पुल त बन्यो, तर बाटो छैन

२३ भदौ, मोरङ । निर्माण सम्पन्न भएको दुई महिना बितिसक्दा पनि मोरङको उर्लाबारी–९ स्थित मावा खोलाको पुल सञ्चालनमा आउन नसक्दा स्थानीयवासीलाई आ...

२३ भदौ, मोरङ । निर्माण सम्पन्न भएको दुई महिना बितिसक्दा पनि मोरङको उर्लाबारी–९ स्थित मावा खोलाको पुल सञ्चालनमा आउन नसक्दा स्थानीयवासीलाई आवत–जावतमा समस्या भएको छ ।
मोरङ र झापा जिल्लालाई जोड्ने सेतुमारीस्थित मावा खोलाको पुल बाटो नहुँदा सञ्चालनमा आउन नसकेको हो । उर्लाबारी–९ र दमक–१० जोड्ने मावा खोलामा जिल्ला समन्वय समिति झापाको रु चार करोड २१ लाखको लागतमा पुल निर्माण भएको हो ।
पुलको निर्माण कार्य जेठ पहिलो सातामै सम्पन्न भएपनि मोरङतर्फको करिब ५०० मिटर बाटो नबन्दा पुल सञ्चालनमा आउन सकेको छैन जसका कारण सो क्षेत्रका स्थानीयवासीलाई आवात–जावतमा समस्या भएको छ । ६६ मिटर लम्बाई र ५।४५ मिटर चौडाइको पुलको निर्माण कार्य काठमाडौंको बिटी निर्माण सेवाले सम्पन्न गरेको पुल रेखदेख समितिका अध्यक्ष अम्बिका खनालले जानकारी दिए ।
पुल बनिसके पनि उर्लाबारी तर्फको ५०० मिटर बाटो निर्माणको प्रक्रिया अझै शुरु हुन सकेको छैन । बाटो नबन्दा स्थानीय बासिन्दा अन्यौलमा परेका छन् । उक्त पुल निर्माणमा प्राविधिक सहयोग पुर्याएको लोकल रोड एण्ड ब्रिज कार्यक्रमका टेक्निकल अफिसर सर्वेन्द्र चौधरीले पुल पश्चिमतिर दुईवटा कल्भर्टसहित करिब ५०० मिटर नयाँ बाटो निर्माण गर्नुपर्ने बताए ।
तर बाटो निर्माणको प्रक्रिया अघि नबढ्दा पुल निर्माण सम्पन्न भए पनि प्रयोगमा आउन नसकेको हो ।

COMMENTS





Name

Featured अटो अपराध अर्थ वाणिज्य कृषि खेलकुद दुर्घटना देश देश परिवेश परिवेश पूर्व बैङ्क भिडियाे मनोरञ्जन राजनीति राजनीति परिवेश विदेश समसामियक समाचार समाज समाज अपराध समाज परिवेश स्वास्थ्य
false
ltr
item
गुरासँ एफ्.एम्.: पुल त बन्यो, तर बाटो छैन
पुल त बन्यो, तर बाटो छैन
http://www.onlinekhabar.com/wp-content/uploads/2017/04/morang-1.jpg
गुरासँ एफ्.एम्.
http://www.gurasfm.com/2017/09/blog-post_44.html
http://www.gurasfm.com/
http://www.gurasfm.com/
http://www.gurasfm.com/2017/09/blog-post_44.html
true
7688986134927037870
UTF-8
समाचार भेटाउन सकिएन सबै हेर्नुहोस थप पढ्नुहोस जवाफ दिनुहोस जवाफ नदिनुहोस हटाउनुहोस सर्जक गृह पेजहरू समाचारहरू सबै हेर्नुहोस तपाइको लागी ट्याग विगत खोज्नुहोस सबै खबरहरू तपाइले खोजे अनुसारको खबर पाउन सकिएन गृहमा फर्कनुहोस आइतबार सोमबार मङ्गल बुधबार बिहीबार शुक्रबार शनिबार आइत सोम मङ्गल बुध बिही शु्क्र शनि जनावरी फेब्रुअरी मार्च अप्रिल मे जुन जुलाइ अगस्ट सेप्टेम्वर अक्टुवर नोभेम्वर डिसेम्बर Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै १ मिनेट पहिले $$1$$ मिनेट पहिले 1 घण्टा पहिले $$1$$ घण्टा पहिले हिजो $$1$$ दिन पहिले $$1$$ हप्ता पहिले ५ हप्ता पहिले फलोबरहरू फलो गर्नुहोस । यो उत्कृष्ट सामग्री हो । ताला हटाउनका लागी बाढ्नुहोस् । सबै कोड कपि गर्नुहोस । सबै कोड Select गर्नुहोस् । All codes were copied to your clipboard कोडहरू कपि गर्न सकिएन, कृपया [CTRL]+[C] वा ( CMD+C सँग Mac) थिच्नुहोस ।