म्यानमारका रोहिंग्या समुदायमाथि सैनिक दमन, कम्तिमा ४ सयको मृत्यु

१७ भदौ, लन्डन । म्यानमारबाट प्राप्त स्याटलाइट तस्बिरहरु विश्लेषण गर्दा रोहिंग्या मुसलमान समुदायका सात सयभन्दा बढी घर जलाएको पाइएको बेलायत...


१७ भदौ, लन्डन । म्यानमारबाट प्राप्त स्याटलाइट तस्बिरहरु विश्लेषण गर्दा रोहिंग्या मुसलमान समुदायका सात सयभन्दा बढी घर जलाएको पाइएको बेलायतको राजधानी लन्डनस्थित मानवअधिकार समूह हुमनराइट्स वाचले जनाएको छ ।
रखिने प्रान्तमा उक्त समुदायमाथि भइरहेको अत्याचारले सोच्न बाध्य बनाएको उक्त समूहको भनाइ छ । संयुक्त राष्ट्रसंघका अनुसार सातादिनयता रोहिंग्या समुदाय र सुरक्षाकर्मीबीच भइरहेका झडपमा करिब चार सय जनाको मृत्यु भइसकेको छ ।
सुरक्षाकर्मीको अत्याचार सहन नसकेर राखिने प्रान्तका ४० हजारभन्दा बढी मानिस भागेर बंगलादेश पुगिसकेका छन् । बंगलादेशका शरणार्थी शिविरहरुमा देखिएका १० हजारभन्दा मानिस नयाँ रहेको राष्ट्रसंघीय उच्चअधिकारी बिबियन टेनले बताएका छन् । ‘सडक किनाराहरुमा नयाँ अस्थायी त्रिपाल देखिन थालेका छन्, खाली रहेको क्षेत्र भरिन थालेको छ,’ टेनले भने ।
विस्थापित भएर बंगलादेश पुगेका उक्त समुदायका मानिसहरुका अनुसार रोहिंग्याको घरमा सुरक्षाकर्मीहरुले जानीबुझी आगो झोसिदिने गरेका छन् । म्यानमार सरकारले भने उक्त आरोप अस्वीकार गर्दै आएको छ ।
म्यानमारमा बौद्ध धर्म मान्ने समुदायको बाहुल्यता छ । मुस्लिम धर्म मान्ने रोहिंग्या समुदाय त्यहाँको अल्पसंख्यक जाति हो, जहाँ करिब १० लाख जनसंख्याको बसोबास रहेको अनुमान छ । उनीहरुमाथि बंगलादेशबाट अवैध रुपमा म्यानमारमा आएर बसोबास गरिरहेको आरोप बहुसंख्यक जातिले लगाउँदै आएको छ ।
धेरै पुस्तादेखि म्यानमारमै रहेर पनि उनीहरुलाई सरकारले नागरिकता दिन अस्वीकार गर्दै आएको छ ।
रखिने प्रान्तमा सन् २०१२ देखि हिंसा भड्किएको हो, जसका कारण एक लाखभन्दा बढी रोहिंग्या थातथलोबाट विस्थापित भइसकेका छन् ।
गत महिना नौ प्रहरीको हत्या भएपछि सेनाले रखिने प्रान्तमा अपरेसन चलाएको छ । त्यसयता सुरक्षाकर्मीको बर्बरताका कारण सयभन्दा बढीको मृत्यु भइसकेको र सयौंलाई गिरफ्तार गरिएको रोहिंग्या कार्यकर्ताहरुले बताएका छन् । म्यानमारको सेनाले उक्त समुदायविरुद्धकेा अपरेसनमा हेलिकोप्टरको प्रयोग पनि गर्ने गरेको छ ।

COMMENTS





Name

Featured अटो अपराध अर्थ वाणिज्य कृषि खेलकुद दुर्घटना देश देश परिवेश परिवेश पूर्व बैङ्क भिडियाे मनोरञ्जन राजनीति राजनीति परिवेश विदेश समसामियक समाचार समाज समाज अपराध समाज परिवेश स्वास्थ्य
false
ltr
item
गुरासँ एफ्.एम्.: म्यानमारका रोहिंग्या समुदायमाथि सैनिक दमन, कम्तिमा ४ सयको मृत्यु
म्यानमारका रोहिंग्या समुदायमाथि सैनिक दमन, कम्तिमा ४ सयको मृत्यु
https://www.onlinekhabar.com/wp-content/uploads/2017/09/rohingya-manmar.jpg
गुरासँ एफ्.एम्.
http://www.gurasfm.com/2017/09/blog-post_40.html
http://www.gurasfm.com/
http://www.gurasfm.com/
http://www.gurasfm.com/2017/09/blog-post_40.html
true
7688986134927037870
UTF-8
समाचार भेटाउन सकिएन सबै हेर्नुहोस थप पढ्नुहोस जवाफ दिनुहोस जवाफ नदिनुहोस हटाउनुहोस सर्जक गृह पेजहरू समाचारहरू सबै हेर्नुहोस तपाइको लागी ट्याग विगत खोज्नुहोस सबै खबरहरू तपाइले खोजे अनुसारको खबर पाउन सकिएन गृहमा फर्कनुहोस आइतबार सोमबार मङ्गल बुधबार बिहीबार शुक्रबार शनिबार आइत सोम मङ्गल बुध बिही शु्क्र शनि जनावरी फेब्रुअरी मार्च अप्रिल मे जुन जुलाइ अगस्ट सेप्टेम्वर अक्टुवर नोभेम्वर डिसेम्बर Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै १ मिनेट पहिले $$1$$ मिनेट पहिले 1 घण्टा पहिले $$1$$ घण्टा पहिले हिजो $$1$$ दिन पहिले $$1$$ हप्ता पहिले ५ हप्ता पहिले फलोबरहरू फलो गर्नुहोस । यो उत्कृष्ट सामग्री हो । ताला हटाउनका लागी बाढ्नुहोस् । सबै कोड कपि गर्नुहोस । सबै कोड Select गर्नुहोस् । All codes were copied to your clipboard कोडहरू कपि गर्न सकिएन, कृपया [CTRL]+[C] वा ( CMD+C सँग Mac) थिच्नुहोस ।