अब बार्सिलोनाको साटो नेपाल मेरो घर !

२३ भदौ, काठमाडौं । सात वर्षअघि पहिलोचोटि नेपालको माटोमा टेकेकी थिइन् आइना बार्काले । अन्ततः उनले यहीँ जरो गाडिन् । ‘सोसल वर्क विषयमा ब्याच...

२३ भदौ, काठमाडौं । सात वर्षअघि पहिलोचोटि नेपालको माटोमा टेकेकी थिइन् आइना बार्काले । अन्ततः उनले यहीँ जरो गाडिन् ।
‘सोसल वर्क विषयमा ब्याचलरको पढाइ सकेर १९ वर्षको उमेरमा छुट्टी मनाउन उनी नेपाल आएकी थिइन् । यस क्रममा एक महिना हेटौंडामा बिताइन् ।
त्यही एक महिनाको बसाई नै उनको जीवनको सबैभन्दा ठूलो टर्निङ प्वाइन्ट सावित भयो । जब उनी आफ्नो देश फर्किइन्, उनको दिमागले ‘बोल्ड डिसिजन’ लिइसकेको थियो ।
घर पुगेपछि उनले आफ्ना बुवा-आमालाई भनिन्, ‘म अब नेपालमै बस्छु । त्यहाँ मेरो आवश्यकता छ ।’
आफ्नी एक मात्र सन्तानले यस्तो कुरा गर्दा बाबुआमा स्तब्ध भएका थिए । तर, उनीहरुले छोरीलाई रोक्न सक्ने अवस्था थिएन । किनकि उनीहरुलाई थाहा थियो, छोरीको हठी स्वभाव । उनले जब कुनै निर्णय लिन्छिन्, त्यसबाट कदापी पछि हट्दिनन् ।
‘मेरा बुवाआमाले मलाई राम्ररी बुझ्नुभएको छ,’ बार्का भन्छिन्, ‘म आफूलाई मनमा लागेको काम कुनै पनि हालतमा गरिछाड्छु भन्ने उहाँहरुलाई थाहा छ ।’
अन्ततः एक वर्षपछि बुवाआमासँग विदा भएर उनी सँधैका लागि नेपाल फर्किइन् ।
पहिले छोरीका बारेमा चिन्तित रहेका बाबुआमा अहिले भने खुशी छन् ।
नेपालमा केले तान्यो ?

छुट्टी मनाउनका लागि नेपाल आउँदा बार्काले समाजसेवी संगठनहरुका लागि भोलेन्टियर काम गर्ने योजना बुनेकी थिइन् । यस क्रममा हेटौंडामा रहेको एउटा बालगृहमा पुगिन् । त्यहाँ उनले सुस्त मनस्थितिका तीनजना बच्चा भेटिन् ।
‘ती बालबालिकाहरु शिक्षाको उज्यालोबाट बञ्चित थिए,’ बार्का सम्भिmन्छिन्, ‘उनीहरुको खाने र सुत्ने मात्रै व्यवस्था थियो, स्कुल भर्ना गरिएको थिएन ।’
एक महिनापछि आफ्नो देश स्पेन फर्किँदा उनको मानसपटलमा तीनै बालबालिकाहरु घुमिरहे ।
‘म धेरै दुखी भएँ । किनकि हाम्रो देशमा यस्ता बालबालिकाका निम्ति आफूलाई विकास गर्न धेरै अवसरहरु हुन्छन् । तर, नेपालमा त्यस्तो केही थिएन,’ बार्काले भनिन् ।
बार्सिलोना फर्किएपछि बार्का आफ्नो योजनामा काम गर्न थालिन् । ती बच्चाहरुका निम्ति अल्पकालीन परियोजनाहरु प्रभावकारी नहुने निस्कर्षमा पुगेकी उनले हेटौडामा एउटा स्कुल स्थापना गर्ने निर्णय लिइन् ।
‘त्यसपछि नौ महिनाभित्र मैले निकै दुख गरेर १२ लाख रुपैयाँ संकलन गरेँ,’ बार्का भन्छिन्, ‘नेपालीहरुले सोच्नुहुन्छ होला कि स्पेन जस्तो देशमा त पैसा फालाफाल हुन्छ, यति रकम त कुनै ठूलो कुरा होइन । तर, सत्य के हो भने हाम्रो देशमा पनि सामाजिक कार्यका निम्ति पैसा जुटाउनु कठिन काम हो ।’
यसरी खुल्यो स्कुल
त्यसपछि बार्का नेपालमा आइन् र स्कुल निर्माणको काम सुरु गरिन् । सुरुमा उनले निकै संघर्ष गर्नुपर्‍यो ।
‘म एउटी भर्खरकी युवती । एक्ली । स्थानीयहरुले ममाथि अनेक शंका-उपशंका गरे । कसैले मलाई क्रिश्चियन धर्म प्रचारमा आएको सम्भिmए त कतिले नेपालीलाई ठग्न आएको पनि भन्ठाने ।
तर, म हतोत्साही भइनँ । एकोहोरो काम गर्दै गएँ । अन्ततः स्थानीय समाजको मप्रतिको दृष्टिकोण सकारात्मक हुन थाल्यो,’ बार्काले सुनाइन् ।
सन् २०१४ को जनवरीमा एउटा सानो भवन निर्माण भयो । यसको नाम राखियो ‘आशा विशेष स्कुल तथा पुनस्र्थापन केन्द्र’ ।
शुरुमा तीन स्वयम्सेवी र पाँच विद्यार्थीहरुबाट काम थालेकी थिइन् उनले । ती विद्यार्थीमध्ये तीनजना उनले पहिल्यै भेटेका सुस्त मनस्थितिका थिए । तीन महिनापछि १३ जना विद्यार्थी थपिएर १८ जना पुगे ।
अहिले त्यो स्कुलमा २८ विद्यार्थी छन् । उनीहरु ६ देखि २१ वर्षसम्मका छन् । धेरैजसो स्कुलमा नै बस्छन् । अरुका लागि बसले ल्याउने पुर्‍याउने सुविधा छ ।
बार्का अब आफ्नो स्कुललाई अपग्रेड गर्न चाहन्छिन् ता कि धेरै बच्चाहरुलाई संरक्षण गर्न सकियोस् । हालै उनले १८ लाख रुपैयाँमा दुई कठ्ठा जग्गा किनेकी छिन् । त्यहाँ स्कुलको नयाँ भवन बनाउने विचार छ उनको । यसका लागि रकम संकलन गरिरहेकी छन् । नयाँ भवन बन्यो भने ५५ जना बालबालिकालाई त्यहाँ राखेर पढाउन सकिने बार्काले बताइन् ।
तीन बर्गका बालबालिका

स्कुलमा शारीरिक र मानसिकरुपमा अशक्त बालकालिकाहरु रहेको हुनाले उनीहरुका लागि पाठ्यक्रम र मूल्यांकन प्रणाली त्यसैअनुरुप तयार गरिएको छ । नेपाल, अंग्रेजी, गणित जस्ता नियमित विषयहरुका साथसाथै व्यवसायिक सीप र संगीत पनि सिकाइन्छ ।
‘त्यहाँ रहेका सबै विद्यार्थीहरु सामान्य व्यवहार देखाउँदैनन्,’ बार्काले भनिन्, ‘केही विद्यार्थीहरु आफैं खान र ट्वाइलेट जान पनि सक्दैनन् । हामी उनीहरुलाई लुगा धुने, नुहाउने, कोठा सफा गर्ने र टेलिफोन प्रयोग गर्नेसम्मको तालिम दिन्छौं ।’
विद्यार्थीहरुलाई तीन वर्गमा विभाजन गरिएको छ । मानसिकरुपमा अत्यधिक समस्याग्रस्त विद्यार्थीहरुलाई ग्रेड ‘सी’ मा राखिएको छ । उनीहरुमा सुधार देखिएपछि ग्रेड २ मा अपग्रेड गरिन्छ । यसैगरी ग्रेड ‘ए’मा चाहिँ ती विद्यार्थीहरुलाई राखिन्छ, जसमा न्यून समस्या हुन्छ । ए ग्रेडमा रहेकाहरुले अक्षर लेख्न, पढ्न र मानिसहरुसँग बातचित गर्न सक्छन् ।
स्कुलमा चार जना शिक्षक र दुई सहायक शिक्षक छन् भने दुई फिजियोथेरापिस्ट र एक कोअर्डिनेटर छन् । उनीहरु प्रत्येक महिना वैठक बसेर प्रत्येक विद्यार्थीहरुको प्रगतिबारे समीक्षा गर्छन् ।
‘प्रत्येक बच्चाहरु फरक हुन्छन्, त्यसैले हामीले उनीहरुका लागि व्यक्तिगत लक्ष्य तय गरेका छौं र त्यो लक्ष्य कति पूरा भयो भनेर महिनाको अन्त्यमा समीक्षा गछौर््र,’ बार्काले भनिन् ।
नेपालमा आएर काम गरिरहँदा पनि बार्काले आफ्नो पढाइलाई अघि बढाउन सकिनन् । उनले स्पेनको क्याटालोनिया ओपन युनिभर्सिटीबाट लिडरसिप एन्ड म्यानेजमेन्ट विषयमा मास्टर्स गरिन् । अब उनको एक मात्र प्राथमिकता आफ्नो संगठनको सेवा सुधार र विस्तार गर्नेमै केन्दि्रत छ ।
बार्काका बुवा इन्जिनियरिङका रिटायर्ड प्रोफेसर हुन् भने आमा एउटा प्राइभेट कम्पनीमा काम गर्छिन् ।
बुवाआमालाई छोडेर बिरानो देशमा जीवन बिताउन कत्तिको गाह्रो भएको होला ?
बार्काले भनिन्, ‘पक्कै पनि उहाँहरुले मलाई धेरै माया गर्नुहुन्छ । म पनि उहाँहरुलाई अति मिस गर्छु । म ३-४ महिनामा एक पटक घर जान्छु र फर्किन्छु । यहाँ रहँदा बुवाआमाले बारम्बार फोन गर्नुहुन्छ ।’
उनका बुवा पनि तीनपटक नेपाल आइसकेका छन् भने आमा एक पटक आएकी छिन् ।
विवाह कहिले गर्ने ?

बार्का अहिलेसम्म अविवाहित नै छिन् । विवाहको विषयमा कुनै योजना नबनाएको उनी बताउँछिन् ।
‘बिहे त पक्कै पनि गर्छु, तर कहिले गर्छु भन्न सक्दिनँ,’ उनी पन्छिइन् ।
‘सँधै नेपालमै बस्ने भएपछि बिहे पनि नेपालीसँगै गर्ने हो कि ?’
उनले जवाफ दिइन्, ‘मलाई राम्रोसित बुझ्ने र मेरो अभियानलाई साथ दिने व्यक्ति चाहिन्छ । त्यो पुरुष मेरै देशको वा नेपालको जो पनि हुन सक्छ । तर, बिहे गरेपछि नेपाल छोडेर अन्यत्र जान मलाई मञ्जुर छैन ।’
बार्काले थपिन्, ‘बिहेको विषयमा यताको र उताको रिवाज नै फरक छ । यहाँ प्रायः बाबुआमाले नै छोराछोरीका लागि केटा वा केटी खोज्ने चलन रहेछ । तर, मैले आफ्ना बुवाआमालाई ‘मेरा लागि केटा खोजिदिनुस’ भनेँ भने उहाँहरुले मलाई ‘क्रेजी’ सम्झिनुहुनेछ ।
दालभातमा पल्किइन्
बार्का एउटा विकसिक देशको तमाम सुखसुविधा त्यागेर बिरानो देशमा आएकी छिन् । यहाँको जीवनशैलीमा एड्जस्ट हुन कति गाह्रो पर्‍यो होला ?
उनले जवाफ दिइन्, ‘म पटक्कै सुविधाभोगी छैन । जस्तो परिवेशमा पनि रमाउन सक्छु । सरल जीवन बिताउन रुचाउँछु । मलाई बिहान उठ्नासाथ तातो पानी चाहिँदैन । २४ सै घन्टा बिजुली पनि चाहिँदैन । यहाँको हावापानी र जीवनशैलीमा आफूलाई ढालिसकेकी छु । मैले नेपाललाई आफ्नो घर बनाइसकेँ ।’
उनलाई नेपाली खानेकुरा पहिल्यैदेखि हो मन परेको । आम नेपालीहरुले जस्तै उनी दालभात नै खान रुचाउँछिन् ।
‘म त अचेल घर जाँदा पनि दुई छाक दालभात नै खान्छु । बुवा आमा छक्क पर्नुहुन्छ,’ उनले भनिन् ।
उनी अहिले हेटाैडामा करुणा गौतम नामकी महिलासँग बस्दैछिन्, जो आफैंमा शारिरीकरुपमा अशक्त हुन् । बार्काको विद्यालयमा करुणा एक भोकेसनल टिचरको रुपमा कार्यरत छिन् ।
विभिन्न प्रशासनिक कामका लागि बार्काले काठमाडौंमा आएर सरकारी निकायहरु धाइरहनु पर्छ । हेटौंडा र काठमाडौं ओहोर दोहोर गर्दा उनी सामान्य नागरिकहरु चढ्ने टाटा सुमो प्रयोग गर्छिन् ।
भविष्यका योजना
हेटौंडामा नयाँ भवन बनाइसकेपछि नेपालका अन्य स्थानमा पनि आफ्नो परियोजना विस्तार गर्ने सोच बार्काले लिएकी छिन् । यद्यपि यसका लागि दाता र समुदायले पर्याप्त सहयोग गर्नुपर्ने उनको भनाइ छ । अहिले उनलाई सबैभन्दा ठूलो समस्या पैसाकै छ ।
‘मैले संरक्षण दिएका बालबालिकाहरुले भविष्यमा आत्मनिर्भर भएर बाँचेको हेर्न चाहन्छु,’ कुराकानीको अन्त्यमा बार्काले भनिन्, ‘उनीहरु अरु बच्चाजस्तै स्कुल जान सक्षम होउन र भविष्यमा जागिर खान सकुन् भन्ने मेरो हृदयदेखिको चाहना छ । स्पेनजस्तो विकसित समाजमा सुस्त मननिस्थति भएकाहरु पनि सम्मानित जीवन बाँच्छन् । म चाहन्छु, नेपालका बालबालिकाहरुले पनि सामान्य जीवन बाँच्न सकुन् । यही मेरो एउटा सपना हो, र यसका लागि म आफ्नो सम्पूर्ण प्रयास लगाउनेछु ।’

COMMENTS





Name

Featured अटो अपराध अर्थ वाणिज्य कृषि खेलकुद दुर्घटना देश देश परिवेश परिवेश पूर्व बैङ्क भिडियाे मनोरञ्जन राजनीति राजनीति परिवेश विदेश समसामियक समाचार समाज समाज अपराध समाज परिवेश स्वास्थ्य
false
ltr
item
गुरासँ एफ्.एम्.: अब बार्सिलोनाको साटो नेपाल मेरो घर !
अब बार्सिलोनाको साटो नेपाल मेरो घर !
https://www.onlinekhabar.com/wp-content/uploads/2017/09/Aina-Barca-3.jpg
गुरासँ एफ्.एम्.
http://www.gurasfm.com/2017/09/blog-post_97.html
http://www.gurasfm.com/
http://www.gurasfm.com/
http://www.gurasfm.com/2017/09/blog-post_97.html
true
7688986134927037870
UTF-8
समाचार भेटाउन सकिएन सबै हेर्नुहोस थप पढ्नुहोस जवाफ दिनुहोस जवाफ नदिनुहोस हटाउनुहोस सर्जक गृह पेजहरू समाचारहरू सबै हेर्नुहोस तपाइको लागी ट्याग विगत खोज्नुहोस सबै खबरहरू तपाइले खोजे अनुसारको खबर पाउन सकिएन गृहमा फर्कनुहोस आइतबार सोमबार मङ्गल बुधबार बिहीबार शुक्रबार शनिबार आइत सोम मङ्गल बुध बिही शु्क्र शनि जनावरी फेब्रुअरी मार्च अप्रिल मे जुन जुलाइ अगस्ट सेप्टेम्वर अक्टुवर नोभेम्वर डिसेम्बर Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै १ मिनेट पहिले $$1$$ मिनेट पहिले 1 घण्टा पहिले $$1$$ घण्टा पहिले हिजो $$1$$ दिन पहिले $$1$$ हप्ता पहिले ५ हप्ता पहिले फलोबरहरू फलो गर्नुहोस । यो उत्कृष्ट सामग्री हो । ताला हटाउनका लागी बाढ्नुहोस् । सबै कोड कपि गर्नुहोस । सबै कोड Select गर्नुहोस् । All codes were copied to your clipboard कोडहरू कपि गर्न सकिएन, कृपया [CTRL]+[C] वा ( CMD+C सँग Mac) थिच्नुहोस ।