विवादास्पद पूर्व डिआईजी सिलवाल एमालेमा प्रवेश

काठमाडौं– एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा बालकोटमा कोजाग्रत पूर्णिमाको दिन दशैंको टिका लगाउन पुगेका विवादास्पद पूर्व डिआईजी नवराज...


काठमाडौं– एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा बालकोटमा कोजाग्रत पूर्णिमाको दिन दशैंको टिका लगाउन पुगेका विवादास्पद पूर्व डिआईजी नवराज सिलवाल  औपचारिक रुपमै एमालेमा प्रवेश गरेका छन् ।
राजधानीको बुद्धनगरमा आयोजित एक कार्यक्रममार्फत उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराएका हुन् ।  हसिलो मुद्रामा कार्यक्रममा   देखिएका उनलाई ओलीले खादा लगाइदिएर पार्टीमा स्वागत गरेका थिए । 
गत  भदौ २७ गते सर्वोच्च अदालतले सिलवालले आफू प्रहरीको आइजी हुनुपर्ने माग गर्दै दायर गरेको रिट निवेदन खारेज गरिदिएसँगै  डिआईजी पदबाट राजीनामा दिएका थिए ।

सिलवालले आफू आइजीपी हुन योग्य रहेको भन्दै सर्वोच्चमा निवेदन दिएको भएपनि कार्यसम्पादन मूल्यांकन (कासमू) किर्ते गरेको अभियोगमा तानिएका थिए ।   सर्वोच्चले सरकारले प्रकाश अर्याललाई आइजीपी बनाउने निर्णय सदर गरेसँगै उनीमाथि लागेको  किर्ते आरोपबारे पनि छानबिन हुनुपर्ने आवाज उठ्दै आएको थियो । यसरी एक विवादास्पद पूर्व प्रहरी अधिकारीमाथिको छानबिन टुंगोमा नपुग्दै उनी एमाले प्रवेश गर्न पुगेका हुन् ।
सोहि कार्यक्रमबाट कलाकार सञ्जय श्रेष्ठ पनि एमालेमा प्रवेश गरेका थिए ।    source ratopati

COMMENTS





Name

Featured अटो अपराध अर्थ वाणिज्य कृषि खेलकुद दुर्घटना देश देश परिवेश परिवेश पूर्व बैङ्क भिडियाे मनोरञ्जन राजनीति राजनीति परिवेश विदेश समसामियक समाचार समाज समाज अपराध समाज परिवेश स्वास्थ्य
false
ltr
item
गुरासँ एफ्.एम्.: विवादास्पद पूर्व डिआईजी सिलवाल एमालेमा प्रवेश
विवादास्पद पूर्व डिआईजी सिलवाल एमालेमा प्रवेश
http://ratopati.prixa.net/media/albums/silwal_12_RZzEFFz6Mc.JPG
गुरासँ एफ्.एम्.
http://www.gurasfm.com/2017/10/blog-post_83.html
http://www.gurasfm.com/
http://www.gurasfm.com/
http://www.gurasfm.com/2017/10/blog-post_83.html
true
7688986134927037870
UTF-8
समाचार भेटाउन सकिएन सबै हेर्नुहोस थप पढ्नुहोस जवाफ दिनुहोस जवाफ नदिनुहोस हटाउनुहोस सर्जक गृह पेजहरू समाचारहरू सबै हेर्नुहोस तपाइको लागी ट्याग विगत खोज्नुहोस सबै खबरहरू तपाइले खोजे अनुसारको खबर पाउन सकिएन गृहमा फर्कनुहोस आइतबार सोमबार मङ्गल बुधबार बिहीबार शुक्रबार शनिबार आइत सोम मङ्गल बुध बिही शु्क्र शनि जनावरी फेब्रुअरी मार्च अप्रिल मे जुन जुलाइ अगस्ट सेप्टेम्वर अक्टुवर नोभेम्वर डिसेम्बर Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै १ मिनेट पहिले $$1$$ मिनेट पहिले 1 घण्टा पहिले $$1$$ घण्टा पहिले हिजो $$1$$ दिन पहिले $$1$$ हप्ता पहिले ५ हप्ता पहिले फलोबरहरू फलो गर्नुहोस । यो उत्कृष्ट सामग्री हो । ताला हटाउनका लागी बाढ्नुहोस् । सबै कोड कपि गर्नुहोस । सबै कोड Select गर्नुहोस् । All codes were copied to your clipboard कोडहरू कपि गर्न सकिएन, कृपया [CTRL]+[C] वा ( CMD+C सँग Mac) थिच्नुहोस ।