सात दिनकी सुत्केरीलाइ छाडि युवती लिएर बेपत्ता

  दमक । सात दिनकी सुत्केरी श्रीमतीलाई अलपत्र पारेर अर्कै युवती लिइ एक युवक बेपत्ता बनेका छन् । झापा दमक नगरपालिका ५ का २८ वर्षीय रेवत कट...

 
दमक सात दिनकी सुत्केरी श्रीमतीलाई अलपत्र पारेर अर्कै युवती लिइ एक युवक बेपत्ता बनेका छन् । झापा दमक नगरपालिका ५ का २८ वर्षीय रेवत कट्वालले अन्जली खान नामकी युवतीलाई लिएर फरार भएका हुन् । विर्तामोड–६ स्थित नमूना होटलमा कार्यरत अन्जलीसँग रेवतको लामो समयदेखि अवैध सम्बन्ध रहँदै आएको केटा पक्षको पारिवारिक स्रोतले जनाएको छ । रेवतले ससुरालीबाट प्राप्त नगद र सुनचाँदीसमेत लिएर फरार भएका हुन् ।
रेवतका ससुराली पक्षले उनको खोजी कार्य गरी आफ्नी छोरीको दयनीय अवस्थालाई सामान्य बनाइदिन दमक प्रहरीमा उजुरी गरेका छन् । मोबाइल स्वीच अफ गरेका रेवत र अन्जली काठमाडौंको बालाजुमा रहेको बताइएको छ । यद्यपि, उनी बालाजुको कुन ठाउँमा छन् भन्ने खुल्न सकेको छैन । नवजात शिशुका साथमा जीवन व्यतीत गरिरहेकी सुत्केरी महिलालाई उचित स्याहार नहुँदा आमा छोरा दुवैको अवस्था नाजुक बन्दै गएको छ ।
एकातिर सुत्केरी आमाको पीडा त छँदैछ, अर्कातर्फ ७ वर्षीय जेठो छोराको बायाँ खुट्टा भाचिएको अवस्था छ । उनको पनि भनेजस्तो उपचार नहुँदा कठिनाइ भएको पीडित महिलाले बताइन् । प्रहरीलाई हारगुहार गर्दा पनि खोजी कार्य सुस्त बनेको पीडित परिवारको भनाइ छ । फरार रेवत र अन्जलीलाई तुरून्त खोजी गरिदिन उनीहरूले प्रहरीसमक्ष अनुरोध गरेका छन् ।

COMMENTS





Name

Featured अटो अपराध अर्थ वाणिज्य कृषि खेलकुद दुर्घटना देश देश परिवेश परिवेश पूर्व बैङ्क भिडियाे मनोरञ्जन राजनीति राजनीति परिवेश विदेश समसामियक समाचार समाज समाज अपराध समाज परिवेश स्वास्थ्य
false
ltr
item
गुरासँ एफ्.एम्.: सात दिनकी सुत्केरीलाइ छाडि युवती लिएर बेपत्ता
सात दिनकी सुत्केरीलाइ छाडि युवती लिएर बेपत्ता
http://blastkhabar.com/wp-content/uploads/2017/09/iaj.png
गुरासँ एफ्.एम्.
http://www.gurasfm.com/2017/09/blog-post_14.html
http://www.gurasfm.com/
http://www.gurasfm.com/
http://www.gurasfm.com/2017/09/blog-post_14.html
true
7688986134927037870
UTF-8
समाचार भेटाउन सकिएन सबै हेर्नुहोस थप पढ्नुहोस जवाफ दिनुहोस जवाफ नदिनुहोस हटाउनुहोस सर्जक गृह पेजहरू समाचारहरू सबै हेर्नुहोस तपाइको लागी ट्याग विगत खोज्नुहोस सबै खबरहरू तपाइले खोजे अनुसारको खबर पाउन सकिएन गृहमा फर्कनुहोस आइतबार सोमबार मङ्गल बुधबार बिहीबार शुक्रबार शनिबार आइत सोम मङ्गल बुध बिही शु्क्र शनि जनावरी फेब्रुअरी मार्च अप्रिल मे जुन जुलाइ अगस्ट सेप्टेम्वर अक्टुवर नोभेम्वर डिसेम्बर Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै १ मिनेट पहिले $$1$$ मिनेट पहिले 1 घण्टा पहिले $$1$$ घण्टा पहिले हिजो $$1$$ दिन पहिले $$1$$ हप्ता पहिले ५ हप्ता पहिले फलोबरहरू फलो गर्नुहोस । यो उत्कृष्ट सामग्री हो । ताला हटाउनका लागी बाढ्नुहोस् । सबै कोड कपि गर्नुहोस । सबै कोड Select गर्नुहोस् । All codes were copied to your clipboard कोडहरू कपि गर्न सकिएन, कृपया [CTRL]+[C] वा ( CMD+C सँग Mac) थिच्नुहोस ।