नेपाल भित्रिए दुई महिनामा आठ अर्ब मुल्य बराबरको सवारीसाधन

वीरगञ्ज - नेपालीको महान् चाड दशैँ, तिहार र छठ पर्वलाई लक्षित गरी व्यापारीले चालु आर्थिक वर्षको साउन, भदौ महिनामा छिमेकी मुलुक भारतबाट आठ ...


वीरगञ्ज - नेपालीको महान् चाड दशैँ, तिहार र छठ पर्वलाई लक्षित गरी व्यापारीले चालु आर्थिक वर्षको साउन, भदौ महिनामा छिमेकी मुलुक भारतबाट आठ अर्ब मूल्य बराबरको भारतीय सवारी साधन नेपाल भित्र्याएका छन् ।
यसबाट वीरगञ्ज भन्सार कार्यालयलाई कूल राजश्वमध्ये ३० प्रतिशत राजश्व भारतीय सवारी साधनबाट उठेको सूचना अधिकारी सन्तोष यादवले राससलाई बताए ।
वीरगञ्ज भन्सार कार्यालयका अनुुसार चालु आवको साउन, भदौ महिनामा भारतबाट रु दुई करोड सात लाख तीन हजार मूल्य बराबरको ३० वटा बस, रु १२ करोड ७७ लाख ८६ हजार मूल्य बराबरको ६३ थान मिनी बस, रु २१ लाख मूल्य बराबरको एक थान माइक्रो बस, रु तीन अर्ब ६२ करोड ७१ लाख ३६ हजार मूल्य बराबरको दुई हजार २८५ थान जिपकार भ्यान, रु २७ करोड २५ लाख मूल्य बराबरको २१८ थान डबल क्याप पिकअप, रु २० करोड १६ लाख मूल्य बराबरको २८७ थान सिंगल क्याप पिकअपजस्ता सवारीसाधन नेपाल भित्र्याएको हो ।
यसैगरी सोही अवधिमा भारतबाट रु २५ करोड ४६ लाख ४१ हजार मूल्य बराबरको २८३ थान ट्रक मिनी ट्रक, रु ४८ करोड ८७ लाख ४४ हजार मूल्य बराबरको ६३४ थान बस, ट्रकको चेसिस तथा रु दुई अर्ब ७१ करोड ६७ लाख ५१ हजार मूल्य बराबरको ३५ हजार ८१४ थान विभिन्न कम्पनीको मोटरसाइकल नेपाल भित्र्याएको छ ।
दशैँ, तिहार तथा छठमा बिक्रेताले विभिन्न प्रकारका उपहारको स्कीम राख्ने भएकाले बिक्री बढ्न जाँदा वीरगञ्ज नाकाबाट दुई महिनाभित्रै यति ठूलो परिणाममा सवारीसाधन नेपाल भित्र्याएको छ । अन्तःशुल्क, भन्सार र भ्याटसमेत विभिन्न प्रकारका गाडीमा २२६ प्रतिशत कर लाग्ने भए पनि यस वर्ष अघिल्लो वर्षको तुलनामा बढी सवारीसाधन वीरगञ्ज नाका भएर भित्रिएको हो ।
विलासिताको श्रेणीमा गाडी आउने र ग्राहक पनि बढ्न गएकाले गत वर्षको तुलनामा यस वर्ष गाडी आयातमा उल्लेखनीय वृद्धि हुने अनुमान गरिएको छ । अघिल्लो वर्षको साउन, भदौ महिनामा रु छ अर्ब ५० लाख मूल्य बराबरको विभिन्न प्रकारका गाडी नेपाल भित्रिएका थिए ।                 source ratopati

COMMENTS





Name

Featured अटो अपराध अर्थ वाणिज्य कृषि खेलकुद दुर्घटना देश देश परिवेश परिवेश पूर्व बैङ्क भिडियाे मनोरञ्जन राजनीति राजनीति परिवेश विदेश समसामियक समाचार समाज समाज अपराध समाज परिवेश स्वास्थ्य
false
ltr
item
गुरासँ एफ्.एम्.: नेपाल भित्रिए दुई महिनामा आठ अर्ब मुल्य बराबरको सवारीसाधन
नेपाल भित्रिए दुई महिनामा आठ अर्ब मुल्य बराबरको सवारीसाधन
गुरासँ एफ्.एम्.
http://www.gurasfm.com/2017/09/blog-post_777.html
http://www.gurasfm.com/
http://www.gurasfm.com/
http://www.gurasfm.com/2017/09/blog-post_777.html
true
7688986134927037870
UTF-8
समाचार भेटाउन सकिएन सबै हेर्नुहोस थप पढ्नुहोस जवाफ दिनुहोस जवाफ नदिनुहोस हटाउनुहोस सर्जक गृह पेजहरू समाचारहरू सबै हेर्नुहोस तपाइको लागी ट्याग विगत खोज्नुहोस सबै खबरहरू तपाइले खोजे अनुसारको खबर पाउन सकिएन गृहमा फर्कनुहोस आइतबार सोमबार मङ्गल बुधबार बिहीबार शुक्रबार शनिबार आइत सोम मङ्गल बुध बिही शु्क्र शनि जनावरी फेब्रुअरी मार्च अप्रिल मे जुन जुलाइ अगस्ट सेप्टेम्वर अक्टुवर नोभेम्वर डिसेम्बर Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै १ मिनेट पहिले $$1$$ मिनेट पहिले 1 घण्टा पहिले $$1$$ घण्टा पहिले हिजो $$1$$ दिन पहिले $$1$$ हप्ता पहिले ५ हप्ता पहिले फलोबरहरू फलो गर्नुहोस । यो उत्कृष्ट सामग्री हो । ताला हटाउनका लागी बाढ्नुहोस् । सबै कोड कपि गर्नुहोस । सबै कोड Select गर्नुहोस् । All codes were copied to your clipboard कोडहरू कपि गर्न सकिएन, कृपया [CTRL]+[C] वा ( CMD+C सँग Mac) थिच्नुहोस ।