लोक सेवा आयोगको विज्ञापन नरोकिने

२३ भदौ, काठमाडौं । कर्मचारी पदपूर्तिका लागि लोक सेवा आयोगले लिने विज्ञापन नरोकिने भएको छ । यसअघि संघीयतामा कर्मचारी व्यवस्थापन नभएसम्म प...

२३ भदौ, काठमाडौं । कर्मचारी पदपूर्तिका लागि लोक सेवा आयोगले लिने विज्ञापन नरोकिने भएको छ । यसअघि संघीयतामा कर्मचारी व्यवस्थापन नभएसम्म पदपूर्ति रोक्ने भनिएको थियो ।
तर शुक्रबार संसदको राज्य व्यवस्था समितिले पदपूर्ति नरोक्न सरकारलाई निर्देशन दिएको छ । यसअघि समितिले नै कर्मचारी समायोजन विधेयकमा भएको व्यवस्था अनुसार पदपूर्ति रोक्न भनेको थियो ।
सामान्य प्रशासन मन्त्रालयले तयार पारेको विधेयकमा एक वर्षसम्म नयाँ कर्मचारी भर्ना नगर्ने र अहिलेकै कर्मचारी जनशक्तिले काम चलाउने उल्लेख थियो । एक वर्षसम्म पदपूर्ति रोकिँदा बेरोजगारीको संख्या बढ्ने र सक्षम जनशक्ति विदेश पलायन हुने भन्दै विधेयक सच्याउन दबाव परेको थियो । व्यापक आलोचना भएपछि राज्य व्यवस्था समितिले आफ्नो पुरानो निर्देशन सच्याएको हो ।
समितिका सभापति दिलबहादुर घर्तीले कर्मचारी भर्ना नरोक्न लोक सेवालाई निर्देशन दिएको जानकारी दिए ।
यसअघि पदपूर्ति गर्ने कि नगर्ने भन्ने अन्यौल कायमै रहेको बेला लोक सेवा आयोगले विज्ञापन तालिका सार्वजनिक गर्दा आलोचना भएको थियो ।
लोक सेवा आयोगका सहसचिव एवम् प्रवक्ता लक्ष्मी विलास कोइरालाले पदपूर्तिको विज्ञापन नरोक्ने निर्णय स्वागतयोग्य भएको प्रतिक्रिया दिए । ‘एक वर्षसम्म पदपूर्ति रोकेको भए लोक सेवा आयोगलाई निलम्बन गरेजस्तै हुनेथियो । नियमित काम रोक्नु प्रजातान्त्रिक प्रणाली अनुकुल पनि हुने थिएन,’ कोइरालाले  भने, ‘संसद र सांसदहरुले पदपूर्ति नरोक्ने भनेर वुद्धिमानी निर्णय गर्नुभयो । यो स्वागतयोग्य छ ।’
राज्यव्यवस्था समितिले कर्मचारी पदपूर्ति रोक्ने कि नरोक्ने भन्ने विषयमा बुधबार र शुक्रबार लोक सेवा आयोगका अध्यक्ष उमेश मैनालीसँग पनि छलफल गरेको थियो । मैनालीले हरेक वर्ष १० लाख परीक्षार्थीले लोक सेवा आयोगको परीक्षा तयारी गर्ने गरेको तथ्यांक प्रस्तुत गर्दै पदपूर्ति रोकिएमा तिनीहरुको भविष्य अन्योलमा पर्ने तर्क गरेका थिए । पदपूर्ति रोकिँदा लोक सेवा परीक्षाको तयारी गरिरहेकाहरु निराश बन्ने र विदेश पलायन हुनसक्ने मैनालीको भनाइ थियो ।
उनले कर्मचारी समायोजन विधेयक छिटो पारित गर्नुपर्नेमा जोड दिए । कर्मचारी समायोजक विधेयक गत असार अन्तिम साता संसदमा पेश भएको थियो ।

COMMENTS





Name

Featured अटो अपराध अर्थ वाणिज्य कृषि खेलकुद दुर्घटना देश देश परिवेश परिवेश पूर्व बैङ्क भिडियाे मनोरञ्जन राजनीति राजनीति परिवेश विदेश समसामियक समाचार समाज समाज अपराध समाज परिवेश स्वास्थ्य
false
ltr
item
गुरासँ एफ्.एम्.: लोक सेवा आयोगको विज्ञापन नरोकिने
लोक सेवा आयोगको विज्ञापन नरोकिने
http://www.onlinekhabar.com/wp-content/uploads/2016/12/loksewa-aayog-psc.jpg
गुरासँ एफ्.एम्.
http://www.gurasfm.com/2017/09/blog-post_69.html
http://www.gurasfm.com/
http://www.gurasfm.com/
http://www.gurasfm.com/2017/09/blog-post_69.html
true
7688986134927037870
UTF-8
समाचार भेटाउन सकिएन सबै हेर्नुहोस थप पढ्नुहोस जवाफ दिनुहोस जवाफ नदिनुहोस हटाउनुहोस सर्जक गृह पेजहरू समाचारहरू सबै हेर्नुहोस तपाइको लागी ट्याग विगत खोज्नुहोस सबै खबरहरू तपाइले खोजे अनुसारको खबर पाउन सकिएन गृहमा फर्कनुहोस आइतबार सोमबार मङ्गल बुधबार बिहीबार शुक्रबार शनिबार आइत सोम मङ्गल बुध बिही शु्क्र शनि जनावरी फेब्रुअरी मार्च अप्रिल मे जुन जुलाइ अगस्ट सेप्टेम्वर अक्टुवर नोभेम्वर डिसेम्बर Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै १ मिनेट पहिले $$1$$ मिनेट पहिले 1 घण्टा पहिले $$1$$ घण्टा पहिले हिजो $$1$$ दिन पहिले $$1$$ हप्ता पहिले ५ हप्ता पहिले फलोबरहरू फलो गर्नुहोस । यो उत्कृष्ट सामग्री हो । ताला हटाउनका लागी बाढ्नुहोस् । सबै कोड कपि गर्नुहोस । सबै कोड Select गर्नुहोस् । All codes were copied to your clipboard कोडहरू कपि गर्न सकिएन, कृपया [CTRL]+[C] वा ( CMD+C सँग Mac) थिच्नुहोस ।