अप्रेसन गर्ने डाक्टरको घाँटीमा घण्टी

२ असोज, काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद बैठकले विभिन्न अस्पतालमा कार्यरत चिकित्सकका लागि एउटा कडा निर्णय गरेको छ । कसैको उपचारमा लाप...


२ असोज, काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद बैठकले विभिन्न अस्पतालमा कार्यरत चिकित्सकका लागि एउटा कडा निर्णय गरेको छ । कसैको उपचारमा लापरवाही भएमा सो वापत सम्बन्धित चिकित्सकले नै पीडितलाई क्षतिपूर्ति भराउने गरी सरकारले कानून निर्माण गर्ने निर्णय गरेको छ ।
कुनै पनि चिकित्सकले कुनै बिरामीको शल्यक्रिया गर्दा केही भएमा कुनै प्रकारको दाबी गर्ने छैन भनेर बिरामीमा आफन्तसँग कागज गराउने अन्तरराष्ट्रिय प्रचलन छ । तर, अब सरकारले विरामीको उपचारमा लापरवाही गरेरमा सम्बन्धित डाक्टरबाट खर्च भराउने नयाँ व्यवस्था हुन लागेको छ ।
मन्त्रिपरिषदको सोमबारको निर्णयबारे सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले यसो भने- ‘हस्पिटलहरुमा धेरै व्यक्तिहरु चिकित्सकको लापरवाहीको कारणले मृत्यु हुने र गम्भीर घाइते हुने परिस्थिति जन्मिन थालेको हुनाले ती पीडितहरुको क्षतिपूर्ति सम्बन्धित चिकित्सकहरुबाटै भराउने उद्देश्यले आवश्यक विधेयक निर्माण गरी सदनमा पेश गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिने निर्णय भएको छ ।’
चिकित्सकमा त्रास
विभिन्न अस्पतालहरुमा भर्ना भएका विरामीहरुको मृत्यु भएपछि क्षतिपूर्ति पाइने बाहनामा अनावश्यक हुलदंगा गर्ने र क्षतिपूर्ति माग्ने विकृतिसमेत बढिरहेका बेला सरकारले डाक्टरबाटै क्षतिपूर्ति भराउने गरी कानून ल्याउने निर्णय गरेपछि चिकित्सकहरु झस्किएका छन् ।
डा. राकेश बर्मा
दुई साता पहिले भक्तपुरको नागरिक अस्पतालमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको शल्यक्रिया गरेका मृगौला रोग विशेषज्ञ डा. राकेश बर्मा  ले  भने- ‘निजी वा सरकारी दुबै स्वास्थ्य संस्था र विज्ञ चिकित्सकहरुको सुरक्षा गर्ने जिम्मा सरकारको हो । खराब डाक्टरहरु छन् भने उनीहरुमाथि कारवाही हुनुपर्छ, तर चिकित्सा क्षेत्रलाई नै असुरक्षित महसुस गराउने सरकारी निर्णय सही होइन ।’
अहिले सरकारले सम्पूर्ण जनतालाई स्वास्थ्य सेवा दिन नसकेको र विभिन्न विज्ञहरुले देशभित्रै बसेर जनतालाई स्वास्थ्य सेवा दिइरहेको भन्दै डा. बर्माले निजी वा सरकारी दुबै स्वास्थ्य संस्थामा काम गर्ने डाक्टरहरुको सुरक्षाको जिम्मा सरकारले लिनुपर्ने बताए ।
स्वास्थ्यमन्त्री भन्छन्- संविधान कार्यान्वयन गर्न लागिएको हो
यसैवीच स्वास्थ्यमन्त्री गिरीराजमणि पोखरेलले आफू काठमाडौं बाहिर भएकाले बैठकमा सहभागी नभएको भन्दै यो निर्णयबारे आफूले बुझ्ने बताए ।
तर, आफूले ०६४ सालमै स्वास्थ्यमन्त्री भएका बेला स्वास्थ्यसंस्थाको सुरक्षासम्बन्धी कानून ल्याएको मन्त्री पोखरेलले बताए ।
स्वास्थ्य क्षेत्र भन्नासाथ निजी र सरकारी अस्पतालका साथै डाक्टर र व्यवस्थापन पक्षलाई पनि बुझ्नुपर्ने मन्त्री पोखरेलको भनाइ छ । ‘डाक्टर पनि सही र गलत छन्, सबैलाई सोलोडोलो रुपमा बुझ्नु हुँदैन, मन्त्री पोखरेलले भने, ‘एकातिर अस्पतालमा पनि जोखिमहरु आउने क्रम सुरु भएको छ भने अर्कातिर संविधानले नागरिकको स्वास्थ्यसम्बन्धी अधिकारको प्रत्याभूति गरेको छ । म संविधानलाई केन्द्रविन्दुमा राख्छु र हामीले संविधानको कार्यान्वयन गराउने क्रममा नयाँ नीति बनाउन आवश्यक छ ।’
संविधान अनुसार नयाँ स्वास्थ्य नीतिले चिकित्सक, सेवाग्राही एवं संविधानले प्रत्याभूत गरेको अधिकार सबैलाई सम्वोधन गर्ने भएकाले यसमा सबैपक्ष समेटिने मन्त्री पोखरेलले बताए । नयाँ स्वास्थ्य नीतिले कुनै एक पक्षलाई मात्रै पक्षपोषण नगर्ने मन्त्री पोखरेलले स्पष्ट पारे ।     अनलाइनखबर

COMMENTS





Name

Featured अटो अपराध अर्थ वाणिज्य कृषि खेलकुद दुर्घटना देश देश परिवेश परिवेश पूर्व बैङ्क भिडियाे मनोरञ्जन राजनीति राजनीति परिवेश विदेश समसामियक समाचार समाज समाज अपराध समाज परिवेश स्वास्थ्य
false
ltr
item
गुरासँ एफ्.एम्.: अप्रेसन गर्ने डाक्टरको घाँटीमा घण्टी
अप्रेसन गर्ने डाक्टरको घाँटीमा घण्टी
http://www.onlinekhabar.com/wp-content/uploads/2016/08/Operation-Ward.jpg
गुरासँ एफ्.एम्.
http://www.gurasfm.com/2017/09/blog-post_498.html
http://www.gurasfm.com/
http://www.gurasfm.com/
http://www.gurasfm.com/2017/09/blog-post_498.html
true
7688986134927037870
UTF-8
समाचार भेटाउन सकिएन सबै हेर्नुहोस थप पढ्नुहोस जवाफ दिनुहोस जवाफ नदिनुहोस हटाउनुहोस सर्जक गृह पेजहरू समाचारहरू सबै हेर्नुहोस तपाइको लागी ट्याग विगत खोज्नुहोस सबै खबरहरू तपाइले खोजे अनुसारको खबर पाउन सकिएन गृहमा फर्कनुहोस आइतबार सोमबार मङ्गल बुधबार बिहीबार शुक्रबार शनिबार आइत सोम मङ्गल बुध बिही शु्क्र शनि जनावरी फेब्रुअरी मार्च अप्रिल मे जुन जुलाइ अगस्ट सेप्टेम्वर अक्टुवर नोभेम्वर डिसेम्बर Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै १ मिनेट पहिले $$1$$ मिनेट पहिले 1 घण्टा पहिले $$1$$ घण्टा पहिले हिजो $$1$$ दिन पहिले $$1$$ हप्ता पहिले ५ हप्ता पहिले फलोबरहरू फलो गर्नुहोस । यो उत्कृष्ट सामग्री हो । ताला हटाउनका लागी बाढ्नुहोस् । सबै कोड कपि गर्नुहोस । सबै कोड Select गर्नुहोस् । All codes were copied to your clipboard कोडहरू कपि गर्न सकिएन, कृपया [CTRL]+[C] वा ( CMD+C सँग Mac) थिच्नुहोस ।