उम्मेदवार बन्न यस्तो कडा छ एमालेको 'मापदण्ड'

एमालेको मंगलबार बसेको स्थायी समिति बैठकले मंसिर १० र २१ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया र त्यसस...


एमालेको मंगलबार बसेको स्थायी समिति बैठकले मंसिर १० र २१ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया र त्यससम्बन्धी मापदण्डलाई टुंग्याएको छ । पार्टी अध्यक्ष केपी ओलीको अध्यक्षतामा बसेको बैठकले उम्मेदवार छनोट प्रक्रिया र मापदण्डसम्बन्धी व्यवस्थालाई अन्तिम रूप प्रदान गरेको हो ।
बैठकले असोज १६ र १७ मा प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय समन्वय कमिटी र प्रदेशसभा क्षेत्रीय समन्वय कमिटीको बहुमतबाट त्यो सम्भव नभएको खण्डमा न्यूनतम एक महिलासहित तीन जनाको नाम प्रत्यक्ष निर्वाचनका लागि जिल्ला कमिटीमा पेस गर्ने जिम्मेवारी सुम्पिएको छ । त्यस्तै, असोज १९ र २० मा जिल्ला कमिटीका बैठक बस्ने ती नामलाई आफ्नो राय सुझावसहित जिल्ला कमिटीमा पठाउनुपर्ने व्यवस्था गरेको छ
असोज २२ र २३ मा प्रदेश कमिटीको बैठकले जिल्ला कमिटीबाट प्राप्त राय, सुझाव र सिफारिससहित स्थायी समिति बैठकमा प्रस्तुत गर्नुपर्नेछ । प्रत्येक जिल्ला कमिटीबाट प्रतिनिधिसभा र प्रदेशसभाका लागि एक महिलासहित तीन जनाको नाम समानुपातिक उम्मेदवारका लागि पनि स्थायी समितिमा पठाउनुपर्ने छ ।
एमालेका प्रादेशिक निर्वाचन क्षेत्र समन्वय कमिटी र प्रतिनिधिसभाका क्षेत्रीय निर्वाचन कमिटीहरूले बढीमा तीन जनाको नाम प्रदेश कमिटीमा सिफारिस गर्नुपर्नेछ । सकेसम्म क्षेत्रीय कमिटीबाटै सर्वसम्मत रूपमा एक जनाको नाम सिफारिस गर्नुपर्ने बैठकको निर्णय छ ।
यस्तो छ मापदण्ड
एमालेले पार्टीमा सक्रिय, सार्वजनिक प्रतिष्ठामा आँच नआएको, असल आचरण भएको, पार्टीमा सक्रिय र समाजमा लोकप्रिय छविका साथै निर्वाचनमा विजय सुनिश्चित गर्न सक्नेलाई मात्रै टिकट दिने भएको छ । स्थानीय निर्वाचनमा बागी विद्रोही भएको, पार्टीलाई असहयोग गरेको तथा विवादास्पद भूमिका भएकालाई उम्मेदवार नबनाउने स्पष्ट गरेको छ । त्यस्तै, स्थानीय तहको निर्वाचनमा निर्वाचित प्रतिनिधि उम्मेदवार बन्न नपाउने भएका छन् । यसअघि संविधानसभामा समानुपातिक सदस्यमा रहेकालाई पुनः समानुपातिक उम्मेदवार नबनाउने भएको छ । तर, महिलाको हकमा भने अलि लचिलो व्यवस्था गरिएको छ ।
यसअघि वरिष्ठ नेताहरू एकभन्दा बढी स्थानबाट उम्मेदवारी दिने गरेको भए पनि यसपटक भने त्यस्तो गर्न नपाउने भएका छन् । निर्वाचन ऐनमा रहेको उक्त प्रावधानलाई पार्टीले कार्यान्वयनमा ल्याउन खोजेको हो ।
प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचनमा झलनाथ खनाल र सुवास नेम्वाङ इलामबाट, वामदेव गौतम बर्दियाबाट अध्यक्ष केपी ओली झापाबाट वरिष्ठ नेता माधवकुमार नेपाल काठमाडौं-२ बाट, महासचिव ईश्वर पोखरेल काठमाडौं-५ र नेता शंकर पोखरेल दाङबाट निर्वाचन लड्ने निश्चित भएको पार्टी स्रोतले जानकारी दिएको छ । टिकट दिँदा समावेशीता र भौगोलिक सन्तुलन कायम गरिने पार्टीले जनाएको छ । ज्ञवालीका अनुसार समानुपातिक र प्रत्यक्षतर्फ एकै समय २६ असोजमै उम्मेदवारको नाम सार्वजनिक गरिनेछ ।आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

COMMENTS





Name

Featured अटो अपराध अर्थ वाणिज्य कृषि खेलकुद दुर्घटना देश देश परिवेश परिवेश पूर्व बैङ्क भिडियाे मनोरञ्जन राजनीति राजनीति परिवेश विदेश समसामियक समाचार समाज समाज अपराध समाज परिवेश स्वास्थ्य
false
ltr
item
गुरासँ एफ्.एम्.: उम्मेदवार बन्न यस्तो कडा छ एमालेको 'मापदण्ड'
उम्मेदवार बन्न यस्तो कडा छ एमालेको 'मापदण्ड'
http://ratopati.prixa.net/media/albums/uml-office_hwevC5uySL.jpg
गुरासँ एफ्.एम्.
http://www.gurasfm.com/2017/09/blog-post_257.html
http://www.gurasfm.com/
http://www.gurasfm.com/
http://www.gurasfm.com/2017/09/blog-post_257.html
true
7688986134927037870
UTF-8
समाचार भेटाउन सकिएन सबै हेर्नुहोस थप पढ्नुहोस जवाफ दिनुहोस जवाफ नदिनुहोस हटाउनुहोस सर्जक गृह पेजहरू समाचारहरू सबै हेर्नुहोस तपाइको लागी ट्याग विगत खोज्नुहोस सबै खबरहरू तपाइले खोजे अनुसारको खबर पाउन सकिएन गृहमा फर्कनुहोस आइतबार सोमबार मङ्गल बुधबार बिहीबार शुक्रबार शनिबार आइत सोम मङ्गल बुध बिही शु्क्र शनि जनावरी फेब्रुअरी मार्च अप्रिल मे जुन जुलाइ अगस्ट सेप्टेम्वर अक्टुवर नोभेम्वर डिसेम्बर Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै १ मिनेट पहिले $$1$$ मिनेट पहिले 1 घण्टा पहिले $$1$$ घण्टा पहिले हिजो $$1$$ दिन पहिले $$1$$ हप्ता पहिले ५ हप्ता पहिले फलोबरहरू फलो गर्नुहोस । यो उत्कृष्ट सामग्री हो । ताला हटाउनका लागी बाढ्नुहोस् । सबै कोड कपि गर्नुहोस । सबै कोड Select गर्नुहोस् । All codes were copied to your clipboard कोडहरू कपि गर्न सकिएन, कृपया [CTRL]+[C] वा ( CMD+C सँग Mac) थिच्नुहोस ।