सिरहामा माओवादी केन्द्र सबैभन्दा बलियो, १७ स्थानीय तहमध्ये १६ तहको नतिजा सार्वजनिक

लहान– सिरहाको १७ स्थानीय तहमध्ये सिरहा नगरपालिकाबाहेक सबै स्थानीय तहको मतगणना सकिएको छ । अहिलेसम्म सार्वजनिक भएको सिरहाको १६ स्थानीय तहमध...


लहान– सिरहाको १७ स्थानीय तहमध्ये सिरहा नगरपालिकाबाहेक सबै स्थानीय तहको मतगणना सकिएको छ ।
अहिलेसम्म सार्वजनिक भएको सिरहाको १६ स्थानीय तहमध्ये नेकपा माओवादी केन्द्रले ६ वटा स्थानीय तहमा विजयी भएको छ, भने संघीय समाजवादी फोरम नेपाल र नेकपा एमालेले चार÷चार तथा नेपाली काँग्रेसले दुई स्थानीय तहमा विजयी हासिल गरेका छन् ।
पछिल्लो पटक आज बिहान सम्पन्न सिरहाको गोलबजार नगरपालिकामा नेकपा माओवादी, लहान नगरपालिकामा नेकपा एमाले र सिरहाको बरियारपट्टि गाउँपालिका तथा लक्ष्मीपुर पतारी गाउँपालिकामा संघीय समाजवादी फोरम नेपाल विजयी भएका छन् ।
सिरहाको गोलबजार नगरपालिकामा नेकपा माओवादी केन्द्रका देवनाथ साह ६ हजार ४४३ मतसहित प्रमुखमा र रेशमकुमारी थापा (यशु) ६ हजार ३४९ मतसहित उपप्रमुखमा निर्वाचित एका छन् ।
उनीहरुको निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका प्रमुख पदका उम्मेदवार श्यामकुमार श्रेष्ठले पाँच हजार ८९ मत प्राप्त गरे, भने नेकपा एमालेकै उपप्रमुख पदका उम्मेदवार सुनितादेवी सिंहले चार हजार ९२५ मत प्राप्त गरेकी छन्  ।
यस्तै सिरहाको लहान नगरपालिका प्रमुखमा नेकपा एमालेका मुनि साह सुडी ११ हजार ३०७ मतसहित प्रमुखमा र एमालेकै सरियारकुमारी चौधरी ११ हजार १६८ मतसहित उपप्रमुखमा विजयी भएका छन् ।
उनीहरुको निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका प्रमुख पदका उम्मेदवार अचमितलाल चौधरीले नौ हजार १३१ मत प्राप्त गरे भने काँग्रेसकै उपप्रमुख पदकी उम्मेदवार पुनम चौधरीले नौ हजार ९०६ मत प्राप्त गरिन् ।
त्यस्तै सिरहाको बरियारपट्टि गाउँपालिकामा संघीय समाजवादी फोरम नेपालले विजयी हासिल गरेको छ । फोरमका सन्तोषकुमार महतोले तीन हजार ९७९ मतसहित प्रमुखमा विजयी भएका छन्, भने फोरम नेपालकै रेखाकुमारी यादव तीन हजार ७६३ मतसहित उपाध्यक्षमा विजयी भएको जिल्ला निर्वाचन कार्यालय सिरहाले जनाएको छ ।
उनीहरुका निकटतम प्रतिद्वन्द्वी अध्यक्षमा काँग्रेसका बालेश्वर यादवले दुई हजार ८८१ र उपाध्यक्षमा काँग्रेसकै कुमारी यादवले दुई हजार ८५५ मत ल्याएका छन् ।
त्यस्तै सिरहाको लक्ष्मीपुरपतारी गाउँपालिकाको अध्यक्षमा संघीय समाजवादी फोरमका रामबल्लभ साह चार हजार चार मतसहित विजयी भएका छन् भने उपाध्यक्षमा फोरमकै आशादेवी यादव तीन हजार ६४६ मतसहित विजयी भइन् ।
उनीहरुको निकटतम प्रतिद्वन्द्वी काँग्रेसबाट अध्यक्ष पदका उम्मेदवार चतुरानन्द ठाकुरले तीन हजार २४५ र उपाध्यक्षमा काँग्रेसकै अमरकला यादवले तीन हजार ३७१ मत प्राप्त गरिन् ।     source ratopati

COMMENTS





Name

Featured अटो अपराध अर्थ वाणिज्य कृषि खेलकुद दुर्घटना देश देश परिवेश परिवेश पूर्व बैङ्क भिडियाे मनोरञ्जन राजनीति राजनीति परिवेश विदेश समसामियक समाचार समाज समाज अपराध समाज परिवेश स्वास्थ्य
false
ltr
item
गुरासँ एफ्.एम्.: सिरहामा माओवादी केन्द्र सबैभन्दा बलियो, १७ स्थानीय तहमध्ये १६ तहको नतिजा सार्वजनिक
सिरहामा माओवादी केन्द्र सबैभन्दा बलियो, १७ स्थानीय तहमध्ये १६ तहको नतिजा सार्वजनिक
http://ratopati.prixa.net/media/albums/Siraha_kBXHCUdldw.jpg
गुरासँ एफ्.एम्.
http://www.gurasfm.com/2017/09/blog-post_443.html
http://www.gurasfm.com/
http://www.gurasfm.com/
http://www.gurasfm.com/2017/09/blog-post_443.html
true
7688986134927037870
UTF-8
समाचार भेटाउन सकिएन सबै हेर्नुहोस थप पढ्नुहोस जवाफ दिनुहोस जवाफ नदिनुहोस हटाउनुहोस सर्जक गृह पेजहरू समाचारहरू सबै हेर्नुहोस तपाइको लागी ट्याग विगत खोज्नुहोस सबै खबरहरू तपाइले खोजे अनुसारको खबर पाउन सकिएन गृहमा फर्कनुहोस आइतबार सोमबार मङ्गल बुधबार बिहीबार शुक्रबार शनिबार आइत सोम मङ्गल बुध बिही शु्क्र शनि जनावरी फेब्रुअरी मार्च अप्रिल मे जुन जुलाइ अगस्ट सेप्टेम्वर अक्टुवर नोभेम्वर डिसेम्बर Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै १ मिनेट पहिले $$1$$ मिनेट पहिले 1 घण्टा पहिले $$1$$ घण्टा पहिले हिजो $$1$$ दिन पहिले $$1$$ हप्ता पहिले ५ हप्ता पहिले फलोबरहरू फलो गर्नुहोस । यो उत्कृष्ट सामग्री हो । ताला हटाउनका लागी बाढ्नुहोस् । सबै कोड कपि गर्नुहोस । सबै कोड Select गर्नुहोस् । All codes were copied to your clipboard कोडहरू कपि गर्न सकिएन, कृपया [CTRL]+[C] वा ( CMD+C सँग Mac) थिच्नुहोस ।