मधेश आन्दोलनकै उद्गमस्थलमा राजपाको शून्य परिणाम

लहान - मधेश आन्दोलनको उद्गमस्थलरुपमा रहेको सिरहामा राष्ट्रिय जनता पार्टी नेपाल राजपा र नेपाल लोकतान्त्रिक फोरमले स्थानीय तह निर्वाचनमा एउ...


लहान - मधेश आन्दोलनको उद्गमस्थलरुपमा रहेको सिरहामा राष्ट्रिय जनता पार्टी नेपाल राजपा र नेपाल लोकतान्त्रिक फोरमले स्थानीय तह निर्वाचनमा एउटा पनि स्थानीय तह जित्न नसक्दा नेता कार्यकर्ता निराश बनेका छन् ।
मधेश आन्दोलनकै क्रममा विभिन्न पाँच वटा मधेश केन्द्रित दल मिलेर बनेको राजपा मधेश आन्दोलनकै उद्गमस्थल सिरहामा नराम्रोसँग पराजित भएपछि नेता कार्यकर्तामा निराशा छाएको हो ।
राजपा अध्यक्ष मण्डलका अध्यक्ष राजकिशोर यादव, राजपाका नेता रामुकमार मण्डल लगायतका केन्द्रीय नेताको गृह जिल्लासमेत रहेको सिरहामा १७ स्थानीय तहमध्ये एउटा पनि स्थानीय तह जित्न नसक्दा नेता कार्यकर्ता मात्र होइन, सर्वसाधारणसमेत आश्चर्य चकित भएका छन् ।
आन्दोलनकै गर्भबाट जन्मेको राजपाले आन्दोलनकै उद्गमस्थलमा नराम्ररी हार्नुले आफूहरु आश्चर्यमा परेको सर्वसाधारण बताउँछन् ।
राजपाका नेताबीच टिकट वितरणमा भएको किचलो, ढिलो गरी चुनावमा जाने निर्णय गर्नुजस्ता कारणले राजपा यहाँ नराम्ररी पराजित भएको लहान नगरपालिका– ८ का सत्यनारायण चौधरी बताउँछन् । उनी भन्छन्, “समयमा उपयुक्त उम्मेदवार तय गर्न सकेको भए, यस्तो नराम्रो राजपाको परिणाम आउने थिएन, यसमा धेरै कमीकमजोरी भएको छ ।”
सर्वसाधारण मात्र होइन, स्वयं राजपाका नेतासमेत आफ्नै कमीकमजोरीका कारण चुनावमा अकल्पनीय परिणाम आएको स्वीकार्छन् ।
निर्वाचन हुनुभन्दाअघिसम्म हाम्रो यस्तो नराम्रो परिणाम आउँछ, जस्तो लागेको थिएन, राजपा नेपाल सिरहाका अध्यक्ष रामबहादुर महतोले भने, “तर अहिले जसरी परिणाम आयो, यो परिणामबाट हामी आश्चर्यमा परेका छाँै ।” धेरै नभए पनि सिरहामा तीन÷चार वटा स्थानीय तह जित्छौँ, भन्ने लागेको थियो, तर त्यो हुन सकेन, उहाँले अगाडि थप्नुभयो, “हामी लामो समयसम्म आन्दोलनमै रह्याँै, अर्को कुरा आन्दोलनकै बीचमा पार्टीले ढिलोगरी चुनावमा जाने निर्णय ग¥यो, जसका कारण सही ढंगले उम्मेदवार चयन गर्न सकेनौँ, हतारहतारमा चुनाव लड्नुपर्नेजस्ता कारणले हामीले सिरहामा नमिठो हार बेहोर्नु प¥यो ।”
अहिलेको चुनावमा भएको कमीकजोरीबाट पाठ सिकेर अगामी मंसिरमा हुने चुनावमा बढी सिट जित्ने गरी तयारीमा जुटेको बताउँछन् ।
यस्तै सत्ताघटक नेपाल लोकतान्त्रिक फोरमले पनि सिरहामा खाता खोल्न सकेन । निर्वाचनको पूर्वसन्ध्यामा पार्टीका अध्यक्ष एवं उपप्रधानमन्त्री विजयकुमार गच्छदारले सिरहामा पार्टीलाई जिताउन ठूलै प्रयास गरे तर उनको प्रयास सार्थक हुन नसक्दा नेता कार्यकर्तामा निराशा छाएको छ । दोस्रो संविधानसभा निर्वाचनमा सिरहाको चार वटा क्षेत्र जितेको नेपाली काँग्रेस स्थानीय तह निर्वाचनमा मात्र दुई वटा स्थानीय तह जित्न सफल भएको छ ।
काँग्रेस कोषाध्यक्ष सीतादेवी यादव, पूर्वकोषाध्यक्ष चित्रलेखा यादव, प्रभावशाली नेता प्रदीप गिरी, पद्मनारायण चौधरीजस्ता काँग्रेसका प्रभावशाली नेताको गृह जिल्लासमेत रहेको सिरहामा काँग्रेस कमजोर भएको काँग्रेसीजनको बुझाइ छ ।
पार्टीभित्र देखिएको गुटउपगुट, समयमा उम्मेदवार चयन हुन नसक्नु, उम्मेदवार चयनमा देखिएको तीव्र विवाद लगायतका कारणले जिल्लामा पार्टीले धेरै स्थानीय तह गुमाउनुपरेको काँग्रेसका नेता बताउछन् ।
असोज २ गते सम्पन्न स्थानीय तह निर्वाचनमा राजपा र नेपाल लोकतान्त्रिक फोरमले सिरहामा खाता खोल्न नसक्दा यसको फाइदा नेकपा माओवादी केन्द्र र संघीय समाजवादी फोरम नेपालले उठाएको देखिन्छ ।
दोस्रो संविधानसभा निर्वाचनमा सिरहाको छ वटा निर्वाचन क्षेत्रमध्ये एउटामा मात्र जित्न सकेको माओवादीले स्थानीय तह निर्वाचनमा सबैभन्दा बढी छ वटा स्थानीय तहमा जीत हासिल गर्दै पहिलो शक्ति बनेको हो ।
सिरहाको १७ वटै स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक हँुदा पाँच वटा स्थानीय तह जित्दै संघीय समाजवादी फोरम दोस्रो, चार वटा स्थानीय तह जितेको नेकपा एमाले तेस्रो र दुई वटा स्थानीय तह जितेको नेपाली काँग्रेस चौथोमा खुम्चिएको छ । निर्वाचन दलको परीक्षण हुने प्रक्रिया भएकाले अहिलेको निर्वाचनमा भएका कमीकमजोरीबाट पाठ सिक्दै संगठन सुदृढीकरण र आगामी निर्वाचन आफ्नो पक्षमा पार्ने गरी तयारी थाल्नु जरुरी रहेको बुद्धिजीवीको भनाइ छ । ratopati

COMMENTS





Name

Featured अटो अपराध अर्थ वाणिज्य कृषि खेलकुद दुर्घटना देश देश परिवेश परिवेश पूर्व बैङ्क भिडियाे मनोरञ्जन राजनीति राजनीति परिवेश विदेश समसामियक समाचार समाज समाज अपराध समाज परिवेश स्वास्थ्य
false
ltr
item
गुरासँ एफ्.एम्.: मधेश आन्दोलनकै उद्गमस्थलमा राजपाको शून्य परिणाम
मधेश आन्दोलनकै उद्गमस्थलमा राजपाको शून्य परिणाम
गुरासँ एफ्.एम्.
http://www.gurasfm.com/2017/09/blog-post_166.html
http://www.gurasfm.com/
http://www.gurasfm.com/
http://www.gurasfm.com/2017/09/blog-post_166.html
true
7688986134927037870
UTF-8
समाचार भेटाउन सकिएन सबै हेर्नुहोस थप पढ्नुहोस जवाफ दिनुहोस जवाफ नदिनुहोस हटाउनुहोस सर्जक गृह पेजहरू समाचारहरू सबै हेर्नुहोस तपाइको लागी ट्याग विगत खोज्नुहोस सबै खबरहरू तपाइले खोजे अनुसारको खबर पाउन सकिएन गृहमा फर्कनुहोस आइतबार सोमबार मङ्गल बुधबार बिहीबार शुक्रबार शनिबार आइत सोम मङ्गल बुध बिही शु्क्र शनि जनावरी फेब्रुअरी मार्च अप्रिल मे जुन जुलाइ अगस्ट सेप्टेम्वर अक्टुवर नोभेम्वर डिसेम्बर Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै १ मिनेट पहिले $$1$$ मिनेट पहिले 1 घण्टा पहिले $$1$$ घण्टा पहिले हिजो $$1$$ दिन पहिले $$1$$ हप्ता पहिले ५ हप्ता पहिले फलोबरहरू फलो गर्नुहोस । यो उत्कृष्ट सामग्री हो । ताला हटाउनका लागी बाढ्नुहोस् । सबै कोड कपि गर्नुहोस । सबै कोड Select गर्नुहोस् । All codes were copied to your clipboard कोडहरू कपि गर्न सकिएन, कृपया [CTRL]+[C] वा ( CMD+C सँग Mac) थिच्नुहोस ।