घर फर्किंदा सीमामा आइनपुग्दै लुटिन्छन् नेपाली

शेरबहादुर सिंह  भीमदत्तनगर - गतवर्ष दशँैंका लागि भारतको राजधानी दिल्लीबाट घर फर्किरहेका चितवन गितानगरका नीरबहादुर थापा पश्चिमी नाका गड...


शेरबहादुर सिंह 
भीमदत्तनगर - गतवर्ष दशँैंका लागि भारतको राजधानी दिल्लीबाट घर फर्किरहेका चितवन गितानगरका नीरबहादुर थापा पश्चिमी नाका गड्डाचौकीमा आफूसित भएको नगद र सामान लुटिएर अर्धचेत अवस्थामा नेपाल प्रहरीको सम्पर्कमा आइपुग्नुभयो । उहाँसित भएको रु ६७ हजार नगद, मोबाइल र साथमा रहेका लत्ताकपडा भारतमै लुटिएको थियो । 
कुरो गतवर्ष दशैँंमा घर फर्किन लागेका नीरबहादुरको मात्रै होइन । उहाँजस्तै सयाँैं नेपाली मजदुर गड्डाचौकी सिमानाका आई नपुग्दै लुटिइसकेका छन् । कुनै दशैँं पर्व विशेष भन्दा पनि रोजगारीका लागि भारतका विभिन्न स्थानमा जाने नेपाली चाडपर्वका बेला घर फर्किनेबेलामा हरेकवर्ष लुटिएका धेरै घटना भए पनि न्यूनीकरणको ठोस् पहल सरकारी तवरबाट भएको छैन । 
सोमबार मात्रै उत्तराखण्डको किच्चामा पाँच नेपाली रु तीनलाख नगदसहित लुटेरा समूहबाट लुटिएका छन् । भारतको बागेश्वरमा मजदुरी गरेर फर्किरहेका दैलेख तिलेपाटा नगरपालिका–५ का लक्ष्य नेपाली, नवराज नेपाल, भारत नेपाली, कमल नेपाली र रमेश सिँजापति नगदसहित लुटिएका हुन् । मादक पदार्थमा विभिन्न बेहोस् हुने औषधि सेवन गराएर लुटपाटका घटना भारतीय भूमिमा हुने गरेका छन् । 
लुटपाटका प्रायः घटनामा नेपालीभाषीसमेत संलग्न हुने गरेको प्रहरीको बुझाइ छ । यसपटक मात्रै दशैँं पर्व मनाउन घर फर्किरहेका नेपाली भारतको राजधानीमा रहेको आनन्दविहार बसपार्कदेखि सुरु भएको लुटिनेक्रम भीमदत्तनगरसम्म नै जारी रहेको छ । लुटेरा समूहको सिमाक्षेत्रमा बढी शिकार बन्दै आइरहेका नेपाली भारतीय प्रहरी र भन्सारकर्मीबाट समेत ठगिने गरेका छन् । 
सामानको चेकजाँचका नाउँमा मजदुरी गरेर फर्किने नेपालीबाट उनीहरुले रकम असुल्ने गरेका छन् । ‘भारतीय एसएसबीले त चेकजाँच मात्र गर्छ,’ भीमदत्तनगरका एक स्थानीयवासीले भन्नुभयो–“भारतीय कष्टमका कर्मचारी त नेपाली लुट्नकै लागि बसेका हुन् भन्दा फरक नपर्ला ।” उनीहरुले मानसिकरुपले समेत तनाव दिने गरेको उहाँले बताउनुभयो । 
चाडपर्वको खुसी परिवारसित साट्न नपाउँदै सिमानाकाबाट रित्तोहात दुखः बोकेर घर फर्किने नेपालीको पीडामा मलम लगाउन स्थानीय प्रशासनले समेत पहलकदमी चालेको देखिँदैन । 
गड्डाचौकीमा खटिएको प्रहरीले पछिल्लो समय लुटपाटका घटनामा कमी आएको दाबी गरेपनि लुटपाट भने रोकिएको छैन । ‘भारतमै नेपालीबाटै पनि कतिपय मजदुर लुटिएका छन् ।’ इलाका प्रहरी कार्यालय, गड्डाचौकीका प्रहरी सहायक निरीक्षक करनसिंह धामीले भन्नुभयो–“हामीले सिमाक्षेत्रमा सवारीसाधनवाला र टाँगा चालकमाथि पनि निगरानी बढाएका छौं ।” 
सिमानाकामा आवतजावत गर्ने समयमा मजदुरी गर्नेहरु लुटिनु नियती जस्तै बनेको छ । भारतको उत्तराखण्डस्थित पौडी गड्वालबाट मजदुरी गरेर घर फर्किंदै गरेका सल्यान मर्माका देवबहादुर राना, दलबीर राना र नन्दराम राना भीमदत्तनगरपालिका–९ मा रहेको ब्रह्मदेव बजारमा नेपालीबाटै लुटिएका थिए । 
सो समूहसित रहेका गंगाराम रानाले मादक पदार्थ सेवन गराएर लुटपाट गरेको बताउनुभयो । सुदूरपश्चिम र मध्यपश्चिमका नागरिक बढी संख्यामा यो नाका भएर भारत रोजगारीका लागि जानेगरेका छन् । 
यहाँका बेरोजगार युवा कामको समयमा घर आउने र फुर्सदका बेला भारत जाने गरेको दशकौं बितिसक्यो । जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीले सिमाक्षेत्रमा लुटपाटमा कमी आएको बताउनुभयो । 
‘हिजो पनि पाँच नेपाली सीमाभन्दा करिब ८० किलोमिटर परै भारतमा नेपालीबाटै लुटिएका हुन् ।’ उहाँले भन्नुभयो–“उनीहरुलाई नेपालीले नै चिसोमा बेहोस् हुने औषधि मिसाएर लुटेका हुन् ।” उहाँले सिमाक्षेत्रमा खटिएका भारतीय सुरक्षा निकायसित पनि लुटपाटलगायतका आपराधिक घटना हुननदिन समन्वय भइरहेको बताउनुभयो । 
त्यसैगरी, कञ्चनपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष जंगबहादुर मल्ल चाडपर्वका बेला घर फर्किंदा नेपालीले स्वयं सचेत हुनुपर्नेमा जोड दिनुहुन्छ । 
उहाँले विगतको भन्दा सिमाक्षेत्रमा नेपाली लुटिने क्रममा कमी आएको बताउँदै अझै पनि विभिन्न बहानामा ठगिने क्रम न्यूनीकरण भइनसकेको बताउनुभयो । राष्ट्रिय समाचार समिति

COMMENTS





Name

Featured अटो अपराध अर्थ वाणिज्य कृषि खेलकुद दुर्घटना देश देश परिवेश परिवेश पूर्व बैङ्क भिडियाे मनोरञ्जन राजनीति राजनीति परिवेश विदेश समसामियक समाचार समाज समाज अपराध समाज परिवेश स्वास्थ्य
false
ltr
item
गुरासँ एफ्.एम्.: घर फर्किंदा सीमामा आइनपुग्दै लुटिन्छन् नेपाली
घर फर्किंदा सीमामा आइनपुग्दै लुटिन्छन् नेपाली
गुरासँ एफ्.एम्.
http://www.gurasfm.com/2017/09/blog-post_187.html
http://www.gurasfm.com/
http://www.gurasfm.com/
http://www.gurasfm.com/2017/09/blog-post_187.html
true
7688986134927037870
UTF-8
समाचार भेटाउन सकिएन सबै हेर्नुहोस थप पढ्नुहोस जवाफ दिनुहोस जवाफ नदिनुहोस हटाउनुहोस सर्जक गृह पेजहरू समाचारहरू सबै हेर्नुहोस तपाइको लागी ट्याग विगत खोज्नुहोस सबै खबरहरू तपाइले खोजे अनुसारको खबर पाउन सकिएन गृहमा फर्कनुहोस आइतबार सोमबार मङ्गल बुधबार बिहीबार शुक्रबार शनिबार आइत सोम मङ्गल बुध बिही शु्क्र शनि जनावरी फेब्रुअरी मार्च अप्रिल मे जुन जुलाइ अगस्ट सेप्टेम्वर अक्टुवर नोभेम्वर डिसेम्बर Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै १ मिनेट पहिले $$1$$ मिनेट पहिले 1 घण्टा पहिले $$1$$ घण्टा पहिले हिजो $$1$$ दिन पहिले $$1$$ हप्ता पहिले ५ हप्ता पहिले फलोबरहरू फलो गर्नुहोस । यो उत्कृष्ट सामग्री हो । ताला हटाउनका लागी बाढ्नुहोस् । सबै कोड कपि गर्नुहोस । सबै कोड Select गर्नुहोस् । All codes were copied to your clipboard कोडहरू कपि गर्न सकिएन, कृपया [CTRL]+[C] वा ( CMD+C सँग Mac) थिच्नुहोस ।