कलाकारहरुको दशैं योजनाः कामदेखि घुमघामसम्म

दशैं सबैका लागि समान भए पनि समय, स्थान र शैली भने फरक हुन्छ । लामो विदामा हरेकका आ-आफ्नै योजना हुन्छन् । त्यसमाथि व्यस्त दिनचर्याका ‘सेलिब...

दशैं सबैका लागि समान भए पनि समय, स्थान र शैली भने फरक हुन्छ । लामो विदामा हरेकका आ-आफ्नै योजना हुन्छन् । त्यसमाथि व्यस्त दिनचर्याका ‘सेलिब्रेटी’हरुको त दशैंको टुंगो नै हुँदैन, कहिले यता, कहिले उता । केही सेलीब्रेटीसँग अनलाइनखबरले दशैं विदाका योजनाबारे सोधखोज गरेको छ ।
राजेश हमालः एकादशीमा टीका
टीकाको दिन आमाको श्राद्ध पर्ने भएकाले भोलिपल्ट मात्रै टीका लगाउँछु । दिदीहरु सबै अमेरिकामा हुनुहुन्छ । मेरो प्रायः दशैं देशबाहिर नै हुन्छ । यसपालि कता मान्ने टुंगो भएको छैन । यहीं बसेँ भने ससुराली जान्छु ।
कोमल वलीः यसपालि काठमाडौंमै
यस वर्ष मामा बित्नु भएकाले टीका लगाउन मामाघर जान्नँ । केही राजनीतिक र सांगीतिक कार्यक्रममा सहभागी हुनु परेकाले फूलपातीसम्म काठमाडौं बाहिरकै कार्यक्रममा व्यस्त रहन्छु । दशैंमा चाहिँ म काठमाडौंमै हुन्छु । केही दिन भए पनि थकाइ मार्ने योजना छ ।
नवीन के भट्टराईः नयाँ एल्बमको तयारी
दशैंअघि नै एउटा एल्बम निकाल्ने तयारी गर्दैछु । काठमाडौं, बुटवललगायत धेरै ठाउँमा कार्यक्रम भएकाले नवमीको दिन मात्रै घर आइपुग्छु । टीकाको दिन आफन्तकोमा टीका थाप्ने कार्यक्रम छ ।
धुर्मुसः नयाँ बस्ती निर्माणमै व्यस्त
रौतहटको सन्तपुरमा बाढी पीडितका लागि नयाँ बस्ती निर्माणको तयारीमा छु । अहिले पनि बाढी पीडितको उद्धारमा जुटिरहेकाले दशैं योजना खासै बनेको छैन । विशेषतः यसपालिको दशैंमा म सन्तपुरको बस्ती निर्माणमै केन्द्रित हुनेछु ।

स्वस्तिमा खड्काः छक्कापञ्जा-२ को प्रचारमा
मैले अभिनय गरेको चलचित्र छक्कापञ्जा-२ फुलपातीको दिन प्रदर्शन हुँदैछ । सोही कारण फिल्मको प्रचारमै व्यस्त रहनेछु । दशमीको दिन आफन्तकोमा टीका लगाउन जान्छु ।
देवीराम पराजुलीः घुम्न जाने सोच छ
यसपालि कतै घुम्न जाऊँ कि भन्ने सोचमा छु । तर, कहाँ जाने पक्का भइसकेको छैन । कतै गइनँ भने घरमै बसेर रमाइलो गर्छु । मामाघर र ससुरालीचाहिँ जान्छु । आम नेपालीको भन्दा मेरो दशैं खासै फरक हुन्न ।
पशुपति शर्माः फूलपातीको दिन घर जान्छु
यसपालि विदेशमा कार्यक्रम छैन । स्या्ङजा गएर आफ्नै घरमा दशैं मनाउँछु । विभिन्न कार्यक्रममा व्यस्त हुने भएकाले फूलपातीको साँझ मात्रै घर पुग्छु । साथीभाइ र इष्टमित्रसँग भेटघाट गरेर दशैं मनाउने योजना छ ।

सलोन बस्नेतः दिल्ली घुमघाम
दशैंमा सबै जना जम्मा हुने भएकाले स-परिवार दिल्ली घुम्न जाने योजना छ । तर, दशैंको दिन घरमै आइपुग्छु । मामाघर दामन जसरी पनि पुग्छु । साथीभाइ भेटेर रमाइलो गर्ने त छँदैछ ।अनलाइनखबर source

COMMENTS





Name

Featured अटो अपराध अर्थ वाणिज्य कृषि खेलकुद दुर्घटना देश देश परिवेश परिवेश पूर्व बैङ्क भिडियाे मनोरञ्जन राजनीति राजनीति परिवेश विदेश समसामियक समाचार समाज समाज अपराध समाज परिवेश स्वास्थ्य
false
ltr
item
गुरासँ एफ्.एम्.: कलाकारहरुको दशैं योजनाः कामदेखि घुमघामसम्म
कलाकारहरुको दशैं योजनाः कामदेखि घुमघामसम्म
https://www.onlinekhabar.com/wp-content/uploads/2017/09/Rajesh-komal-pashupati-salon.jpg
गुरासँ एफ्.एम्.
http://www.gurasfm.com/2017/09/blog-post_485.html
http://www.gurasfm.com/
http://www.gurasfm.com/
http://www.gurasfm.com/2017/09/blog-post_485.html
true
7688986134927037870
UTF-8
समाचार भेटाउन सकिएन सबै हेर्नुहोस थप पढ्नुहोस जवाफ दिनुहोस जवाफ नदिनुहोस हटाउनुहोस सर्जक गृह पेजहरू समाचारहरू सबै हेर्नुहोस तपाइको लागी ट्याग विगत खोज्नुहोस सबै खबरहरू तपाइले खोजे अनुसारको खबर पाउन सकिएन गृहमा फर्कनुहोस आइतबार सोमबार मङ्गल बुधबार बिहीबार शुक्रबार शनिबार आइत सोम मङ्गल बुध बिही शु्क्र शनि जनावरी फेब्रुअरी मार्च अप्रिल मे जुन जुलाइ अगस्ट सेप्टेम्वर अक्टुवर नोभेम्वर डिसेम्बर Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै १ मिनेट पहिले $$1$$ मिनेट पहिले 1 घण्टा पहिले $$1$$ घण्टा पहिले हिजो $$1$$ दिन पहिले $$1$$ हप्ता पहिले ५ हप्ता पहिले फलोबरहरू फलो गर्नुहोस । यो उत्कृष्ट सामग्री हो । ताला हटाउनका लागी बाढ्नुहोस् । सबै कोड कपि गर्नुहोस । सबै कोड Select गर्नुहोस् । All codes were copied to your clipboard कोडहरू कपि गर्न सकिएन, कृपया [CTRL]+[C] वा ( CMD+C सँग Mac) थिच्नुहोस ।