निर्वाचन हुनेमा आशंका नगर्नुस्: प्रमुख आयुक्त

२१ असोज काठमाडौं । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले राष्ट्रिय राजनीतिकको वातावरण अस्थिर जस्तो देखिए पनि तोकिएकै मितिमा निर्वाच...

२१ असोज काठमाडौं । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले राष्ट्रिय राजनीतिकको वातावरण अस्थिर जस्तो देखिए पनि तोकिएकै मितिमा निर्वाचन हुनेमा आशंका नगर्न आग्रह गरेका छन् ।
समानुपातिक निर्वाचन प्रणाली सम्बन्धमा संविधान, ऐन र नियमावलीले गरेको व्यवस्थाबारे राजनीतिक दललाई जानकारी गराउने उद्देश्यले आयोजित अभिमुखीकरण कार्यक्रममा यादवले भन, निर्वाचनका लागि सम्पूर्ण तयारी भइसकेको छ, असोज २९ गते समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवारको बन्द सूची बुझाउने कार्यक्रम नजिकिसकेको छ, आजको १५ दिनमा प्रत्यक्ष तर्फको उम्मेदवारी दर्ता दिने मिति पनि आइसकेको छ ।’
समानुपातिक तर्फको बन्दसूची प्रस्तुत गर्दा विगतको राजनीतिक दलले चलखेल गर्न नमिल्ने गरी प्राथमिकताको क्रम कानूनले नै निर्धारण गरेको उनले बताए ।
मुलुकमा राजनीतिक स्थायित्व प्रदान गर्न र लोकतन्त्रको सुदृढीकरणको लागि निर्वाचन आचारसंहिताको पालना गर्ने गराउने सन्दर्भमा जस्तोसुकै कारबाही गर्न दृढ रहेको बताउँदै प्रमुख निर्वाचन आयुक्त डा यादवले भने, ‘जसरी पनि चुनाव जित्ने मनसाय नराख्नु होला, आचारसंहिता उलंघन भएको पाइएमा कारबाही हुनेछ ।’
आयुक्त सुधीरकुमार शाहले लोकतन्त्रको सुदृढीकरण र नैतिक आचरणमा रहने प्रत्यन राजनीतिक दल र उम्मेदवारबाट भएमा निर्वाचनमा आउने गरेका धेरै खाले टिक्का टिप्पणी हराउँदै जाने बताए ।
आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने प्रक्रिया, उम्मेदवारले बुझाउनुपर्ने धरौटी र निर्वाचन खर्चको विवरण, उम्मेदवारको बन्दसूची निर्धारण गर्ने ढाँचा, प्राप्त गरेको मतका आधारमा समानुपातिक समावेसी सिदान्त अपनाएर गर्नुपर्ने सिटको बाडँफाँड लगायतका बारेमा दलका प्रतिनिधिलाई प्रशिक्षण दिएको छ ।
आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फबाट प्रतिनिधिसभामा ११० तथा प्रदेशसभामा २२० जनप्रतिनिधिको चयन हुनेछ ।
८८ वटा राजनीतिक दलले आगामी निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने जनाएका छन् ।
source:onlinekhabar

COMMENTS





Name

Featured अटो अपराध अर्थ वाणिज्य कृषि खेलकुद दुर्घटना देश देश परिवेश परिवेश पूर्व बैङ्क भिडियाे मनोरञ्जन राजनीति राजनीति परिवेश विदेश समसामियक समाचार समाज समाज अपराध समाज परिवेश स्वास्थ्य
false
ltr
item
गुरासँ एफ्.एम्.: निर्वाचन हुनेमा आशंका नगर्नुस्: प्रमुख आयुक्त
निर्वाचन हुनेमा आशंका नगर्नुस्: प्रमुख आयुक्त
गुरासँ एफ्.एम्.
http://www.gurasfm.com/2017/10/59_22.html
http://www.gurasfm.com/
http://www.gurasfm.com/
http://www.gurasfm.com/2017/10/59_22.html
true
7688986134927037870
UTF-8
समाचार भेटाउन सकिएन सबै हेर्नुहोस थप पढ्नुहोस जवाफ दिनुहोस जवाफ नदिनुहोस हटाउनुहोस सर्जक गृह पेजहरू समाचारहरू सबै हेर्नुहोस तपाइको लागी ट्याग विगत खोज्नुहोस सबै खबरहरू तपाइले खोजे अनुसारको खबर पाउन सकिएन गृहमा फर्कनुहोस आइतबार सोमबार मङ्गल बुधबार बिहीबार शुक्रबार शनिबार आइत सोम मङ्गल बुध बिही शु्क्र शनि जनावरी फेब्रुअरी मार्च अप्रिल मे जुन जुलाइ अगस्ट सेप्टेम्वर अक्टुवर नोभेम्वर डिसेम्बर Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै १ मिनेट पहिले $$1$$ मिनेट पहिले 1 घण्टा पहिले $$1$$ घण्टा पहिले हिजो $$1$$ दिन पहिले $$1$$ हप्ता पहिले ५ हप्ता पहिले फलोबरहरू फलो गर्नुहोस । यो उत्कृष्ट सामग्री हो । ताला हटाउनका लागी बाढ्नुहोस् । सबै कोड कपि गर्नुहोस । सबै कोड Select गर्नुहोस् । All codes were copied to your clipboard कोडहरू कपि गर्न सकिएन, कृपया [CTRL]+[C] वा ( CMD+C सँग Mac) थिच्नुहोस ।