सुत्केरी गराउन अस्पताल पुगेकी महिला दुई महिनादेखि सिकिस्त जीवन बाँच्न बाध्य

विराटनगर /सफल सुत्केरी गराएर केही दिनमै घर फर्कने आशा लिएर अस्पताल भर्ना भएकी एक महिला दुई महिनादेखि अस्पतालमा छिन् । तीन वटा अप्रेसन गराएर...

विराटनगर/सफल सुत्केरी गराएर केही दिनमै घर फर्कने आशा लिएर अस्पताल भर्ना भएकी एक महिला दुई महिनादेखि अस्पतालमा छिन् ।
तीन वटा अप्रेसन गराएर पनि उनलाई निको भएको छैन् । दुई महिनादेखी अस्पतालमै सिकिस्त जीवन बाँच्न बाध्य भएकी छन् ।
१८ साउनमा सुत्केरी गराउन बिराटनगर कञ्चनबारीस्थित नोबेल मेडिकल टिचिंङ्ग अस्पालमा भर्ना भएकी विराटनगर महानगर १४ की २५ वर्षीया सञ्जुु साह सिकिस्त जीवन बाँच्न बाध्य भएकी छिन । तीनवटा अप्रेसन गरिसकेपछि अझै अस्पतालकै शैयामा छिन् ।
व्यथाले च्यापेपछि श्रीमान पवनसँगै सुत्केरी गराउन नोबेल अस्पताल पुगेकी सञ्जुुले भर्ना भएर अप्रेसनबाट छोरा जन्माइन् । तर, सन्तान जन्माउन सफल भएपनि उनी भने झन् सिकिस्त बनिन् । सिकिस्त बनेपछि सञ्जुुलाई आइसियुमा राखियो । आमाको दुघ चुस्न नपाइकन छोराको २१ दिनमै मृत्यू भयो ।
तर, अझैसम्म आमा सञ्जुको अबस्था उस्तै छ । उनि नोवेल अस्पतालको हाडजोर्नीं छिन । उनका पती पवनले उपचारका क्रममा चिकित्सकले गम्भिर लार्पाबाही गरेको आरोप लगाएका छन् ।
‘छोरा जन्मे पछि आमालाई झन्झन् साह्रो हुन थाल्यो । कम तौलको बच्चा जन्मिएको भन्दै चिकित्सकले एनआइसियूमा बच्चा भर्ना गरिदिए, छोराको पनि २१ दिनका दिन मृत्यू भयो आमाको हालत झन् झन् बिग्रदो छ यो सबै अस्पतालको लार्पाबाहीले गर्दा भएको हो,’ श्रीमान पवनले भने ।
उनका अनुसार डेलिभरिको समयमा डक्टरहरुले सुई लगाएपछि श्रीमतीको अबस्था नाजुक बन्दै गएको हो । करिब दुई महिनाको अवधिमा सञ्जुको खुट्टा, घुँडा, पेट र छातीको अप्रेसन भैसकेको छ । तर, उनी अझै ठीक भएकी छैनन् ।
अस्पतालका प्रबन्ध निर्देशक नारायण दहालले उपचारमा अस्पताल र चिकित्सककोतर्फबाट कुनै लार्पावाही नभएको दाबी गरे । उनका अनुसार सञ्जुलाई पहिलेदेखी नै ढाड दुख्ने समस्या रहेको र अप्रेसन गरेर बच्चा जन्माउनु परेको थियो । अप्रेसन गरेर जन्मिएको बच्चा नरोएपछि आइसियूमा भर्ना गरिएको उनको भनाई छ ।
चिकित्सकहरुले अथक प्रयास गर्दा पनि बच्चा बचाउन नसकेको र २१ दिनमा मृत्यू भएको हो । प्रबन्धक दहालले चिकित्सकलाई उद्धृत गर्दै भने, ‘सञ्जुलाई अर्थराईटिस मस्कुलर पेन अर्थात हडी र मासु दुख्ने समस्या भएको हो पहिले दुवै खुट्टा चल्दैन थे अहिले चल्न थालेका छन स्वास्थ्यमा सुधार हुँदैछ ।’ प्रबन्धक दहालले सञ्जुको उपचारमा कुनै कसर बाँकी नराख्ने भन्दै आइसियु र बेडको शुल्क पनि मिनाहा गरिदिएको जानकारी गराए ।
यता सञ्जुका श्रीमान पवन साहले चाँही उपचारमा अस्पतालको लार्पाबाही भएको भन्दै छानबिनको माग गरेका छन । उनले आफनो फेसबुक वालमा अस्पतालका चिकित्सकको लार्पाबाहीले बच्चाको मृत्यू भएको र आमाको स्वास्थ्य स्थिति पनि नाजुक अबस्थामा पुगेको भन्दै दशैमा शुभकामना दिन नसक्ने बताएका छन् ।
रासस

COMMENTS





Name

Featured अटो अपराध अर्थ वाणिज्य कृषि खेलकुद दुर्घटना देश देश परिवेश परिवेश पूर्व बैङ्क भिडियाे मनोरञ्जन राजनीति राजनीति परिवेश विदेश समसामियक समाचार समाज समाज अपराध समाज परिवेश स्वास्थ्य
false
ltr
item
गुरासँ एफ्.एम्.: सुत्केरी गराउन अस्पताल पुगेकी महिला दुई महिनादेखि सिकिस्त जीवन बाँच्न बाध्य
सुत्केरी गराउन अस्पताल पुगेकी महिला दुई महिनादेखि सिकिस्त जीवन बाँच्न बाध्य
http://blastkhabar.com/wp-content/uploads/2017/09/21688441_1379482538844270_9113557244304569031_o_oe80uFZjhE-300x225.jpg
गुरासँ एफ्.एम्.
http://www.gurasfm.com/2017/09/blog-post_806.html
http://www.gurasfm.com/
http://www.gurasfm.com/
http://www.gurasfm.com/2017/09/blog-post_806.html
true
7688986134927037870
UTF-8
समाचार भेटाउन सकिएन सबै हेर्नुहोस थप पढ्नुहोस जवाफ दिनुहोस जवाफ नदिनुहोस हटाउनुहोस सर्जक गृह पेजहरू समाचारहरू सबै हेर्नुहोस तपाइको लागी ट्याग विगत खोज्नुहोस सबै खबरहरू तपाइले खोजे अनुसारको खबर पाउन सकिएन गृहमा फर्कनुहोस आइतबार सोमबार मङ्गल बुधबार बिहीबार शुक्रबार शनिबार आइत सोम मङ्गल बुध बिही शु्क्र शनि जनावरी फेब्रुअरी मार्च अप्रिल मे जुन जुलाइ अगस्ट सेप्टेम्वर अक्टुवर नोभेम्वर डिसेम्बर Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै १ मिनेट पहिले $$1$$ मिनेट पहिले 1 घण्टा पहिले $$1$$ घण्टा पहिले हिजो $$1$$ दिन पहिले $$1$$ हप्ता पहिले ५ हप्ता पहिले फलोबरहरू फलो गर्नुहोस । यो उत्कृष्ट सामग्री हो । ताला हटाउनका लागी बाढ्नुहोस् । सबै कोड कपि गर्नुहोस । सबै कोड Select गर्नुहोस् । All codes were copied to your clipboard कोडहरू कपि गर्न सकिएन, कृपया [CTRL]+[C] वा ( CMD+C सँग Mac) थिच्नुहोस ।