महोत्तरी सम्सी गाउँपालिकामा माओवादी केन्द्र र लोहारपट्टिमा काँग्रेसको जित

महोत्तरी जिल्लाको सम्सी गाउँपालिकामा नेकपा माओवादी केन्द्र० विजयी भएको छ । निर्वाचन अधिकृत कुलप्रसाद पाण्डेका अनुसार सम्सी गाउँपालिकाको ...


महोत्तरी जिल्लाको सम्सी गाउँपालिकामा नेकपा माओवादी केन्द्र० विजयी भएको छ ।
निर्वाचन अधिकृत कुलप्रसाद पाण्डेका अनुसार सम्सी गाउँपालिकाको अध्यक्ष पदमा माओवादी केन्द्रका फारुक शेख र उपाध्यक्ष पदमा सोही पार्टीकी नगिनादेवी यादव विजयी भएका हुन् ।
सम्सी गाउँपालिकामा माओवादी केन्द्रका फारुक शेखले दुई हजार ३४८ मत प्राप्त गरी अध्यक्ष पदमा विजयी हुनुभएको हो । त्यस्तै, उपाध्यक्ष पदमा सोही पार्टीकी नगिनादेवी यादव एक हजार ८८७ मत प्राप्त गरी विजयी हुनुभएको निर्वाचन अधिकृत पाण्डेले बताए ।
त्यस्तै, उहाँका निकटतम प्रतिद्वन्द्वी अध्यक्ष पदमा संघीय समाजवादी फोरम नेपालका रामनाथ यादव दुई हजार २४४ र उपाध्यक्ष पदमा सोही पार्टीकी सुनिता देवीले एक हजार ५५२ मत प्राप्त गरेका थिए ।
लोहारपट्टि नपामा काँग्रेसको जित
यसैगरी, महोत्तरी जिल्लाको लोहारपट्टि नगरपालिकाको प्रमुख र उपप्रमुख पदमा नेपाली काँग्रेस विजयी भएछ ।
निर्वाचन अधिकृत लेखनाथ लुइँटेलका अनुसार लोहारपट्टि नगरपालिकाको प्रमुख पदमा नेपाली काँग्रेसका शैलेन्द्रकुमार यादव चार हजार ५२३ मत प्राप्त गरी विजयी हुनुभएको छ । त्यस्तै, उपप्रमुखमा सोही पार्टीकी सरितादेवी शर्माले चार हजार ५९२ मत प्राप्त गरी विजयी हुनुभएको छ ।
त्यसैगरी, प्रतिद्वन्द्वीका रुपमा प्रमुखमा राजपाका अब्दुल कवारी दुई हजार ९२९ र उपप्रमुखमा राजपाकै निशा साहले तीन हजार १०३ मत प्राप्त गर्नुभएको थियो ।
औरही नपामा काँग्रेस र राजपा विजयी
यसैगरी, महोत्तरी जिल्लाको औरही नगरपालिकामा नेपाली काँग्रेस र राजपा विजयी भएका छन् ।
निर्वाचन अधिकृत रामेश्वर कुँवरका अनुसार औरही नगरपालिकाको प्रमुख पदमा काँग्रेसका सुनिलकुमार यादव विजयी भएका छन् ।
त्यस्तै, औरही नगरपालिकाको उपप्रमुख पदमा राजपाकी रेणु झा विजयी हुनुभएको निर्वाचन अधिकृत कुँवरले बताउनुभयो ।
निर्वाचन अधिकृत कुँवरका अनुसार प्रमुख पदमा काँग्रेसका सुनिलकुमार यादवले तीन हजार १५९ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उपप्रमुखमा राजपाकी रेणु झाले तीन हजार २५५ मत प्राप्त गरी विजयी हुनुभएको छ ।
उहाँहरुका निकटतम प्रतिद्वन्द्वीमा प्रमुख पदमा राजपाका शंकर यादवले दुई हजार ७११ र उपप्रमुख पदमा काँग्रेसकी रेणु यादवले दुई हजार ९५९ मत प्राप्त गर्नुभएको थियो ।
बलबा नपा प्रमुखमा काँग्रेस, उपप्रमुखमा राजपा
यसैगरी, महोत्तरी जिल्लाको बलवा नगरपालिकाको प्रमुख पदमा नेपाली काँगे्रस र उपप्रमुख पदमा राजपा विजयी भएका छन् ।
निर्वाचन अधिकृत सुदीपकुमार दंगालका अनुसार बलवा नगरपालिकाको प्रमुख पदमा काँग्रेसका विनोद यादव र उपप्रमुख पदमा राजपाकी रीतादेवी झा विजयी हुनुभएको छ ।
बलवा नगरपालिकाको प्रमुख पदमा काँग्रेसका विनोद यादवले तीन हजार ६१६ मत प्राप्त गरी विजयी हुनुभयो भने उपप्रमुख पदमा राजपाकी रीतादेवी झाले तीन हजार ८३६ मत प्राप्त गरी विजयी हुनुभएको निर्वाचन अधिकृत दंगालले बताए ।
त्यस्तै, उहाँहरुका निकटतम प्रतिद्वन्द्वीका रुपमा प्रमुख पदमा राजपाका रामविजय महतोले तीन हजार ४९६ र उपप्रमुखमा काँग्रेसकी रामदुलारी देवीले तीन हजार ६३७ मत प्राप्त गरेको छ । ratopati

COMMENTS





Name

Featured अटो अपराध अर्थ वाणिज्य कृषि खेलकुद दुर्घटना देश देश परिवेश परिवेश पूर्व बैङ्क भिडियाे मनोरञ्जन राजनीति राजनीति परिवेश विदेश समसामियक समाचार समाज समाज अपराध समाज परिवेश स्वास्थ्य
false
ltr
item
गुरासँ एफ्.एम्.: महोत्तरी सम्सी गाउँपालिकामा माओवादी केन्द्र र लोहारपट्टिमा काँग्रेसको जित
महोत्तरी सम्सी गाउँपालिकामा माओवादी केन्द्र र लोहारपट्टिमा काँग्रेसको जित
गुरासँ एफ्.एम्.
http://www.gurasfm.com/2017/09/blog-post_862.html
http://www.gurasfm.com/
http://www.gurasfm.com/
http://www.gurasfm.com/2017/09/blog-post_862.html
true
7688986134927037870
UTF-8
समाचार भेटाउन सकिएन सबै हेर्नुहोस थप पढ्नुहोस जवाफ दिनुहोस जवाफ नदिनुहोस हटाउनुहोस सर्जक गृह पेजहरू समाचारहरू सबै हेर्नुहोस तपाइको लागी ट्याग विगत खोज्नुहोस सबै खबरहरू तपाइले खोजे अनुसारको खबर पाउन सकिएन गृहमा फर्कनुहोस आइतबार सोमबार मङ्गल बुधबार बिहीबार शुक्रबार शनिबार आइत सोम मङ्गल बुध बिही शु्क्र शनि जनावरी फेब्रुअरी मार्च अप्रिल मे जुन जुलाइ अगस्ट सेप्टेम्वर अक्टुवर नोभेम्वर डिसेम्बर Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै १ मिनेट पहिले $$1$$ मिनेट पहिले 1 घण्टा पहिले $$1$$ घण्टा पहिले हिजो $$1$$ दिन पहिले $$1$$ हप्ता पहिले ५ हप्ता पहिले फलोबरहरू फलो गर्नुहोस । यो उत्कृष्ट सामग्री हो । ताला हटाउनका लागी बाढ्नुहोस् । सबै कोड कपि गर्नुहोस । सबै कोड Select गर्नुहोस् । All codes were copied to your clipboard कोडहरू कपि गर्न सकिएन, कृपया [CTRL]+[C] वा ( CMD+C सँग Mac) थिच्नुहोस ।