धरान– विराटनगर रेल जोड्ने बहस सुरु

धरान । धरान र विराटनगरलाई रेलले जोड्ने विषय औपचारिक रुपमा बहसमा आएको छ । धरानकी उपमेयर मञ्जु भण्डारीले विराटगनरबाट धरान हुँदै धनकुटासम्...

धरान धरान र विराटनगरलाई रेलले जोड्ने विषय औपचारिक रुपमा बहसमा आएको छ । धरानकी उपमेयर मञ्जु भण्डारीले विराटगनरबाट धरान हुँदै धनकुटासम्म रेल चलाउने योजना रहेको बताएकी छन् । धरान जागर अभियानले आयोजना गरेको जागरण सभामा बोल्दै उनले धरान बिराटनगर रेल चलाउन सकियो भने यो क्षेत्रको आर्थिक कायापलट हुने बताइन् ।
धरान जागरण अभियानकी संयोजक मनिता घिमिरेले विराटनगरबाट धरान हुँदै चतरासम्म रेल चलाउने धारणा राखिन । यो परियोजनाका लागि सजिलैसँग बजेट जुट्ने भएकोले अब धरान जागरण अभियानले सुझाउने उल्लेख गरिन् । उनले धरान विराटनगर रेल चलाउन अभियानले जोडदार आवाज उठाउने बताइन् ।
मनिताले धरान सुतेको छ त्यसैले जगाउन आवश्यक छ भन्दै धरान जागरण अभियानले अब धरानको राजनीतिक, सामाजिक, सांस्कृतिक तथा यावत क्षेत्रमा हस्तक्षेपकारी भूमिका निर्वाह गर्ने बताइन् । माओवादी नेता अइन्द्रविक्रम वेघाले भने रेलको चर्चा गरेनन् । उनले मञ्जुलाई लाक्षणिक कटाक्ष गर्दै भने, ‘योजना नै नाथे त हामीसँग पनि कति छ कति तर लागू गर्ने ठाउँमा पुगिएको छैन । धरानलाई सपनाको सहर बनाउने योजना हामीसँग थियो तर लागू गर्न सकिएन ।’
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक नारायणराज भट्टराईले धरानमा मात्र होइन नेपालमै भिजनको कुनै अभाव नभएको बताए । यस्ता भिजन जति भने पनि छन् तर अभाव अर्कै चिजको छ । अभाव हो मिशनको । भिजनलाई लागू गर्ने मिशन चाहिएको बताए ।
कांग्रेसका धरान नगर सचिव श्याम पोखरेलले धरान तलतल झर्दै डेड सिटी बन्ने खतरा भएकोले यसमा सबै दल र राजनीतिकर्मीहरु गम्भीर बन्न आवश्यक रहेको बताए ।

COMMENTS





Name

Featured अटो अपराध अर्थ वाणिज्य कृषि खेलकुद दुर्घटना देश देश परिवेश परिवेश पूर्व बैङ्क भिडियाे मनोरञ्जन राजनीति राजनीति परिवेश विदेश समसामियक समाचार समाज समाज अपराध समाज परिवेश स्वास्थ्य
false
ltr
item
गुरासँ एफ्.एम्.: धरान– विराटनगर रेल जोड्ने बहस सुरु
धरान– विराटनगर रेल जोड्ने बहस सुरु
https://farm5.staticflickr.com/4337/36993189081_d56f9740a4_z.jpg
गुरासँ एफ्.एम्.
http://www.gurasfm.com/2017/09/7.html
http://www.gurasfm.com/
http://www.gurasfm.com/
http://www.gurasfm.com/2017/09/7.html
true
7688986134927037870
UTF-8
समाचार भेटाउन सकिएन सबै हेर्नुहोस थप पढ्नुहोस जवाफ दिनुहोस जवाफ नदिनुहोस हटाउनुहोस सर्जक गृह पेजहरू समाचारहरू सबै हेर्नुहोस तपाइको लागी ट्याग विगत खोज्नुहोस सबै खबरहरू तपाइले खोजे अनुसारको खबर पाउन सकिएन गृहमा फर्कनुहोस आइतबार सोमबार मङ्गल बुधबार बिहीबार शुक्रबार शनिबार आइत सोम मङ्गल बुध बिही शु्क्र शनि जनावरी फेब्रुअरी मार्च अप्रिल मे जुन जुलाइ अगस्ट सेप्टेम्वर अक्टुवर नोभेम्वर डिसेम्बर Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै १ मिनेट पहिले $$1$$ मिनेट पहिले 1 घण्टा पहिले $$1$$ घण्टा पहिले हिजो $$1$$ दिन पहिले $$1$$ हप्ता पहिले ५ हप्ता पहिले फलोबरहरू फलो गर्नुहोस । यो उत्कृष्ट सामग्री हो । ताला हटाउनका लागी बाढ्नुहोस् । सबै कोड कपि गर्नुहोस । सबै कोड Select गर्नुहोस् । All codes were copied to your clipboard कोडहरू कपि गर्न सकिएन, कृपया [CTRL]+[C] वा ( CMD+C सँग Mac) थिच्नुहोस ।