बिहे गरेको तीन महिनामै श्रीमतीलाई दलालको जिम्मा

३ असोज, काठमाडौं । बाजुराको छेडेदह गाउँपालिका–५ टुडाकी २३ वर्षीया कुन्ताकुरमारी बुढा उपचारका लागि असार २०७४ मा भारतको नयाँदिल्लीस्थित अस्प...

३ असोज, काठमाडौं । बाजुराको छेडेदह गाउँपालिका–५ टुडाकी २३ वर्षीया कुन्ताकुरमारी बुढा उपचारका लागि असार २०७४ मा भारतको नयाँदिल्लीस्थित अस्पताल गइन् । तर, अस्पताल पुग्नुअघि नै उनी महिला बेचबिखन गर्ने दलालको फन्दामा परिन् ।
कुन्ताकुमारी र छेडेदह गाउँपालिका–१ रानाका २५ वर्षीय शुकेर रोकायाबीच वैशाख २०७४ मा प्रेम विवाह भएको थियो । विवाह भएको करिब २ महिनामै उनी बिरामी परिन् । बिरामी भएपछि उनी श्रीमानसँग उपचारका लागि भारतको नयाँदिल्ली गइन् । तर अस्पताल नपुग्दै भारतमा रहेका महिला बेचबिखन गर्ने दलालको फन्दामा परिन् ।
कुन्ता र शुकेबीच गाउँमा केही दिनअघि विवाद भएको थियो । कुन्ताले उजुरी गरेपछि इलाका प्रहरी कार्यालय डोगढीमा मेलमिलाप भएको थियो ।
भारतको नयाँदिल्ली पुगेपछि श्रीमान् सुकेले उपचार गर्न अस्पतालमा नलगी टेम्पो चालकको साथ लगाएर सडकमै छाडेर भागेको कुन्ताकुमारीले बताइन् ।
टेम्पो चालकसँग श्रीमानबारे सोध्दा उसले घर गइसकेको र सबै उपचार आफैंले गरिदिने बताएको कुन्ताको भनाइ छ । उसले आफूसँगै जाऊँ भनेर हातपात गर्न खोजेपछि सडकमै कराएको र उनले बताइन् । पैसा कमइ हुने ठाउँमा लैजाने, मीठोमसिनो दिने लोभ देखाएको कुन्ताको भनाइ छ । ‘धेरै बेरसम्म कराएपछि पुलिस आए र दलालबाट मलाई फुत्काए’, उनले भनिन् ।
पुलिसलाई सबै कुरा बताएपछि आफन्तसँग सम्पर्क गराएको उनले बताइन् । पुलिस आएपछि टेम्पो चालकसमेत भागेको उनले बताइन् । उनले नेपाल आएर प्रहरीमा उजुरी दिएकी छन् । तर श्रीमान् फरार छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

COMMENTS





Name

Featured अटो अपराध अर्थ वाणिज्य कृषि खेलकुद दुर्घटना देश देश परिवेश परिवेश पूर्व बैङ्क भिडियाे मनोरञ्जन राजनीति राजनीति परिवेश विदेश समसामियक समाचार समाज समाज अपराध समाज परिवेश स्वास्थ्य
false
ltr
item
गुरासँ एफ्.एम्.: बिहे गरेको तीन महिनामै श्रीमतीलाई दलालको जिम्मा
बिहे गरेको तीन महिनामै श्रीमतीलाई दलालको जिम्मा
http://www.onlinekhabar.com/wp-content/uploads/2017/09/kuntakumari.png
गुरासँ एफ्.एम्.
http://www.gurasfm.com/2017/09/blog-post_241.html
http://www.gurasfm.com/
http://www.gurasfm.com/
http://www.gurasfm.com/2017/09/blog-post_241.html
true
7688986134927037870
UTF-8
समाचार भेटाउन सकिएन सबै हेर्नुहोस थप पढ्नुहोस जवाफ दिनुहोस जवाफ नदिनुहोस हटाउनुहोस सर्जक गृह पेजहरू समाचारहरू सबै हेर्नुहोस तपाइको लागी ट्याग विगत खोज्नुहोस सबै खबरहरू तपाइले खोजे अनुसारको खबर पाउन सकिएन गृहमा फर्कनुहोस आइतबार सोमबार मङ्गल बुधबार बिहीबार शुक्रबार शनिबार आइत सोम मङ्गल बुध बिही शु्क्र शनि जनावरी फेब्रुअरी मार्च अप्रिल मे जुन जुलाइ अगस्ट सेप्टेम्वर अक्टुवर नोभेम्वर डिसेम्बर Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै १ मिनेट पहिले $$1$$ मिनेट पहिले 1 घण्टा पहिले $$1$$ घण्टा पहिले हिजो $$1$$ दिन पहिले $$1$$ हप्ता पहिले ५ हप्ता पहिले फलोबरहरू फलो गर्नुहोस । यो उत्कृष्ट सामग्री हो । ताला हटाउनका लागी बाढ्नुहोस् । सबै कोड कपि गर्नुहोस । सबै कोड Select गर्नुहोस् । All codes were copied to your clipboard कोडहरू कपि गर्न सकिएन, कृपया [CTRL]+[C] वा ( CMD+C सँग Mac) थिच्नुहोस ।