उपत्यकामा फोहरको थुप्रो, महानगरले फोहर व्यवस्थापन गर्न सकेन

२४ भदौ, काठमाडौं। उपत्यकाका नदी र चक्रपथ सफाइ गरी जम्मा गरिएको फोहर नदी किनार एवं सडकमै थुपारिएको छ । एक साता अघिदेखि काठमाडौँ महानगरप...

२४ भदौ, काठमाडौं। उपत्यकाका नदी र चक्रपथ सफाइ गरी जम्मा गरिएको फोहर नदी किनार एवं सडकमै थुपारिएको छ ।
एक साता अघिदेखि काठमाडौँ महानगरपालिकाले उपत्यकाको फोहर व्यवस्थापन गर्न नसक्दा वाग्मती सफाइ महाअभियानलगायत नदी र चक्रपथ सफाइ अभियानले आज सफाइ गरी संकलन भएको फोहर नदी किनार र मूल सडकमा थुपार्नुपरेको हो ।
वाग्मती सफाइ महाअभियानको २२६ औँ हप्तामा आज सिनामंगल पुलमा सफाइ गरी पाँच मेट्रिक टन फोहर थुपारियो ।
सो अवसरमा नेपालका लागि युरोपेली संघका राजदूत रिन्चे टिरिङलाई बिदाइसहित सम्मान गरिएको सफाइ महाअभियानका प्रवक्ता उमेश बोहराले राससलाई जानकारी दिए । उहाँ यही हप्ता बंगलादेश जानेछिन् ।
सफाइका क्रममा सिनामंगलदेखि जागृतिनगरसम्म जनचेतनामूलक अभियान पनि सञ्चालन गरिएको छ । सफाइमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, काठमाडौँ महानगरपालिकालगायत संस्थाको सहभागिता थियो ।
गुह्येश्वरीमाथिको वाग्मती सफाइको १८७ औँ हप्तामा आज गोठाटार पुल क्षेत्रमा सफाइ गरी दुई मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा पुडासैनी मैत्री समाज र राम्रो जोरपाटी हाम्रो जोरपाटीलगायत संस्थाका १०० जनाभन्दा बढीको सहभागिता थियो ।
रुद्रमती सफाइको १८५ औँ हप्तामा आज रातोपुलदेखि गौशालासम्म जचेतनामूलक अभियानसहित सफाइ गरियो । गौशालाबाट निस्किइ सडकमा बगिरहेको ढल सो अवसरमा व्यवस्थापन गरिएको थियो । सफाइमा पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्मा र काठमाडौँ महानगरपालिका–३० का अध्यक्ष दलबहादुर कार्कीलगायतको पनि उपस्थिति थियो ।
विष्णुमती सफाइको १५७ औँ हप्तामा धादिङ बसपार्क क्षेत्रमा जनचेतनासहित सफाइ गरियो । ३०० जनाको सहभागितामा भएको सफाइमा चार मेट्रिक टन फोहर व्यवस्थापन गरियो ।
चक्रपथ सफाइको २२ औँ हप्तामा बसुन्धरा–गोंगबु नयाँ बसपार्क क्षेत्रका रुखमा पाँच फिटसम्म रङ लगाएर सफाइ गरियो । ३०० जनाको सक्रियतामा सफाइ गरी आठ मेट्रिक टन फोहर व्यवस्थापन भयो ।
यसैगरी चक्रपथको सीतापाइला बाफल क्षेत्रमा पनि आज तेस्रो हप्ताको सफाइ गरिएको सफाइ महाअभियानले जनाएको छ । आलोक नगरस्थित वाग्मती नदी किनारमा गरिएको २२ औँ हप्तामा मीनभवन क्षेत्रमा जनचेतनामूलक सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा ७५ जना महिलाको सक्रियता थियो ।
मनोहरा नदी सफाइको दोस्रो हप्ता आज विशेष सफाइ कार्यक्रम गरियो । कार्यक्रममा संघीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री जनकराज चौधरीले नदी संरक्षण विधेयक पारित गर्न सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । सफाइमा सांसद दीपकप्रसाद कुइँकेल, सचिव दिनेशकुमार थपलिया, कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख कृष्णहरि थापालगायत अभियन्ताको सहभागिता थियो ।
शालिनदीदेखि वाग्मती दोभानसम्म ५२ हप्तामा सफाइ गरिसक्ने प्रतिबद्धता पनि सो अवसरमा जनाइयो । आजको सफाइबाट चार मेट्रिक टन फोहर व्यवस्थापन गरियो । यसैगरी इन्द्रमती सफाइ अभियानको दोस्रो हप्ता आज नदीको बल्खु क्षेत्रमा सफाइ गरी आठ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा ३०० अभियानकर्मीको सहभागिता थियो ।
गत हप्तादेखि राति सफाइ गरिँदै आएको पशुपति क्षेत्रमा आइतबारदेखि दिउँसो १ बजेदेखि बेलुकी ८ बजेसम्म सफाइ गरिने सफाइ महाअभियानले जनाएको छ । विसं २०७० जेठ ५ गते शनिबारदेखि शुरु भएको वाग्मती सफाइ महाअभियानबाट प्रेरित भई हालसम्म मुलुकका २६ शहरका नदी सफाइ पनि शुरु भएको छ ।

COMMENTS





Name

Featured अटो अपराध अर्थ वाणिज्य कृषि खेलकुद दुर्घटना देश देश परिवेश परिवेश पूर्व बैङ्क भिडियाे मनोरञ्जन राजनीति राजनीति परिवेश विदेश समसामियक समाचार समाज समाज अपराध समाज परिवेश स्वास्थ्य
false
ltr
item
गुरासँ एफ्.एम्.: उपत्यकामा फोहरको थुप्रो, महानगरले फोहर व्यवस्थापन गर्न सकेन
उपत्यकामा फोहरको थुप्रो, महानगरले फोहर व्यवस्थापन गर्न सकेन
https://farm5.staticflickr.com/4383/36977940411_23762cbf6d_b.jpg
गुरासँ एफ्.एम्.
http://www.gurasfm.com/2017/09/6.html
http://www.gurasfm.com/
http://www.gurasfm.com/
http://www.gurasfm.com/2017/09/6.html
true
7688986134927037870
UTF-8
समाचार भेटाउन सकिएन सबै हेर्नुहोस थप पढ्नुहोस जवाफ दिनुहोस जवाफ नदिनुहोस हटाउनुहोस सर्जक गृह पेजहरू समाचारहरू सबै हेर्नुहोस तपाइको लागी ट्याग विगत खोज्नुहोस सबै खबरहरू तपाइले खोजे अनुसारको खबर पाउन सकिएन गृहमा फर्कनुहोस आइतबार सोमबार मङ्गल बुधबार बिहीबार शुक्रबार शनिबार आइत सोम मङ्गल बुध बिही शु्क्र शनि जनावरी फेब्रुअरी मार्च अप्रिल मे जुन जुलाइ अगस्ट सेप्टेम्वर अक्टुवर नोभेम्वर डिसेम्बर Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै १ मिनेट पहिले $$1$$ मिनेट पहिले 1 घण्टा पहिले $$1$$ घण्टा पहिले हिजो $$1$$ दिन पहिले $$1$$ हप्ता पहिले ५ हप्ता पहिले फलोबरहरू फलो गर्नुहोस । यो उत्कृष्ट सामग्री हो । ताला हटाउनका लागी बाढ्नुहोस् । सबै कोड कपि गर्नुहोस । सबै कोड Select गर्नुहोस् । All codes were copied to your clipboard कोडहरू कपि गर्न सकिएन, कृपया [CTRL]+[C] वा ( CMD+C सँग Mac) थिच्नुहोस ।