नगरपालिकाले सञ्चालन गरेको बस दुई महिनामै बन्द

१८ भदौ, मेलम्ची । मेलम्ची नगरपालिकाले सञ्चालन गरेको नगरबस दुई महिनामा नै बन्द भएको छ । नगरपालिका प्रमुखसहितको टोलीले नगरको चार केन्द्रमा चा...

१८ भदौ, मेलम्ची । मेलम्ची नगरपालिकाले सञ्चालन गरेको नगरबस दुई महिनामा नै बन्द भएको छ ।
नगरपालिका प्रमुखसहितको टोलीले नगरको चार केन्द्रमा चारवटानगरबस चलाउन असार ७ गते नगरबस शुरु गरेको भए पनि अहिले नगरबस सञ्चालन हुन सकेको छैन ।
सिन्धुपाल्चोक जिल्लाको पश्चिम क्षेत्रमा रहेको एकमात्र मेलम्ची नगरपालिकामा नगरबस नचलेको भन्दै स्थानीयवासीले गुनासो गरेका छन् ।
मेलम्ची बसपार्कबाट शिखरपुर, तिपेनी, भोटेचौर, सिपाघाट र तालामाराङसम्म सञ्चालनमा ल्याइएको नगरबस अहिले नगर र गाउँमा पुग्न छोडेको छ ।
मेलम्चीबाट शिखरपुर हुँदै नवलपुरसम्म पुग्ने अहिले कुनै पनि नगरबस सञ्चालन नआउनुका साथै नियमित चल्ने रुटको बससमेत सञ्चालन हुन नसक्दा हजारौं सर्वसाधारण पैदल हिँड्न बाध्य छन् ।
नगरपालिका वडा नं १० शिखरपुरका वडाध्यक्ष भक्तबहादुर खड्काले सडक बिग्रीएका कारण बस सञ्चालन रोकिएको बताउँदै सडक स्तरोन्नतिका लागि वडाबाट रु चार लाख ५० हजार छुट्याएको भए पनि वडाले सिधै सडक निर्माणका लागि खर्च गर्न नपाएकाले सडकको निर्माण हुन नसकेको बताए ।
नगरपालिकाबाट सडक निर्माणका लागि केही समय अगाडि प्राविधिक पठाए पनि सडक निर्माण गर्न नगरपालिकाले पर्याप्त चासो नदिँदा यातायात सञ्चालन हुन नसकेको स्थानीयवासी बालकृष्ण दाहाल बताउँछन् ।
नगरपालिकाभित्रका स्थानीयवासीलाई सुविधा दिने हेतुले नगरबस सञ्चालन गरिएको भए पनि बर्खाको समयमा नगरपालिकाभित्रका अधिकांश सडक जीर्ण जताततै पहिरो र हिलोका कारण नगरबस सञ्चालनमा आउन नसकेको मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्यालले बताए ।
नगरपालिकामा प्राविधिकको कमीका कारण सडकको सर्भे गर्नका लागि समस्या भएका कारणले पनि जीर्ण सडकको निर्माण गर्न नसकेको अर्यालको भनाइ छ ।
मेलम्चीका स्थानीय बासिन्दा भन्छन्, प्रत्येक १० देखि १५ मिनेटको फरकमा नियमित रुटको बस चल्ने ठाउँमा नगरबस चलाउनुभन्दा सडकको स्तरोन्नति गरी बर्खामा पनि नगरको प्रत्येक गाउँमा नगरबस सञ्चालन गर्न नगरपालिकाले ध्यान दिनुपर्छ ।
मेलम्ची शिखरपुर सडक उपभोक्ता समितिका अध्यक्ष इन्द्रप्रसाद दाहालले वडाले सिधै रकम खर्च गरी सडक निर्माण गर्न नसक्ने र नगरपालिकाले ध्यान नदिएकाले पनि सडक निर्माणसहित यातायात सञ्चालन हुन नसकेको बताए ।
स्नातक तह प्रथम वर्षमा अध्ययनरत नगरपालिका–९ का लक्ष्मण विष्टले स्नातक प्रथम वर्षको परीक्षा दिएर चार घण्टाको बाटो हिँडेर घर पुग्नुपर्ने बाध्यात्मक अवस्था रहेको बताउँछन् ।
बर्खाको समयमा भत्केका नगरभित्रका अधिकांश सडक छिटोभन्दा छिटो निर्माण गरी नगरबस सञ्चालन गर्नुपर्ने शिखरपुरका स्थानीयवासी प्रवीण कार्की बताउँछन् ।
सधैंजसो बर्खाको समयमा तिपेनी र शिखरपुरका स्थानीयवासीले पैदल हिँड्नुपर्ने अवस्था छ । सधैं बर्खाको समयमा अवरुद्ध हुने सडकको हैरानी व्यहोरेका सर्वसाधारण दीर्घकालीन समयसम्म टिकाउ हुनेगरी पर्याप्त बजेटका साथ सडक निर्माण गर्न नगरपालिका लाग्नुपर्ने बताउँछन् ।
सडक अवरुद्ध र नगरबससमेत सञ्चालन नहुँदा शिखरपुरका स्थानीयवासीले उत्पादन गरेका तरकारीसमेत बोकेरै बजारसम्म लैजानुपर्ने अवस्था आएको कृषक लेखनाथ खतिवडाले बताए ।

COMMENTS





Name

Featured अटो अपराध अर्थ वाणिज्य कृषि खेलकुद दुर्घटना देश देश परिवेश परिवेश पूर्व बैङ्क भिडियाे मनोरञ्जन राजनीति राजनीति परिवेश विदेश समसामियक समाचार समाज समाज अपराध समाज परिवेश स्वास्थ्य
false
ltr
item
गुरासँ एफ्.एम्.: नगरपालिकाले सञ्चालन गरेको बस दुई महिनामै बन्द
नगरपालिकाले सञ्चालन गरेको बस दुई महिनामै बन्द
https://www.onlinekhabar.com/wp-content/uploads/2017/02/city-bus-metro.jpg
गुरासँ एफ्.एम्.
http://www.gurasfm.com/2017/09/blog-post_83.html
http://www.gurasfm.com/
http://www.gurasfm.com/
http://www.gurasfm.com/2017/09/blog-post_83.html
true
7688986134927037870
UTF-8
समाचार भेटाउन सकिएन सबै हेर्नुहोस थप पढ्नुहोस जवाफ दिनुहोस जवाफ नदिनुहोस हटाउनुहोस सर्जक गृह पेजहरू समाचारहरू सबै हेर्नुहोस तपाइको लागी ट्याग विगत खोज्नुहोस सबै खबरहरू तपाइले खोजे अनुसारको खबर पाउन सकिएन गृहमा फर्कनुहोस आइतबार सोमबार मङ्गल बुधबार बिहीबार शुक्रबार शनिबार आइत सोम मङ्गल बुध बिही शु्क्र शनि जनावरी फेब्रुअरी मार्च अप्रिल मे जुन जुलाइ अगस्ट सेप्टेम्वर अक्टुवर नोभेम्वर डिसेम्बर Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै १ मिनेट पहिले $$1$$ मिनेट पहिले 1 घण्टा पहिले $$1$$ घण्टा पहिले हिजो $$1$$ दिन पहिले $$1$$ हप्ता पहिले ५ हप्ता पहिले फलोबरहरू फलो गर्नुहोस । यो उत्कृष्ट सामग्री हो । ताला हटाउनका लागी बाढ्नुहोस् । सबै कोड कपि गर्नुहोस । सबै कोड Select गर्नुहोस् । All codes were copied to your clipboard कोडहरू कपि गर्न सकिएन, कृपया [CTRL]+[C] वा ( CMD+C सँग Mac) थिच्नुहोस ।