जनप्रतिनिधिलाई गाडी सुविधा दिने अव सरकारको तयारी

२५ भदौ, काठमाडौं । सरकारले स्थानीय जनप्रतिनिधिहरुलाई गाडी सुविधा दिने तयारी थालेको छ । स्थानीय विकास मन्त्रालयले स्थानीय तहका जनप्रतिनिधि...

२५ भदौ, काठमाडौं । सरकारले स्थानीय जनप्रतिनिधिहरुलाई गाडी सुविधा दिने तयारी थालेको छ । स्थानीय विकास मन्त्रालयले स्थानीय तहका जनप्रतिनिधिलाई कसरी कस्तो खालको सवारी सुविधा दिन सकिन्छ भन्नेबारे छलफल थालेको हो ।
कुन स्थानीय तहका लागि कति गाडी चाहिन्छ भन्ने अध्ययन सुरु भएको मन्त्रालयले जनाएको छ । स्थानीय तहको अवस्थिति, क्षमता, भूगोल, आवश्यता र सेवाग्राहीको चापको आधारमा यो सुविधा दिने योजना मन्त्रालयको छ ।
निर्वाचन लगतै थुप्रै स्थानीय तहका जनप्रतिनिधिले विलासी गाडी सुविधा लिन प्रयत्न गरेका थिए । केहीले त आफ्ना लागि नयाँ गाडी किनेर ल्याइसकेका छन् भने कतिपयले महिनामा लाखभन्दा बढी खर्चेर भाडामा सवारी लिएका छन् ।
स्थानीय विकास मन्त्रालयले भने पटकपटक गाडी सुविधा दिन सरकार आफैंले प्रयत्न गरिरहेको भन्दै स्थानीय तहको बजेट त्यसमा खर्च नगर्न भनेको थियो ।
स्थानीय मन्त्रालयका प्रवक्ता रुद्रसिंह तामाङका अनुसार जनप्रतिनिधिलाई गाडीको सुविधा दिन ३ वटा विकल्पमा छलफल भइरहेको छ । ‘अहिले नै गाडी किन्न हामीसँग बजेट छैन । हामीले भएका र सम्भाब्य स्रोतबाट व्यवस्थापनका लागि पहल सुरु गरेका हौं’ प्रवक्ता तामाङले  भने, ‘गाडी सुविधा सबै स्थानीय तहले पाइहाल्ने होइन । हामी क्रमैसँग सहज रुपमा व्यवस्थापन गर्न सकिने स्थानबाट यो काम सुरु गर्छौं ।’
पहिलो विकल्पका रुपमा जिल्लास्थित सरकारी कार्यालयहरुको प्रयोगविहीन गाडी उपलब्ध गराउने प्रयास गरिनेछ । जिल्लास्थित विभिन्न कार्यालयहरुले प्रयोग गरिरहेका केही गाडी अब स्थानीय तहलाई दिन सकिने अवस्था रहेको तामाङले बताए ।
सरकारले विभिन्न शीर्षकका बजेट सीधै स्थानीय तहमा पुर्याएपछि जिल्ला समन्वय समिति, कृषि विकास कार्यालय, जिल्ला शिक्षा कार्यालयलगायत थुप्रै महत्वपूर्ण कार्यालयहरु कामको चापबाट मुक्त छन् । त्यहाँ प्रयोग भइरहेका र प्रयोग हुन नसकेका गाडी गाउँपालिका तथा नगरपालिकालाई उपलब्ध गराउन सकिने अवस्था छ । यसबारे एकीन गर्न मन्त्रालयले अध्ययन थालेको हो ।
त्यसैगरी जिल्लास्थित विभिन्न परियोजनाका गाडी पनि स्थानीय तहलाई दिन सकिन्छ कि भनेर पनि मन्त्रालयले छलफल थालेको छ । स्थानीय तहमा हस्तान्तरण भएका कार्यक्रम तथा परियोजनाका गाडी दिने योजना बनाइएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले सबै मन्त्रालयलाई यस्ता साना कार्यक्रम तथा परियोजना भदौभित्रै स्थानीय ततहलाई हस्तान्तरण गर्न निर्देशन दिइसकेका छन् ।
साथै विभिन्न जिल्लामा सञ्चालित जलविद्युत लगायत विकास आयोजनाका गाडी पनि जनप्रतिनिधलाई उपलब्ध गराउन सकिने/नसकिनेबारे छलफल अघि बढाइएको छ ।
आन्तरिक स्रोतबाट सम्भव नभए गाडीका लागि दातृ निकायसँग छलफल गर्ने सरकारले बताएको छ ।
स्थानीय विकास मन्त्रालयले आफ्नो स्रोत भएका स्थानीय तहलाई गाडी किन्ने रोक लगाएको छैन । तर, गाडी खरिदलाई प्राथमिकता नदिने भनेको छ ।

COMMENTS





Name

Featured अटो अपराध अर्थ वाणिज्य कृषि खेलकुद दुर्घटना देश देश परिवेश परिवेश पूर्व बैङ्क भिडियाे मनोरञ्जन राजनीति राजनीति परिवेश विदेश समसामियक समाचार समाज समाज अपराध समाज परिवेश स्वास्थ्य
false
ltr
item
गुरासँ एफ्.एम्.: जनप्रतिनिधिलाई गाडी सुविधा दिने अव सरकारको तयारी
जनप्रतिनिधिलाई गाडी सुविधा दिने अव सरकारको तयारी
गुरासँ एफ्.एम्.
http://www.gurasfm.com/2017/09/8.html
http://www.gurasfm.com/
http://www.gurasfm.com/
http://www.gurasfm.com/2017/09/8.html
true
7688986134927037870
UTF-8
समाचार भेटाउन सकिएन सबै हेर्नुहोस थप पढ्नुहोस जवाफ दिनुहोस जवाफ नदिनुहोस हटाउनुहोस सर्जक गृह पेजहरू समाचारहरू सबै हेर्नुहोस तपाइको लागी ट्याग विगत खोज्नुहोस सबै खबरहरू तपाइले खोजे अनुसारको खबर पाउन सकिएन गृहमा फर्कनुहोस आइतबार सोमबार मङ्गल बुधबार बिहीबार शुक्रबार शनिबार आइत सोम मङ्गल बुध बिही शु्क्र शनि जनावरी फेब्रुअरी मार्च अप्रिल मे जुन जुलाइ अगस्ट सेप्टेम्वर अक्टुवर नोभेम्वर डिसेम्बर Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै १ मिनेट पहिले $$1$$ मिनेट पहिले 1 घण्टा पहिले $$1$$ घण्टा पहिले हिजो $$1$$ दिन पहिले $$1$$ हप्ता पहिले ५ हप्ता पहिले फलोबरहरू फलो गर्नुहोस । यो उत्कृष्ट सामग्री हो । ताला हटाउनका लागी बाढ्नुहोस् । सबै कोड कपि गर्नुहोस । सबै कोड Select गर्नुहोस् । All codes were copied to your clipboard कोडहरू कपि गर्न सकिएन, कृपया [CTRL]+[C] वा ( CMD+C सँग Mac) थिच्नुहोस ।