नवलपरासीमा ताजिया मेला शुरु, दर्शनार्थीहरुको घुइँचो

परासी– नवलपरासीमा आइतबारदेखि ताजिया मेला शुरु भएको छ । तीन दिन चल्ने मुस्लिम समुदायको ताजिया मेला आइतबारबाट शुरु भएको छ । ताजियाको ...








परासी– नवलपरासीमा आइतबारदेखि ताजिया मेला शुरु भएको छ । तीन दिन चल्ने मुस्लिम समुदायको ताजिया मेला आइतबारबाट शुरु भएको छ । ताजियाको दर्शन गर्न भक्तजनहरुको भीँड बढ्न थालेको छ ।
मुस्लिम समुदायको महानपर्व मध्ये मोहरम पर्व यहाँका मुस्लिम समुदायले ठूलो ठुलो ताजिया बनाएर मनाउने गरेका छन् । अरबी हिजरीको पहिलो महिना मोहरमको १० तारिखका दिन ईस्लाम धर्मका संरक्षक हजरत ईमाम हुसैन रदीअल्लाहो तआला अन्होको यादमा यो मोहरम पर्व कसैले ताजिया बनाई त कसैले विविध कार्यक्रम गरी मनाउने गरेका छन् ।

जिल्लाको सिमावर्ती क्षेत्र सरवाल गाउँपालिकाका वार्ड नम्बर ७ भुजहवाँमा ठुला तजिया बनाई मेला संचालन गरिएको छ । ७० फिट उचाई, ३० फिट चौडाई आकारमा ३२ खण्डको उक्त ताजिया बनाइएको छ । एक वर्ष लगाएर दुई जना ताजिया मिस्त्रीले बाँसैबासमा रङ्गिनचङ्गिन कागज बेरेर उक्त ताजियालाई सजाएको ताजिया मेला व्यवस्थापन समितिका अध्यक्ष राखलखन कुश्वाहाले बताए ।

जिल्लाको भुजहवा, महेशपुर र भगतपुरवा भन्ने गाउँमा ठुलो ठुलो ताजिया बनाई मेला संचालन गरिएको छ । मेलामा हिन्दु मुस्लिम समुदायको नेपाल भारतबाट हजारांैको संख्यामा दर्शनार्थीहरु ताजियाको दर्शन गर्न र मेला अवलोकन गर्न आउने गरेको अध्यक्ष कुश्वाहाले बताए ।
वर्षौदेखि परम्परागत रुपमा मनाईँदै आएको यस ताजिया मेलामा ढाँकतासा, थकरी र लाठीभाला खेलसमेत प्रदर्शन गरिन्छ ।
source :ratopati
 


COMMENTS





Name

Featured अटो अपराध अर्थ वाणिज्य कृषि खेलकुद दुर्घटना देश देश परिवेश परिवेश पूर्व बैङ्क भिडियाे मनोरञ्जन राजनीति राजनीति परिवेश विदेश समसामियक समाचार समाज समाज अपराध समाज परिवेश स्वास्थ्य
false
ltr
item
गुरासँ एफ्.एम्.: नवलपरासीमा ताजिया मेला शुरु, दर्शनार्थीहरुको घुइँचो
नवलपरासीमा ताजिया मेला शुरु, दर्शनार्थीहरुको घुइँचो
https://2.bp.blogspot.com/-FBFef9fRdzQ/WdDMvkiGIyI/AAAAAAAAAH4/XxXKzxVRIMMPqpp1SLxp9Wy4amN7_Wz7gCLcBGAs/s640/1-tajiya_mela_parasi_De6TbQPMJX.jpg
https://2.bp.blogspot.com/-FBFef9fRdzQ/WdDMvkiGIyI/AAAAAAAAAH4/XxXKzxVRIMMPqpp1SLxp9Wy4amN7_Wz7gCLcBGAs/s72-c/1-tajiya_mela_parasi_De6TbQPMJX.jpg
गुरासँ एफ्.एम्.
http://www.gurasfm.com/2017/10/55.html
http://www.gurasfm.com/
http://www.gurasfm.com/
http://www.gurasfm.com/2017/10/55.html
true
7688986134927037870
UTF-8
समाचार भेटाउन सकिएन सबै हेर्नुहोस थप पढ्नुहोस जवाफ दिनुहोस जवाफ नदिनुहोस हटाउनुहोस सर्जक गृह पेजहरू समाचारहरू सबै हेर्नुहोस तपाइको लागी ट्याग विगत खोज्नुहोस सबै खबरहरू तपाइले खोजे अनुसारको खबर पाउन सकिएन गृहमा फर्कनुहोस आइतबार सोमबार मङ्गल बुधबार बिहीबार शुक्रबार शनिबार आइत सोम मङ्गल बुध बिही शु्क्र शनि जनावरी फेब्रुअरी मार्च अप्रिल मे जुन जुलाइ अगस्ट सेप्टेम्वर अक्टुवर नोभेम्वर डिसेम्बर Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै १ मिनेट पहिले $$1$$ मिनेट पहिले 1 घण्टा पहिले $$1$$ घण्टा पहिले हिजो $$1$$ दिन पहिले $$1$$ हप्ता पहिले ५ हप्ता पहिले फलोबरहरू फलो गर्नुहोस । यो उत्कृष्ट सामग्री हो । ताला हटाउनका लागी बाढ्नुहोस् । सबै कोड कपि गर्नुहोस । सबै कोड Select गर्नुहोस् । All codes were copied to your clipboard कोडहरू कपि गर्न सकिएन, कृपया [CTRL]+[C] वा ( CMD+C सँग Mac) थिच्नुहोस ।