खोला र पैनीको अधिक्रमणले बेलबारी डुवान

असाेज ५ ,वेलवारी ।आज भोली बेलबारीमा तीन, चार घण्टा पानी प¥यो कि व्यापारीहरू शिसौली खोलातिर हेर्न थाल्छन् । कारण भर्खरै शिसौली खोलामा आएको ...

असाेज ५ ,वेलवारी ।आज भोली बेलबारीमा तीन, चार घण्टा पानी प¥यो कि व्यापारीहरू शिसौली खोलातिर हेर्न थाल्छन् । कारण भर्खरै शिसौली खोलामा आएको बाढीले ब्यापारीहरूलाई करोडौँ नोक्सान गरिदिएको छ । गत साउन २७ र २८ गते परेको अविरल वर्षाले बेलबारीमा धेरैको विचल्ली गरायो । सुख, दुःख जे जसो भएपनि दुई छाक टार्न पुगि रहेको व्यापारका सम्पूर्ण सामानहरू बाढिले बगाई दिएपछि उनीहरू विचल्ली भएका हुन् । बेलबारीको मुटु भनेर चिनिने बजार क्षेत्र पुर्णरुपमा डुवान भयो । साउन २७ गते शुक्रबार रातीदेखि परेको अविरल वर्षाले २८ गते शनिवार मध्यान्ह सम्ममा बेलबारीको बजार क्षेत्र पुर्ण रुपमा डुवार्इ सकेको थियो । पानीको वहाव बढ्दै जाँदा व्यापारका लागि राखिएको लत्ता कपडा, किराना पसलका सामान, फर्निचर, ल्याप्टप तथा इलोक्ट्रोनिक सामग्रीहरू, जुत्ता–चप्पल, भाँडा पसल, इस्टेष्नरी, औषधी पसल, सुन–चाँदी पसल, होटल आदी सबै–सबै ढुवानमा परे । डुवानबाट एक करोड ३५ लाखको क्षति भएको बेलबारी उद्योग वाणिज्य संघका अध्यक्ष योगेन्द्र सुवेदीले बताए । बेलबारी–१ सिनेमा हल लाइनका व्यापारी तथा स्थानिय वासीहरूले डुवानको सबै भन्दा ज्याद नोक्सानी व्यहोर्नु प¥यो । पानीले ३ फिटसम्म डुवान गरेको स्थानिय वासी केशव थापा मगरले बताए । निरन्तर मुसल्धारे पानी परेपछि शिसौली खोलामा आएको बाढिले आफ्नो मुल धार परिवर्तन गरी बजार क्षेत्रमा प्रवेस गरेको थियो । शिसौली खोलामा बढेको पानी आफ्नो गतिमा बग्न नसक्दा मानव बस्तिमा पसेको थियो । पानी सबै पसल भित्र पसेकाले लाखौँ बराबरको खाद्यन्न तथा किराना सामाग्री नष्ट भएको पीडित किराना व्यपारि विष्णु मण्डलले बताए । बेलबारी पटक–पटक डुवान हुँदै आएको छ । २०६० र २०६४ सालमा पनि बजार क्षेत्र डुवान भएको व्यपारी रत्न मान श्रेष्ठले बताए । ‘बेलबारीका जग्गा व्यापारी तथा खोला अधिक्रमण गरी बस्ने मानिसहरू स्वार्थ आफ्नो भन्दा माथि उठ्नु पर्छ । खोलालाई प्राकृतिक रुपमा आफ्नौ लयमा बग्न दिने हो भने चाँडै समस्याको समाधान हुनेछ ।’ स्थानिय पत्रकार नारायण राईको भनाई । बेलबारी बजारलाइ पुर्ण रुपमा डुवान मुक्त गर्न खोला अतिक्रमण गरी बनाइएका भौतिक संरचना तथा घरहरू भत्काई उचित व्यवस्थापन नगरेसम्म यो समस्या जस्ताको त्यस्तै रहने आम बेलबारी बासीको भनाई छ । खोलाको धारलाई पहिले कै स्थानबाट निकासा दिन दिगो र उचित कार्यक्रम बेलबारी नगरपालिकाले ल्याउनु पर्ने समेत स्थानीय वासीहरूको माग छ । ‘४९ सालतिर १४, १५ दिनसम्म पानी पर्दा पनि कै नहुने ठाउँमा आज भोली दुई दिन पानी पर्दा डुवान हुन थालेको छ । पहिले बेलबारीमा धेरै खोला तथा पैनीहरू थिए । पुरानो बेलबारीदेखि लोहोन्द्रा खोलासम्म हेर्ने हो भने ६, ७ ओटा खोला तथा पैनीहरू थिए । तर आज ती खोला तथा पैनीहरू अधिक्रमणमा परेर विलिन तथा साँघुरो बनिएका कारण डुवान भएको बेलबारी नगरपालिकाका निर्वाचित जनप्रतिनिधि रसिन लामाको तर्क छ । यसको लागि नगरपालिकामा छलफल गरी पुरानो पैनी तथा खोलाको भाग खोजीने र त्यसैबाट नै पानीको निकास गराउने समेत लामाले बताए । त्यो भन्दा अर्को विकल्प पनि नभएको लामाको भनाई छ । लोहोन्द्रा कटान र बजार डुवान बेलबारीको प्रमुख समस्या भैसकेको छ । त्यस समस्याको समाधानका लागि नगरवासी सबै एक जुट हुनु पर्ने लामाको राय छ ।   ऋषि राई

COMMENTS





Name

Featured अटो अपराध अर्थ वाणिज्य कृषि खेलकुद दुर्घटना देश देश परिवेश परिवेश पूर्व बैङ्क भिडियाे मनोरञ्जन राजनीति राजनीति परिवेश विदेश समसामियक समाचार समाज समाज अपराध समाज परिवेश स्वास्थ्य
false
ltr
item
गुरासँ एफ्.एम्.: खोला र पैनीको अधिक्रमणले बेलबारी डुवान
खोला र पैनीको अधिक्रमणले बेलबारी डुवान
https://scontent.fktm5-1.fna.fbcdn.net/v/t34.0-12/21903529_701964816680288_1515300259_n.jpg?oh=7ce03f4dfcf2e4ddbd7ed3b11cdbc842&oe=59C635A2
गुरासँ एफ्.एम्.
http://www.gurasfm.com/2017/09/54.html
http://www.gurasfm.com/
http://www.gurasfm.com/
http://www.gurasfm.com/2017/09/54.html
true
7688986134927037870
UTF-8
समाचार भेटाउन सकिएन सबै हेर्नुहोस थप पढ्नुहोस जवाफ दिनुहोस जवाफ नदिनुहोस हटाउनुहोस सर्जक गृह पेजहरू समाचारहरू सबै हेर्नुहोस तपाइको लागी ट्याग विगत खोज्नुहोस सबै खबरहरू तपाइले खोजे अनुसारको खबर पाउन सकिएन गृहमा फर्कनुहोस आइतबार सोमबार मङ्गल बुधबार बिहीबार शुक्रबार शनिबार आइत सोम मङ्गल बुध बिही शु्क्र शनि जनावरी फेब्रुअरी मार्च अप्रिल मे जुन जुलाइ अगस्ट सेप्टेम्वर अक्टुवर नोभेम्वर डिसेम्बर Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै १ मिनेट पहिले $$1$$ मिनेट पहिले 1 घण्टा पहिले $$1$$ घण्टा पहिले हिजो $$1$$ दिन पहिले $$1$$ हप्ता पहिले ५ हप्ता पहिले फलोबरहरू फलो गर्नुहोस । यो उत्कृष्ट सामग्री हो । ताला हटाउनका लागी बाढ्नुहोस् । सबै कोड कपि गर्नुहोस । सबै कोड Select गर्नुहोस् । All codes were copied to your clipboard कोडहरू कपि गर्न सकिएन, कृपया [CTRL]+[C] वा ( CMD+C सँग Mac) थिच्नुहोस ।