वीरगञ्ज महानगरको मेयरमा संघीय फोरमका विजय सरावगी निर्वाचित

वीरगञ्ज महानगरको मेयरमा संघीय फोरमका विजय सरावगी निर्वाचित ११ असोज, वीरगञ्ज । प्रदेश २ को एकमात्र महानगरपा...


वीरगञ्ज महानगरको मेयरमा संघीय फोरमका विजय सरावगी निर्वाचित




११ असोज, वीरगञ्ज । प्रदेश २ को एकमात्र महानगरपालिका वीरगञ्जमा संघीय समाजवादी फोरम नेपालका विजय कुमार सरावगी मेयरमा विजयी भएका छन् । उपमेयरमा भने नेपाली कांग्रेसकी शान्ति कार्की विजयी भएकी छन् ।
वीरगञ्ज महानगरपालिकाको मेयर पदका लागि कांग्रेसका अजय द्विवेदी, एमालेका बसरुद्धिन अन्सारी, माओवादी केन्द्रका रहबर अन्सारी, राजपाका राजेशमान सिंह र लोकतान्त्रिक फोरमका विमल श्रीवास्तव चुनावी प्रतिस्पर्धामा थिए ।
मेयरमा विजय सराबगी निर्वाचित भएको औपचारिक घोषणा हुन भने बाँकी छ ।
वीरगञ्ज महानगरका ३२ वडामध्ये संघीय समाजवादी फोरमले १२, कांग्रेसले १०, एमालेले ५, राजपाले ३, माओवादी केन्द्रले १ र लोकतान्त्रिक फोरमले १ वडा जितेका छन् ।
को हुन् विजय सरावगी
ब्यापारिक घरानामा जन्मिएका विजयी सरावगी सफल उद्योगी ब्यवसायी हुन् । उनी उद्योग वाणिज्य संघको अध्यक्ष समेत बनेका थिए ।
२०६३ को लोकतान्त्रिक आन्दोलनको बेला वीरगन्ज उद्योग वाणिज्य संघको अध्यक्ष थिए । पछि नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्य पनि बने । राजनीतिमा खासै सक्रिय नरहे पनि उनमा रुचि भने थियो । पछिल्लो मधेस आन्दोलनमा प्रत्यक्ष सक्रिय नरहेता पनि आन्दोलनको पक्षमा उनले भूमिका खेलेका थिए । ६ महिना अघि संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेसँगै उनले मेयरको टिकट पाएका थिए । उनी त्यसअघि कांग्रेस निकट थिए ।
चिरञ्जीवी लाल सरावगीका छोरा विजय बुवासँगै ब्यवसायमा सानै उमेरदेखि लागेका थिए । बुवा चिरञ्जीवी सरावगी लायन्स क्लबको गभर्नर हुँदा विजय पनि लायन्स क्लबमा संलग्न भै समाजिक कार्यमा लागेका थिए ।
source:onlinekhabar

COMMENTS





Name

Featured अटो अपराध अर्थ वाणिज्य कृषि खेलकुद दुर्घटना देश देश परिवेश परिवेश पूर्व बैङ्क भिडियाे मनोरञ्जन राजनीति राजनीति परिवेश विदेश समसामियक समाचार समाज समाज अपराध समाज परिवेश स्वास्थ्य
false
ltr
item
गुरासँ एफ्.एम्.: वीरगञ्ज महानगरको मेयरमा संघीय फोरमका विजय सरावगी निर्वाचित
वीरगञ्ज महानगरको मेयरमा संघीय फोरमका विजय सरावगी निर्वाचित
https://www.onlinekhabar.com/wp-content/uploads/2017/09/Bijay-Sarabagi-Birgunj.jpg
गुरासँ एफ्.एम्.
http://www.gurasfm.com/2017/09/52.html
http://www.gurasfm.com/
http://www.gurasfm.com/
http://www.gurasfm.com/2017/09/52.html
true
7688986134927037870
UTF-8
समाचार भेटाउन सकिएन सबै हेर्नुहोस थप पढ्नुहोस जवाफ दिनुहोस जवाफ नदिनुहोस हटाउनुहोस सर्जक गृह पेजहरू समाचारहरू सबै हेर्नुहोस तपाइको लागी ट्याग विगत खोज्नुहोस सबै खबरहरू तपाइले खोजे अनुसारको खबर पाउन सकिएन गृहमा फर्कनुहोस आइतबार सोमबार मङ्गल बुधबार बिहीबार शुक्रबार शनिबार आइत सोम मङ्गल बुध बिही शु्क्र शनि जनावरी फेब्रुअरी मार्च अप्रिल मे जुन जुलाइ अगस्ट सेप्टेम्वर अक्टुवर नोभेम्वर डिसेम्बर Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै १ मिनेट पहिले $$1$$ मिनेट पहिले 1 घण्टा पहिले $$1$$ घण्टा पहिले हिजो $$1$$ दिन पहिले $$1$$ हप्ता पहिले ५ हप्ता पहिले फलोबरहरू फलो गर्नुहोस । यो उत्कृष्ट सामग्री हो । ताला हटाउनका लागी बाढ्नुहोस् । सबै कोड कपि गर्नुहोस । सबै कोड Select गर्नुहोस् । All codes were copied to your clipboard कोडहरू कपि गर्न सकिएन, कृपया [CTRL]+[C] वा ( CMD+C सँग Mac) थिच्नुहोस ।