सुनसरी । सुनसरीकाे धरान उपमहानगरपालीका ४ छाताचाैक स्थित एपल डिजिटल सेन्टर अगाडी शनिवार राती एम्बुलेन्सले ठक्कर दिदा एक महिलाकाे मृत्यु...
सुनसरी । सुनसरीकाे
धरान उपमहानगरपालीका ४ छाताचाैक स्थित एपल डिजिटल सेन्टर अगाडी शनिवार
राती एम्बुलेन्सले ठक्कर दिदा एक महिलाकाे मृत्यु भएकाे छ ।
लक्ष्मी सडकबाट भानुचौकतिर तीब्र गतिमा
गईरहेको को १ त ७६४५ नम्बरको एम्बुलेन्सले सडक पार गर्दै गरेकी महिलालार्इ
ठक्कर दिदा उनकाे घटनास्थलमै मृत्यु भएकाे इलाका प्रहरी कार्यालय धरानले
जनाएकाे छ ।

मृतक महिलाकाे अहिे सम्म कुनै पहिचान नभएकाे प्रहरीले जनाएकाे छ । ठक्कर पश्चात फरार रहेकाे एम्बुलेन्स र
चालक लाई ईलाका प्रहरी कार्यलय धरानले नियन्त्रणमा लिएको छ भने मृतक
महिलाको शब बिपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानको मर्चरीमा राखिएको छ
।