सुनसरीमा प्रहरी सकृयता बढयो : २५ दिनमा १०५ अभियुक्त पक्राउ

सुनसरी । नेपालीहरूको महान पर्वहरू नजिकिदै गर्दा बिभिन्न सहरहरूमा हुने अपराधिक गतिविधीहरूलाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय सुनस...

सुनसरी । नेपालीहरूको महान पर्वहरू नजिकिदै गर्दा बिभिन्न सहरहरूमा हुने अपराधिक गतिविधीहरूलाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय सुनसरीले आफ्नो क्षेत्रमा सकृयता बढाएको छ ।सुनसरीका नयाँ प्रहरी प्रमुख एसपी बिद्यानन्द माझीले आफ्नो इलाकाहरूमा नया अपरेसन सुरू गरेसंगै फरार अभियुक्त तथा गुण्डागर्दीका नाइकेहरू समातीन थालेका छन ।
सुनसरीमा आएको भोली पल्ट देखिनै थालीउको उक्त अपरेसन अन्तरगत २५ दिनको अवधीमा १०५ अभियुक्तहरू समातीएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । बिभिन्न अपराध गरी अदालतबाट सजाय पाएका तर फरार रहेका अभियुक्त ,गाउ गाउमा चन्दा आतंक मचाउदै हिडने मुण्डले लगायत गुण्डागर्दीमा संलग्न जिल्लाका केही नाइकेहरू गरी २५ दिनमा १०५ अभियुक्तहरू समातीएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
जसमध्ये ८३ जना सार्वजनीक मुद्धा , लागुऔषध सम्बन्धीको मुद्धामा १८ जना र अवैध सामान तस्करी मुद्धामा ४ जना पक्राउ गरीएको प्रहरी कार्यालयले जनाएको छ । पक्राउ परेका अधिकांस अदालतबाट सजाय सुनाइउका तर फरार रहेका सार्वजनीक मुदधाका अभियुक्तहरू रहेको र उनिहरूबाट अदालतले ताकेता गरेको जरिवाना रकम १ लाख १ हजार ४ सय ७४ रूपैया ९१ पैसा असुल गरीएको पनि जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
त्यसै गरी खुल्ला सिमानाको फाइदा उठाउदै अवैध मालसामान तस्करी गर्ने केही ब्यापारीहरूलाई पक्राउ गरी मुद्धा दर्ता गरीएको र उनिहरूबाट ४० लाख १७ हजार ६० रूपैया राजस्व असुल गरीएको जनाइएको छ । त्यसैगरी जिल्लामा हुने लागुऔषध ओसार पसार तथा कारोबारमा संलग्न आधादर्जन बढीलाई पक्राउ गरी लागुऔषध सम्बन्धी मुद्धा दर्ता गरीएको र उनिहरूको साथबाट ४९ थान एमिल , ४९ थान डाइजोपाम , ४९ थान सुर्पीजेशिक , एम्पुल , सिलिग्राम ब्राउनसुगर , १६९ क्याप्सुअल स्पास्मोप्रोक्सिभन र २१ केजी गाजा बरामद गरीउको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख एसपी बिद्यानन्द माझीले बताए ।
उनले आफु आए लगत्तै अदालतको निर्देशन र प्रसाशन कार्यालयको सहमतीस्वरूप जिल्लामा फरार रहेका अभियुक्तहरू पक्राउ गर्ने अभियान स्वरूप चलाइएको अपरेसन हदैमात्रामा सफल भएको बताए । उनले अबको केही दिनमै जिल्लामा नजिकिएको चाडवाडहरूलाई लक्षित गर्दै नयाँ शुरक्षा योजना बनाउने र त्यसलाई कार्यानवयनमा ल्याइने बताए ।

COMMENTS





Name

Featured अटो अपराध अर्थ वाणिज्य कृषि खेलकुद दुर्घटना देश देश परिवेश परिवेश पूर्व बैङ्क भिडियाे मनोरञ्जन राजनीति राजनीति परिवेश विदेश समसामियक समाचार समाज समाज अपराध समाज परिवेश स्वास्थ्य
false
ltr
item
गुरासँ एफ्.एम्.: सुनसरीमा प्रहरी सकृयता बढयो : २५ दिनमा १०५ अभियुक्त पक्राउ
सुनसरीमा प्रहरी सकृयता बढयो : २५ दिनमा १०५ अभियुक्त पक्राउ
http://purbelinews.com/wp-content/uploads/2017/09/nepal-police.jpg
गुरासँ एफ्.एम्.
http://www.gurasfm.com/2017/09/blog-post_73.html
http://www.gurasfm.com/
http://www.gurasfm.com/
http://www.gurasfm.com/2017/09/blog-post_73.html
true
7688986134927037870
UTF-8
समाचार भेटाउन सकिएन सबै हेर्नुहोस थप पढ्नुहोस जवाफ दिनुहोस जवाफ नदिनुहोस हटाउनुहोस सर्जक गृह पेजहरू समाचारहरू सबै हेर्नुहोस तपाइको लागी ट्याग विगत खोज्नुहोस सबै खबरहरू तपाइले खोजे अनुसारको खबर पाउन सकिएन गृहमा फर्कनुहोस आइतबार सोमबार मङ्गल बुधबार बिहीबार शुक्रबार शनिबार आइत सोम मङ्गल बुध बिही शु्क्र शनि जनावरी फेब्रुअरी मार्च अप्रिल मे जुन जुलाइ अगस्ट सेप्टेम्वर अक्टुवर नोभेम्वर डिसेम्बर Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै १ मिनेट पहिले $$1$$ मिनेट पहिले 1 घण्टा पहिले $$1$$ घण्टा पहिले हिजो $$1$$ दिन पहिले $$1$$ हप्ता पहिले ५ हप्ता पहिले फलोबरहरू फलो गर्नुहोस । यो उत्कृष्ट सामग्री हो । ताला हटाउनका लागी बाढ्नुहोस् । सबै कोड कपि गर्नुहोस । सबै कोड Select गर्नुहोस् । All codes were copied to your clipboard कोडहरू कपि गर्न सकिएन, कृपया [CTRL]+[C] वा ( CMD+C सँग Mac) थिच्नुहोस ।