मन्त्रिपरिषद्को निर्णयविरुद्ध चिकित्सकद्वारा देशभरका अस्पताल ठप्प

काठमाडौँ । चिकित्सकहरुलाई लक्षित गरी मन्त्रिपरिषद्ले गरेको निर्णयविरुद्ध नेपाल चिकित्सक संघले आकस्मिकबाहेक देशभरका अस्पतालका स्वास्थ्य स...


काठमाडौँ । चिकित्सकहरुलाई लक्षित गरी मन्त्रिपरिषद्ले गरेको निर्णयविरुद्ध नेपाल चिकित्सक संघले आकस्मिकबाहेक देशभरका अस्पतालका स्वास्थ्य सेवा शुक्रबारबाट ठप्प पार्ने निर्णय गरेको छ ।
गत असोज २ गते मन्त्रिपरिषद बैठकले चिकित्सकहरुको लापरवाहीबाट बिरामीको मृत्यु भए त्यसको क्षतिपूर्ती चिकित्सकबाट तिराउने गरी विधेयक तयार गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको थियो ।
मन्त्रिपरिषद्को निर्णय लगत्तै संघले त्यसप्रति अपत्ति जनाउँदै कडा कदम चाल्ने चेतावनी दिएको थियो ।
बिहिबार संघका पदाधिकारीहरुसँग स्वास्थ्य मन्त्रालयमा वार्ता भए पनि कुनै ठोस निश्कर्ष निस्कन सकेन । वार्ताको विषयमा कुनै पनि ठोस कदम अगाडि बढ्न नसकेको बताउँदै संघले चिकित्सकहरुलाई लक्षित गरी गरेको निर्णयकोविरुद्ध नेपाल आश्विन ६ गतेदेखि  लागू हुने गरी देशभरका सम्पूर्ण अस्पताल, मेडिकल तथा डेन्टल कलेज, नर्सिङहोम, क्लिनिक लगायतका सम्पूर्ण स्वास्थ्य संस्थाहरुमा आकस्मिक बाहेकका अन्य सम्पूर्ण स्वास्थ्य सेवा पूर्णरुपमा बन्द गर्ने निर्णय कायम रहेको जानकारी गराएको छ । 
संघले यस आन्दोलनको कार्यक्रमबाट देशभरका स्वास्थ्य संस्थामा आजबाट उप्रान्त हुन सक्ने कुनै पनि घटनाका सम्बन्धमा नेपाल सरकार नै पूर्ण जिम्मेवार हुने बताउँदै सम्पूर्ण स्वास्थ्यकर्मीहरुले स्वास्थ्य संस्थामा घट्न सक्ने संभावित घटनाहरुको कुनै पनि जिम्मेवारी नलिन समेत आह्वान गरेको छ । 
संघका महासचिव डा. लोचन कार्कीका अनुसार संघले सरकारसँग तीन बुँदे माग अघि सारेको छ ।
यस्ता छन् मागहरु
१) २०७४ आश्विन २ गते बसेको मन्त्री परिषद्को बैठकले चिकित्सकहरुलाई मात्रै लक्षित गरी कानूनी राज्यको उपहास गर्दै गरिएको विवादास्पद निर्णयलाई अबिलम्ब सार्वजनिक रुपमा फिर्ता लिनु पर्ने ।  
२) स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन २०६६ र नियमावली २०६९ लाई आवश्यक परिमार्जन गरी स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथी हातपात गर्ने व्यक्ति वा समूहहरुलाई बिना धरौटी जेल चलानको प्रावधानको उक्त ऐन तथा नियमावलीमा थप गर्नु पर्ने । 
३) नेपाल चिकित्सक संघसँग नेपाल सरकारले विगतका गरेका सम्झौताहरुको अक्षरस कार्यान्वयन हुनु पर्ने । 
source ratopati

COMMENTS





Name

Featured अटो अपराध अर्थ वाणिज्य कृषि खेलकुद दुर्घटना देश देश परिवेश परिवेश पूर्व बैङ्क भिडियाे मनोरञ्जन राजनीति राजनीति परिवेश विदेश समसामियक समाचार समाज समाज अपराध समाज परिवेश स्वास्थ्य
false
ltr
item
गुरासँ एफ्.एम्.: मन्त्रिपरिषद्को निर्णयविरुद्ध चिकित्सकद्वारा देशभरका अस्पताल ठप्प
मन्त्रिपरिषद्को निर्णयविरुद्ध चिकित्सकद्वारा देशभरका अस्पताल ठप्प
http://ratopati.prixa.net/media/albums/teaching_hospital_zZxHKNVcTr.jpeg
गुरासँ एफ्.एम्.
http://www.gurasfm.com/2017/09/blog-post_363.html
http://www.gurasfm.com/
http://www.gurasfm.com/
http://www.gurasfm.com/2017/09/blog-post_363.html
true
7688986134927037870
UTF-8
समाचार भेटाउन सकिएन सबै हेर्नुहोस थप पढ्नुहोस जवाफ दिनुहोस जवाफ नदिनुहोस हटाउनुहोस सर्जक गृह पेजहरू समाचारहरू सबै हेर्नुहोस तपाइको लागी ट्याग विगत खोज्नुहोस सबै खबरहरू तपाइले खोजे अनुसारको खबर पाउन सकिएन गृहमा फर्कनुहोस आइतबार सोमबार मङ्गल बुधबार बिहीबार शुक्रबार शनिबार आइत सोम मङ्गल बुध बिही शु्क्र शनि जनावरी फेब्रुअरी मार्च अप्रिल मे जुन जुलाइ अगस्ट सेप्टेम्वर अक्टुवर नोभेम्वर डिसेम्बर Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै १ मिनेट पहिले $$1$$ मिनेट पहिले 1 घण्टा पहिले $$1$$ घण्टा पहिले हिजो $$1$$ दिन पहिले $$1$$ हप्ता पहिले ५ हप्ता पहिले फलोबरहरू फलो गर्नुहोस । यो उत्कृष्ट सामग्री हो । ताला हटाउनका लागी बाढ्नुहोस् । सबै कोड कपि गर्नुहोस । सबै कोड Select गर्नुहोस् । All codes were copied to your clipboard कोडहरू कपि गर्न सकिएन, कृपया [CTRL]+[C] वा ( CMD+C सँग Mac) थिच्नुहोस ।