‘चीनको इशारामा नेपालमा वाम एकता’: राजपा नेता

काठमाडौं– राष्ट्रिय जनता पार्टी नेपालका उपाध्यक्ष बृषेचन्द्र लालले चीनको ईशारामा नेपालमा वाम एकताको सुरु भएको आरोप लगाएका छन् । बिहीबार ...

काठमाडौं– राष्ट्रिय जनता पार्टी नेपालका उपाध्यक्ष बृषेचन्द्र लालले चीनको ईशारामा नेपालमा वाम एकताको सुरु भएको आरोप लगाएका छन् ।
बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उपाध्यक्ष लालले भने,‘कसैको ईशारामा नभएको भए यो कसरी रातारात वाम तालमेल र पार्टी एकताको प्रयास भयो त ? सोच्नुपर्ने कुरा त यहाँनिर छ, म दाबाका साथ भन्छु यो चीनको ईशारामा वामपन्थीहरुवीचको एकता प्रयास भएको हो, यसमा प्रत्यक्ष रुपमा चीनले भूमिका खेलेको छ।’
साक्षात्कारमा उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमकल दाहाल प्रचण्डलाई राजनैतिक नैतिकता नभएको नेताको संज्ञा दिए ।
उनले भने,‘प्रचण्डसँग थोरैपनि राजनैतिक नैतिकता छैन्, यदि त्यसो हुँदो हो त सरकारमा रहेर विपक्षीसँग गएर घाँटी जोड्न ेकाम गर्नु हुनेथिएन, म यहाँबाटै आग्रह गर्छु बचेखुचेको थोरै नैतिकता बाँकी छ भने तत्काल सरकार छोडेर लोकतान्त्रिक मुल्य र मान्यताको सम्मान गर्नुस्, लोकतान्त्रि गठबन्धन पार्टी एकताको लागि होईन, वाम एकताको बिरुद्धमा हो, हामी वाम एकताबाट डराएका होईन, यो गठबन्धन अपवित्र छ, यो बाहृय शक्तिको रिमोटबाट बनेको एकताले मुलुक र नेपाली जनताको भलो गर्दैन।’
मुलुकै ठुलो लोकतान्त्रिक शक्ति नेपाली काँग्रेस लगायत ६ दलहरु लोकतान्त्रिक मुल्य मान्यतामा उभिएका उल्लेख गर्दै लाले थपे,‘हाम्रो गठबन्धनले मुलुकलाई सवल बाटोमा लैजाने छ, यो गठबन्धनकासामु वाम एकताले हावा खानेछ।’
त्यस्तै कार्यक्रममा नेपाल लोकतान्त्रिक फोरमका महासचिव एवम् प्रमु्ख सचेतक योगेन्द्र चौधरीले माओवादी केन्द्रले एमालेसँग एकताको पहल थालेर गम्भिर भुल गरेको बताए ।
संघीय समावादी फोरम नेपालका सचिव पर्शुराम बस्नेतले प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचन तोकिएकै समयमा हुनुपर्नेमा जोड दिएका छन्।
त्यस्तै उनले माओवादी केन्द्रले प्रमुख प्रतिपक्षी दलसँग चुनावी तालमेल र पार्टी एकताको प्रयास अघि बढाएसँगै वर्तमान सरकारमा बसिरहने नैतिक अधिकार नै गुमाईसकेको आरोप लगाए 

source:ratopati

COMMENTS





Name

Featured अटो अपराध अर्थ वाणिज्य कृषि खेलकुद दुर्घटना देश देश परिवेश परिवेश पूर्व बैङ्क भिडियाे मनोरञ्जन राजनीति राजनीति परिवेश विदेश समसामियक समाचार समाज समाज अपराध समाज परिवेश स्वास्थ्य
false
ltr
item
गुरासँ एफ्.एम्.: ‘चीनको इशारामा नेपालमा वाम एकता’: राजपा नेता
‘चीनको इशारामा नेपालमा वाम एकता’: राजपा नेता
https://farm5.staticflickr.com/4481/36841350583_1fdb516e18_h.jpg
गुरासँ एफ्.एम्.
http://www.gurasfm.com/2017/10/51_5.html
http://www.gurasfm.com/
http://www.gurasfm.com/
http://www.gurasfm.com/2017/10/51_5.html
true
7688986134927037870
UTF-8
समाचार भेटाउन सकिएन सबै हेर्नुहोस थप पढ्नुहोस जवाफ दिनुहोस जवाफ नदिनुहोस हटाउनुहोस सर्जक गृह पेजहरू समाचारहरू सबै हेर्नुहोस तपाइको लागी ट्याग विगत खोज्नुहोस सबै खबरहरू तपाइले खोजे अनुसारको खबर पाउन सकिएन गृहमा फर्कनुहोस आइतबार सोमबार मङ्गल बुधबार बिहीबार शुक्रबार शनिबार आइत सोम मङ्गल बुध बिही शु्क्र शनि जनावरी फेब्रुअरी मार्च अप्रिल मे जुन जुलाइ अगस्ट सेप्टेम्वर अक्टुवर नोभेम्वर डिसेम्बर Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै १ मिनेट पहिले $$1$$ मिनेट पहिले 1 घण्टा पहिले $$1$$ घण्टा पहिले हिजो $$1$$ दिन पहिले $$1$$ हप्ता पहिले ५ हप्ता पहिले फलोबरहरू फलो गर्नुहोस । यो उत्कृष्ट सामग्री हो । ताला हटाउनका लागी बाढ्नुहोस् । सबै कोड कपि गर्नुहोस । सबै कोड Select गर्नुहोस् । All codes were copied to your clipboard कोडहरू कपि गर्न सकिएन, कृपया [CTRL]+[C] वा ( CMD+C सँग Mac) थिच्नुहोस ।