२१ स्थानीय तहको नाम फेर्न सिफारिस (सूचीसहित)

३० भदौ, काठमाडौं । केही दिनअघि सोलुखुम्बुको दूधकौशिका गाउँपालिकाको गाउँसभाले गाउँपालिकाको नाम परिवर्तन गरेर थुुलुङ दूधकौशिका बनाउने निर्णय ...

३० भदौ, काठमाडौं । केही दिनअघि सोलुखुम्बुको दूधकौशिका गाउँपालिकाको गाउँसभाले गाउँपालिकाको नाम परिवर्तन गरेर थुुलुङ दूधकौशिका बनाउने निर्णय गर्‍यो । माओवादी नेतृत्वको गाउँपालिकाको निर्णयको अन्य दलले बिरोध गर्दै गाउँपालिकाको नाम कसैको लहडमा परिर्वतन गर्न नपाउने चेतावनी दिए ।
यो विवाद अहिले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयसम्म आइपुगेको छ ।
दूधकौशिका गाउँपालिकाले जस्तै देशभरका २१ स्थानीय तहको नाम र केन्द्र परिवर्तन गर्ने निर्णय अहिले मन्त्रालयमा आइपुगेका छन् । यसबारेमा मन्त्रिपरिषदले निर्णय नगरेसम्म कुनै पनि गाउँपालिकाको नाम र केन्द्र परिवर्तन नहुने सरकारले प्रष्ट पारेको छ ।
स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएलगत्तै कतिपयले चुनावी प्रतिवद्धता अनुसार त कतिपयले राजनीतिक कारणले स्थानीय तहका नाम र केन्द्र परिर्वतन गरेका छन् । कतिपय स्थानीय तहको नाम र केन्द्र परिवर्तन आवश्यक रहे पनि गाउँ वा नगरसभा आफैंले परिर्वतन गर्न पाउँदैनन् ।
संघीय मामिला तथा स्थानीय मन्त्रालयका प्रवक्ता रुद्रसिंह तामाङले आफखुसी नाम र केन्द्र परिवर्तन गरे पनि त्यसले मान्यता नपाउने बताए । नाम र केन्द्र परिवर्तनका लागि केन्द्र सरकारको निर्णय अनिवार्य रहेको उनले बताए ।
क-कसले गरे नाम र केन्द्र परिवर्तनको निर्णय ?

मन्त्रालयमा अहिलेसम्म २१ वटा गाउँपालिका र नगरपालिकाले आफ्नो नाम र केन्ऽ परिर्वतन गर्न सरकारलाई सिफारिस पठाएका छन् । यसमा पछिल्लो स्थानीय तह बनेको छ सोलुखुम्बुको दूधकौशिका ।
धेरै स्थानीय तहले पहिलो बैठकबाटै नाम परिवर्तनको निर्णय गरे पनि प्रक्रिया नबुझेर बल्ल मन्त्रालयमा फाइल आइपुगेका छन् ।
अहिलेसम्म रामेछापको नुवाकोटको मेघाङ, मनाङको नशोङ, मुस्ताङको बाह्रगाउँ मुक्तिक्षेत्र र दालोमे र सोलुको दूधकुण्ड, सुनसरीको चक्रघट्टी नगरपालिकाले नाम परिवर्तन गर्ने निर्णयसहित सरकारलाई सिफारिस गरेका छन् ।
नाम र केन्द्र दुवै परिर्वतनको सिफारिस पनि सरकारसमक्ष आएका छन् । रामेछापको लिखु, सुनसरीको भोक्राहा, खोटाङको लामीडाँडा, मनाङको नेस्याङ, रौतहटको माधव नारायण, रसुवाको पार्वतीकुण्ड गाउँपालिकाले नाम र केन्द्र दुवै परिवर्तनको निर्णय गरेका छन् ।
मन्त्रालयका अनुसार सल्यानको कुमाखमालिका र ढोरचौर गाउँपालिकाले केन्द्र र नाम परिर्वतन गर्न सरकारलाई सिफारिस गरेका छन् ।
यी बाहेक जाजरकोटको त्रिवेणी नलगाड नगरपालिकाले पनि नाम र केन्द्र परिर्वतनका लागी सरकारलाई सिफारिस गरेका गरेको तामाङले बताए ।
यता काभ्रेको चौंरीदेउराली, म्याग्दीको रघुगंगा, सिन्धुलीको हरिहरपुरगढी, पर्वतको जलजला, तनहुँको घिरिङ र बाजुराको हिमाली गाउँपालिकाले केन्द्र परिर्वतनको लागि सिफारिस गरेका छन् ।
स्थानीय तहहरूलाई आफ्नो नाम र केन्द्र चित्त नबुझेमा स्थानीय निर्वाचन भएको ६ महिनाभित्र साधारण बहुमत जुटाएर परिर्वतनका लागि केन्ऽ सरकारसमक्ष सिफारिस गर्न सक्ने व्यवस्था छ ।
सोही व्यवस्थालाई टेकेर स्थानीय तहले नाम र केन्द्र परिवर्तनको सिफारिस गरेका हुन् ।
यी सिफारिस अध्ययन गरेर मन्त्रालयले मन्त्रिपरिषदमा पेश गर्नेछ । मन्त्रिपरिषदले स्वीकृति दिएपछि नाम र केन्द्र परिवर्तन हुनेछन् ।
source:onlinekhabar

COMMENTS





Name

Featured अटो अपराध अर्थ वाणिज्य कृषि खेलकुद दुर्घटना देश देश परिवेश परिवेश पूर्व बैङ्क भिडियाे मनोरञ्जन राजनीति राजनीति परिवेश विदेश समसामियक समाचार समाज समाज अपराध समाज परिवेश स्वास्थ्य
false
ltr
item
गुरासँ एफ्.एम्.: २१ स्थानीय तहको नाम फेर्न सिफारिस (सूचीसहित)
२१ स्थानीय तहको नाम फेर्न सिफारिस (सूचीसहित)
https://farm5.staticflickr.com/4402/36397916984_b2ba0666bb_b.jpg
गुरासँ एफ्.एम्.
http://www.gurasfm.com/2017/09/34.html
http://www.gurasfm.com/
http://www.gurasfm.com/
http://www.gurasfm.com/2017/09/34.html
true
7688986134927037870
UTF-8
समाचार भेटाउन सकिएन सबै हेर्नुहोस थप पढ्नुहोस जवाफ दिनुहोस जवाफ नदिनुहोस हटाउनुहोस सर्जक गृह पेजहरू समाचारहरू सबै हेर्नुहोस तपाइको लागी ट्याग विगत खोज्नुहोस सबै खबरहरू तपाइले खोजे अनुसारको खबर पाउन सकिएन गृहमा फर्कनुहोस आइतबार सोमबार मङ्गल बुधबार बिहीबार शुक्रबार शनिबार आइत सोम मङ्गल बुध बिही शु्क्र शनि जनावरी फेब्रुअरी मार्च अप्रिल मे जुन जुलाइ अगस्ट सेप्टेम्वर अक्टुवर नोभेम्वर डिसेम्बर Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै १ मिनेट पहिले $$1$$ मिनेट पहिले 1 घण्टा पहिले $$1$$ घण्टा पहिले हिजो $$1$$ दिन पहिले $$1$$ हप्ता पहिले ५ हप्ता पहिले फलोबरहरू फलो गर्नुहोस । यो उत्कृष्ट सामग्री हो । ताला हटाउनका लागी बाढ्नुहोस् । सबै कोड कपि गर्नुहोस । सबै कोड Select गर्नुहोस् । All codes were copied to your clipboard कोडहरू कपि गर्न सकिएन, कृपया [CTRL]+[C] वा ( CMD+C सँग Mac) थिच्नुहोस ।