थप तीन जिल्लामा स्वास्थ्य बीमा, हालसम्म अढाइ लाख आवद्ध

२२ असोज,  काठमाडौं । २५ असोजदेखि स्वास्थ्य बीमा कार्यक्रम थप तीन जिल्लामा सञ्चालन हुने भएको छ । सोलुखुम्बु, सुनसरी र झापामा कार्यक्रम विस्...

२२ असोज,  काठमाडौं । २५ असोजदेखि स्वास्थ्य बीमा कार्यक्रम थप तीन जिल्लामा सञ्चालन हुने भएको छ । सोलुखुम्बु, सुनसरी र झापामा कार्यक्रम विस्तार हुन लागेको हो ।
बिमकहरुलाई तालिमपछि सदस्यताको काम सुचारु हुनासाथ कार्यक्रम लागु गरिने सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिका निर्देशक डा. गुणराज लोहनीले बताए ।
हरेक तीन महिनामा ५/५ जिल्लामा कार्यक्रम गर्ने सरकारी रणनीति छ । यस पटक थप तीन जिल्लामा कार्यक्रम सञ्चालन हुन लागेको हो ।
आगामी डेढ वर्षभित्र मुलुकभर कार्यक्रम सञ्चालन गरिसक्ने सरकारी योजना छ ।
२५ चैत ०७२ मा कैलालीबाट सुरु भएको कार्यक्रम हालसम्म १९ जिल्लामा विस्तार भइसकेको छ । २५ असोजदेखि २२ जिल्लामा लागु हुनेछ ।
यस आर्थिक वर्षको अन्त्यसम्ममा कुल ३८ वटा जिल्लामा विस्तार गर्ने सरकारी योजना छ । हालसम्म दुई लाख ४० हजार जना उक्त कार्यक्रममा आवद्ध भइसकेका छन् । थप तथ्यांक आउन बाँकी रहेको डा. लोहनीले बताए ।
गरिबी निवारण कोषले राष्ट्रिय परिचय पत्र वितरण गर्न ढिलाइ गरेका कारण स्वास्थ्य बीमा कार्यक्रममा अपेक्षाकृत प्रगति देखिएको छैन । कोषले दिएको परिचयपत्रका आधारमा बीमा गर्ने सरकारी निर्णय छ ।
हालसम्म कार्यक्रममा आवद्ध भएकामध्ये ३५ प्रतिशतले उपचार सेवा लिइसकेका छन् । उपचार सेवावापत बिमितले अस्पताललाई शुल्क तिर्नु पर्दैन ।
source:onlinekhabar

COMMENTS





Name

Featured अटो अपराध अर्थ वाणिज्य कृषि खेलकुद दुर्घटना देश देश परिवेश परिवेश पूर्व बैङ्क भिडियाे मनोरञ्जन राजनीति राजनीति परिवेश विदेश समसामियक समाचार समाज समाज अपराध समाज परिवेश स्वास्थ्य
false
ltr
item
गुरासँ एफ्.एम्.: थप तीन जिल्लामा स्वास्थ्य बीमा, हालसम्म अढाइ लाख आवद्ध
थप तीन जिल्लामा स्वास्थ्य बीमा, हालसम्म अढाइ लाख आवद्ध
गुरासँ एफ्.एम्.
http://www.gurasfm.com/2017/10/61_8.html
http://www.gurasfm.com/
http://www.gurasfm.com/
http://www.gurasfm.com/2017/10/61_8.html
true
7688986134927037870
UTF-8
समाचार भेटाउन सकिएन सबै हेर्नुहोस थप पढ्नुहोस जवाफ दिनुहोस जवाफ नदिनुहोस हटाउनुहोस सर्जक गृह पेजहरू समाचारहरू सबै हेर्नुहोस तपाइको लागी ट्याग विगत खोज्नुहोस सबै खबरहरू तपाइले खोजे अनुसारको खबर पाउन सकिएन गृहमा फर्कनुहोस आइतबार सोमबार मङ्गल बुधबार बिहीबार शुक्रबार शनिबार आइत सोम मङ्गल बुध बिही शु्क्र शनि जनावरी फेब्रुअरी मार्च अप्रिल मे जुन जुलाइ अगस्ट सेप्टेम्वर अक्टुवर नोभेम्वर डिसेम्बर Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै १ मिनेट पहिले $$1$$ मिनेट पहिले 1 घण्टा पहिले $$1$$ घण्टा पहिले हिजो $$1$$ दिन पहिले $$1$$ हप्ता पहिले ५ हप्ता पहिले फलोबरहरू फलो गर्नुहोस । यो उत्कृष्ट सामग्री हो । ताला हटाउनका लागी बाढ्नुहोस् । सबै कोड कपि गर्नुहोस । सबै कोड Select गर्नुहोस् । All codes were copied to your clipboard कोडहरू कपि गर्न सकिएन, कृपया [CTRL]+[C] वा ( CMD+C सँग Mac) थिच्नुहोस ।