चितवनबाट चुनाव लड्छु : अध्यक्ष दाहाल

चितवन, २३ भदौ । नेकपा (माओवादीकेन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनबाट आउँदो संघको निर्वाचनमा उम्मेदवार बन्ने बताउनुभएको छ ...

चितवन, २३ भदौ । नेकपा (माओवादीकेन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनबाट आउँदो संघको निर्वाचनमा उम्मेदवार बन्ने बताउनुभएको छ ।  पार्टीको वीरगञ्जमा सम्पन्न सचिवालय बैठकले आफूलाई चितवनबाट निर्वाचनमा उम्मेदवार बनाउने निर्णय गरेको अध्यक्ष दाहालले बताउनुभयो । प्रेस सेन्टर चितवनले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाट तथा अन्तक्र्रिया कार्यक्रममा बोल्दै उहाँले जिल्लाको कुन क्षेत्रबाट निर्वाचनमा उठ्ने भन्ने विषयमा टुंगो नलागेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “पार्टीको जिल्ला तहबाट समन्वय गरेर क्षेत्र निर्धारण हुनेछ ।” देशका फरक÷फरक भूगोल र पृष्ठभूमिको उम्मेदवार बनेर अनुभव संलागेको बताउँदै उहाँले ती अनुभव र चितवनलाई केन्द्रीय राजनीतिमा जोड्नका लागि यहाँबाट निर्वाचन लड्न लागेको बताउनुभयो ।
“माओवादी युद्धको उद्गमस्थल रोल्पा, राजधानी काठमाडौँ र तराईको प्रतिनिधित्व गर्दै सिराहाबाट यसअघि निर्वाचन लडेको थिएँ, अब आफ्नो कर्मभूमिबाट चुनाव लड्छु,” अध्यक्ष दाहालले भन्नुभयो । आफू चितवनबाट निर्वाचन लड्दै गर्दा यहाँको विकास र राष्ट्रिय राजनीतिमा यस जिल्लाको महत्व झल्कने उहाँको भनाइ थियो ।
“मेरो राजनीतिक क्षेत्र चितवन हुनु यहाँका जनताका लागि महत्वपूर्ण हुने विश्वास लिएको छु,” अध्यक्ष दाहालले भन्नुभयो । प्रदेश र संघको निर्वाचनमा समेत गणतन्त्र र लोकतन्त्रका पक्षधरसँग सहकार्य गर्ने उहाँले बताउनुभयो । कांग्रेस, एमाले, मधेशवादी जोसँग पनि गठबन्धन हुनसक्ने दाहालको भनाइ थियो ।
“अहिलेको समयमा सत्ता गठबन्धन काँग्रेससँग भएकाले काँग्रेससँगको तालमेललाई विशेष प्राथमिकतामा दिइएको हो,” उहाँले भन्नुभयो । शान्ति प्रक्रियाका सहयात्री एक ठाउँमा भएर अहिलेसम्म भएका उपलब्धिलाई संस्थागत गर्नतर्फ लागेको अध्यक्ष दाहालले बताउनुभयो । स्थानीय तहको निर्वाचन अन्तिमचरणमा पुगेको भन्दै उहाँले प्रदेश र संघको निर्वाचनपछि देश समृद्धितर्फ अगाडि बढ्ने बताउनुभयो । चितवनमा राष्ट्रियस्तरको मिडिया एकेडेमी निर्माणका लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने दाहालले प्रतिवद्धता व्यक्त गर्नुभयो । संविधानका केही प्रावधानले सधैंँ मिलिजुली सरकार बन्ने परिस्थिति रहेको भन्दै उहाँले संघको निर्वाचनपछि संविधान संशोधन गरेर निर्वाचन प्रणाली र शासकियस्वरुप परिवर्तन गर्नुपर्नेमा जोडदिनुभयो । भूगोल नमिलेको प्रदेशको सीमांकन हेरफेर गर्नुपर्ने अध्यक्ष दाहालको भनाइ थियो ।

COMMENTS





Name

Featured अटो अपराध अर्थ वाणिज्य कृषि खेलकुद दुर्घटना देश देश परिवेश परिवेश पूर्व बैङ्क भिडियाे मनोरञ्जन राजनीति राजनीति परिवेश विदेश समसामियक समाचार समाज समाज अपराध समाज परिवेश स्वास्थ्य
false
ltr
item
गुरासँ एफ्.एम्.: चितवनबाट चुनाव लड्छु : अध्यक्ष दाहाल
चितवनबाट चुनाव लड्छु : अध्यक्ष दाहाल
http://media5.picsearch.com/is?Ki2HNZFD0aZbD4Vl-opkLgDoTnlfnyhNzlHg44vpAG8&height=255
गुरासँ एफ्.एम्.
http://www.gurasfm.com/2017/09/blog-post_64.html
http://www.gurasfm.com/
http://www.gurasfm.com/
http://www.gurasfm.com/2017/09/blog-post_64.html
true
7688986134927037870
UTF-8
समाचार भेटाउन सकिएन सबै हेर्नुहोस थप पढ्नुहोस जवाफ दिनुहोस जवाफ नदिनुहोस हटाउनुहोस सर्जक गृह पेजहरू समाचारहरू सबै हेर्नुहोस तपाइको लागी ट्याग विगत खोज्नुहोस सबै खबरहरू तपाइले खोजे अनुसारको खबर पाउन सकिएन गृहमा फर्कनुहोस आइतबार सोमबार मङ्गल बुधबार बिहीबार शुक्रबार शनिबार आइत सोम मङ्गल बुध बिही शु्क्र शनि जनावरी फेब्रुअरी मार्च अप्रिल मे जुन जुलाइ अगस्ट सेप्टेम्वर अक्टुवर नोभेम्वर डिसेम्बर Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै १ मिनेट पहिले $$1$$ मिनेट पहिले 1 घण्टा पहिले $$1$$ घण्टा पहिले हिजो $$1$$ दिन पहिले $$1$$ हप्ता पहिले ५ हप्ता पहिले फलोबरहरू फलो गर्नुहोस । यो उत्कृष्ट सामग्री हो । ताला हटाउनका लागी बाढ्नुहोस् । सबै कोड कपि गर्नुहोस । सबै कोड Select गर्नुहोस् । All codes were copied to your clipboard कोडहरू कपि गर्न सकिएन, कृपया [CTRL]+[C] वा ( CMD+C सँग Mac) थिच्नुहोस ।