेश सभाका लागि उम्मेदवारी दिएका
राष्ट्रिय प्रजातन्त्र पार्टीका गणेशबहादुर श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र
पार्टी (प्रजातान्त्रिक)का भीमसिंह तामाङ, स्वतन्त्र उम्मेदवार ठूले
तामाङ, राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का चन्द्रमान जिम्बा र
राष्ट्रिय प्रजातन्त्र पार्टीका टुल्कु लामाले उम्मेदवारी फिर्ता लिएक छन्
।
यस्तै, प्रतिनिधि सभा क्षेत्र नं २ बाट
उम्मेदवारी दिएका राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का रोहित
बादे तथा प्रदेश सभाका लागि उम्मेदवारी दिएका राष्ट्रिय प्रजातन्त्र
पार्टीका कृष्णवीर लामा र राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का
रामकृष्ण सापकोटाले उम्मेदवारी फिर्ता लिएका छन् । क्षेत्र नं ४ बाट
प्रदेश सभाका लागि उम्मेदवारी दिएका राष्ट्रिय प्रजातन्त्र पार्टी
(प्रजातान्त्रिक)का कृष्णगोपाल पाण्डे र राष्ट्रिय प्रजातन्त्र पार्टीका
भवनाथ दाहालले उम्मेदवारी फिर्ता लिएका छन् ।
उदयपुर : जिल्लामा प्रतिनिधि सभा र प्रदेश
सभाको निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका १४ जनाले उम्मेदवारी
फिर्ता लिएका छन् । क्षेत्र नं २ प्रदेश सभा ‘क’ बाट भेषकुमारी राउत,
प्रतिनिधि सभा क्षेत्र नं १ बाट गोविन्दबहादुर बस्नेत र प्रशान्तकुमार
राईले उम्मेदवारी फिर्ता लिएका हुन् । राउतले वाम गठबन्धन र बस्नेतले
राप्रपा (प्रजातान्त्रिक)का उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएक थिए ।
राईले नेपाली काँग्रेस (बिपी)बाट उम्मेदवारी दिएका थिए ।
प्रदेश सभाका लागि उम्मेदवारी दिएका
कुशलबाबु बस्नेत, चन्द्रबहादुर विष्ट र रामप्रसाद गिरीले उम्मेदवारी फिर्ता
लिएका छन् । बस्नेतले एमालेविरुद्ध, विष्टले राप्रपाविरुद्ध र गिरीले
राप्रपा (प्रजातान्त्रिक)का उम्मेदवारविरुद्ध उम्मेदवारी दिएका थिए ।
यस्तै, जीवनकुमार कार्की, मीनबहादुर ठकुरी, वीरेन्द्र अधिकारी र श्यामकुमार
तामाङले प्रदेश सभाका लागि दिएको उम्मेदवारी फिर्ता लिएका छन् । कार्की र
ठकुरीले वाम गठबन्धनविरुद्ध तथा अधिकारीले राप्रपा (प्रजातान्त्रिक)
विरुद्ध र तामाङले राप्रपाका उम्मेदवारविरुद्ध उम्मेदवारी दिएका थिए ।
यस्तै जगन्नाथ खतिवडा र विनोद कटुवालले
समेत उम्मेदवारी फिर्ता लिएक थिए । दुवैजनाले वाम गठबन्धनविरुद्ध बागी
उम्मेदवारी दिएक थिए । प्रदेश सभातर्फ राप्रपाविरुद्ध उम्मेदवारी दिएका
सुरेन्द्रकुमार थापाले पनि उम्मेदवारी फिर्ता लिएका छन् ।
बर्दिबास : महोत्तरीमा वाम गठबन्धनका
उम्मेदवारविरुद्ध उम्मेदवारी दिएकी शारदा थापा र नेपाली काँग्रेसका
उम्मेदवारविरुद्ध उम्मेदवारी दिएका प्रह्लाद क्षेत्रीले उम्मेदवारी फिर्ता
लिएका छन् । थापाले वाम गठबन्धनका उम्मेदवार राजु खड्काविरुद्ध उम्मेदवारी
दिएका थिए ।
धनगढी : कैलालीमा प्रतिनिधि सभाका लागि
उम्मेदवारी दिएका नौजना र प्रदेश सभाका लागि उम्मेदवारी दिएका सातजनाले आज
उम्मेदवारी फिर्ता लिएका छन् ।
क्षेत्र नं १ प्रतिनिधि सभाका लागि
उम्मेदवारी दिएका स्वतन्त्र उम्मेदवार उदयराम अधिकारी, कमल खड्का र एकिकृत
राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)का कैंया चौधरी तथा प्रदेश
सभाका लागि उम्मेदवारी दिएका राप्रपाका दिनेशकुमार शाहले उम्मेदवारी फिर्ता
लिएका हुन् ।
क्षेत्र नं २ प्रतिनिधि सभातर्फ
उम्मेदवारी दिएका विवेकशील साझा पार्टीका कृष्णबहादुर बटाला र
स्वतन्त्रतर्फ उम्मेदवारी दिएका अर्जुन हमाल र रंगनाथ ढकालले उम्मेदवारी
फिर्ता लिएका छन् ।
क्षेत्र नं ३ प्रतिनिधि सभातर्फ स्वतन्त्र
उम्मेदवारी दिएका वीरेन्द्र बम तथा प्रदेश सभातर्फ स्वतन्त्र उम्मेदवारी
दिएका विजयराज स्वाँर र संघीय समाजवादी फोरम नेपालका चन्द्रकुमार चौधरीले
उम्मेदवारी फिर्ता लिएका छन् ।
क्षेत्र नं ४ प्रदेश सभातर्फ उम्मेदवारी
दिएका नेपाली काँग्रेस (बिपी)का यज्ञनिधि कोइराला तथा क्षेत्र नं ५
प्रतिनिधि सभातर्फ उम्मेदवारी दिएका नेपाली काँग्रेस (बिपी)का क्षीतिज
भण्डारी र नयाँ शक्ति पार्टीका नृपबहादुर बोहराले उम्मेदवारी फिर्ता लिएका
छन् ।
प्रतिनिधि सभातर्फ कैलाली क्षेत्र नं १ मा
१२ जना, क्षेत्र नं २ मा ६ जना, क्षेत्र नं ३ मा नौजना, क्षेत्र नं ४ मा
सातजना र क्षेत्र नं ५ मा आठजनाबीच चुनावी प्रतिस्पर्धा हुनेछ ।
यस्तै, क्षेत्र नं १ प्रदेश सभा ‘क’ मा ८
जना र ‘ख’ मा ९ जना, क्षेत्र नं २ प्रदेश सभा ‘क’ मा ५ जना र ‘ख’ मा ८ जना
चुनावी मैदानमा छन् । क्षेत्र नं ३ प्रदेश सभा ‘क’ मा ४ जना र प्रदेश सभा
‘ख’ मा ९ जना, क्षेत्र नं ४ प्रदेश सभा ‘क’ ६ जना, ‘ख’ मा ७ जना तथा
क्षेत्र नं ५ प्रदेश सभा ‘क’ र ‘ख’ मा गरी १६ उम्मेदवारबीच प्रतिस्पर्धा
हुनेछ ।
डडेल्धुरा : प्रतिनिधि सभा र प्रदेश सभामा
नेपाली काँग्रेसका उम्मेदवारलाई समर्थन जनाउँदै राप्रपा र नयाँ शक्ति
पार्टी नेपालका उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् । जिल्लामा आज ५
जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट
उम्मेदवारी दिएका कालीप्रसाद जोशी र हरिसिंह साउदले प्रदेश सभाबाट
उम्मेदवारी फिर्ता लिएका हुन् । नयाँ शक्ति पार्टी नेपालका लक्ष्मीकान्त
पनेरु र विष्णु ठकुराठीले प्रदेश सभाबाट उम्मेदवारी फिर्ता लिएका हुन् ।
यस्तै नरबहादुर पालले प्रदेश सभाबाट उम्मेदवारी फिर्ता लिएका छन् ।
पोखरा : कास्कीमा ५ जना उम्मेदवारले आज
उम्मेदवारी फिर्ता लिएका छन् । क्षेत्र नं १ मा एकीकृत राप्रपा
(राष्ट्रवादी)का सञ्जय कार्की, स्वतन्त्र उम्मेदवार ज्ञानेन्द्रबहादुर
कार्की, प्रदेश सभा ‘क’ मा स्वतन्त्र उम्मेदवार असीमवक्स मियाँ, नेपाली
काँग्रेस (बिपी) का रामबहादुर केसी तथा प्रदेश सभा ‘ख’ मा राप्रपाका
उम्मेदवार नारायण गुरुङले उम्मेदवारी फिर्ता लिएका हुन् ।
चितवन : मुख्य निर्वाचन अधिकृतको कार्यालय
भरतपुरका अनुसार क्षेत्र नं ३ बाट प्रतिनिधि सभातर्फ चारजना र प्रदेश
सभातर्फ दुईजनाले उम्मेदवारी फिर्ता लिएका छन् । उम्मेदवारी फिर्ता लिनेमा
राष्ट्रिय जनमोर्चाका उमादेवी शर्मा, एकीकृत राप्रपा राष्ट्रवादीका
कृष्णबहादुर तामाङ, स्वतन्त्र उम्मेदवार सुनिलकुमार क्षेत्री र नन्दराज
आचार्य रहेका छन् ।
यस्तै प्रदेश सभा ‘क’ बाट राप्रपाका
सनबहादुर गुरुङ र प्रदेश ‘ख’ बाट संघीय लोकतान्त्रिक थरुहटका ललितकुमार
चौधरीले उम्मेदवारी फिर्ता लिएका छन् ।
यस्तै क्षेत्र नं १ बाट प्रतिनिधि सभातर्फ
एकीकृत राप्रपा राष्ट्रवादीका इन्द्रजित धमला र स्वतन्त्र उम्मेदवार
लेखबहादुर पुनले उम्मेदवारी फिर्ता लिएका छन् । क्षेत्र नं १ प्रदेश सभा
‘ख’ बाट विष्णुप्रसाद खरेलले उम्मेदवारी फिर्ता लिएका छन् ।
दाङ : जिल्लामा आठजना उम्मेदवारले आज
उम्मेदवारी फिर्ता लिएका छन् । प्रतिनिधि सभातर्फ एकजना तथा प्रदेश सभातर्फ
सातजना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका हुन् ।
प्रतिनिधि सभातर्फ स्वतन्त्र उम्मेदवार
कोमल ओली तथा प्रदेश सभातर्फ कुबेर ओली, राष्ट्रिय प्रजातन्त्र पार्टी
(प्रजातान्त्रिक)का ईश्वरीप्रसाद शर्मा, स्वतन्त्र उम्मेदवारहरु गेदलाल
भण्डारी, भूपाल रावत, रामबहादुर भण्डारी, जगनारायण चौधरी र हरिभक्त
भण्डारीले उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन कार्यालयले जनाएको छ ।
लहान : सिरहामा चारजना उम्मेदवारले आफ्नो
उम्मेदवारी फिर्ता लिएका छन् । मुख्य निर्वाचन अधिकृत सुदर्शनराज पाण्डेका
अनुसार प्रतिनिधि सभातर्फ क्षेत्र नं २ मा स्वतन्त्र उम्मेदवार मञ्जुकुमारी
सिंह तथा प्रदेश सभातर्फ स्वतन्त्र उम्मेदवार चन्द्रनारायण कुशवाहा र
रामपरीक्षण सदाय, नेपाली जनता पार्टीका तर्फबाट उम्मेदवारी दिएका बालेश्वर
यादवले उम्मेदवारी फिर्ता लिएका हुन् ।
रासस