भ्रष्टाचार गरेको प्रभाणित भए गोपाल खड्कालाई कारबाही गर्छुः आपूर्तिमन्त्री

१७ भदौ, काठमाडौं । आपूर्तिमन्त्री शिवकुमार मण्डलले नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्काले अनियमितता गरेको भए कारबाही गरिने बता...

१७ भदौ, काठमाडौं । आपूर्तिमन्त्री शिवकुमार मण्डलले नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्काले अनियमितता गरेको भए कारबाही गरिने बताएका छन् ।
आयल निगमको जग्गा खरिद प्रक्रियामा निर्देशक खड्काले भ्रष्टाचार गरेको आरोपबारे बोल्दै मन्त्री मण्डलले भने, ‘अनियमितता गरेको प्रमाणित भएमात्रै कारवाही हुन्छ, अहिले नै मैले केही भन्न मिल्दैन ।’
रिपोर्टस क्लवमा शनिबार आयोजित साक्षात्कारमा उनले संसदको सार्वजनिक लेखा समितिमा अनियमितताको विषयमा केहि कमजोरी रहेको ठहर गर्दै अख्तियारमा पत्र पठाएको सुनेको तर मन्त्रालयमा बोधार्थ नआएको बताए ।
आयल निगमका कार्यकारी प्रमुखलाई कारबाही नै नगर्ने भनेर आफूले कहिल्यै नभनेको मन्त्री मण्डलले जिकिर गरे । उनले थपे, ‘तथ्य र प्रमाणले दोषी ठहरिए कारवाही हुन्छ, दोषी ठहरिए कारवाहीगर्ने कुरामा हामी कुनै हालतमा कम्प्रोमाइज गर्दैनौं ।’
त्यस्तै मन्त्री मण्डलले चाडपर्वको समयमा कृत्रिम अभाव, कालोबजारी र खाद्यान्नमा मिसावट गर्ने उद्योगपति, व्यापारीलाई कडाभन्दा कडा कारवाही गर्ने चेतावनी दिएका छन् ।
साक्षात्कारमा बोल्दै मन्त्री मण्डलले खाद्यान्नमा नाम चलेका ब्राण्डहरुले नै मिसावट गरेको भन्ने कुरा आफूहरुले थाहा पाएकोले त्यसको लागि ‘ल्याब टेष्ट’ गरेर प्रमाणित भए कारवाही गर्ने स्पष्ट पारे ।
उनले भने, ‘जनताको जीवनसँग प्रत्यक्ष जोडिएका अतिआवश्यक वस्तुहरुमा मिसावट गर्नेलाई हामी कुनै पनि हालतमा उन्मुक्ति दिँदैनौं, ठूला ठुला उद्योगपतिहरु कालोबजारीया, कृत्रिमअभाव र खाद्यान्नमा मिसावट गरेको भन्ने कुरा थाहा पाएका छौं, अब उनीहरुको नाम हामी छिट्टै सार्वजनिक गर्छौं र, कानूनी दायरामा ल्याएरै छाड्छौं ।’

COMMENTS





Name

Featured अटो अपराध अर्थ वाणिज्य कृषि खेलकुद दुर्घटना देश देश परिवेश परिवेश पूर्व बैङ्क भिडियाे मनोरञ्जन राजनीति राजनीति परिवेश विदेश समसामियक समाचार समाज समाज अपराध समाज परिवेश स्वास्थ्य
false
ltr
item
गुरासँ एफ्.एम्.: भ्रष्टाचार गरेको प्रभाणित भए गोपाल खड्कालाई कारबाही गर्छुः आपूर्तिमन्त्री
भ्रष्टाचार गरेको प्रभाणित भए गोपाल खड्कालाई कारबाही गर्छुः आपूर्तिमन्त्री
https://4.bp.blogspot.com/-OXyhFCcHE9s/WaqmgDOQ61I/AAAAAAAAAF0/SKK151ZSBewXE3CACcZD88OwT0pE617EACLcBGAs/s640/shivakumar-mandal%2Bcopy.jpg
https://4.bp.blogspot.com/-OXyhFCcHE9s/WaqmgDOQ61I/AAAAAAAAAF0/SKK151ZSBewXE3CACcZD88OwT0pE617EACLcBGAs/s72-c/shivakumar-mandal%2Bcopy.jpg
गुरासँ एफ्.एम्.
http://www.gurasfm.com/2017/09/blog-post_16.html
http://www.gurasfm.com/
http://www.gurasfm.com/
http://www.gurasfm.com/2017/09/blog-post_16.html
true
7688986134927037870
UTF-8
समाचार भेटाउन सकिएन सबै हेर्नुहोस थप पढ्नुहोस जवाफ दिनुहोस जवाफ नदिनुहोस हटाउनुहोस सर्जक गृह पेजहरू समाचारहरू सबै हेर्नुहोस तपाइको लागी ट्याग विगत खोज्नुहोस सबै खबरहरू तपाइले खोजे अनुसारको खबर पाउन सकिएन गृहमा फर्कनुहोस आइतबार सोमबार मङ्गल बुधबार बिहीबार शुक्रबार शनिबार आइत सोम मङ्गल बुध बिही शु्क्र शनि जनावरी फेब्रुअरी मार्च अप्रिल मे जुन जुलाइ अगस्ट सेप्टेम्वर अक्टुवर नोभेम्वर डिसेम्बर Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै १ मिनेट पहिले $$1$$ मिनेट पहिले 1 घण्टा पहिले $$1$$ घण्टा पहिले हिजो $$1$$ दिन पहिले $$1$$ हप्ता पहिले ५ हप्ता पहिले फलोबरहरू फलो गर्नुहोस । यो उत्कृष्ट सामग्री हो । ताला हटाउनका लागी बाढ्नुहोस् । सबै कोड कपि गर्नुहोस । सबै कोड Select गर्नुहोस् । All codes were copied to your clipboard कोडहरू कपि गर्न सकिएन, कृपया [CTRL]+[C] वा ( CMD+C सँग Mac) थिच्नुहोस ।