प्रकाशलाई बचाउन हालसम्म २ लाख ६१ हजार

शनिश्चरे/ दुवै मृगौलाले काम नगरेपछि उपचारमा आर्थिक समस्यामा परेका मोरङको पथरीशनिश्चरे १ का ४७ वर्षीय प्रकाश थापाको मृगौला प्रत्यारोपणका...

शनिश्चरे/दुवै मृगौलाले काम नगरेपछि उपचारमा आर्थिक समस्यामा परेका मोरङको पथरीशनिश्चरे १ का ४७ वर्षीय प्रकाश थापाको मृगौला प्रत्यारोपणका लागि देश विदेशबाट हालसम्म २ लाख ६१ हजार रुपैयाँ आर्थिक सहयोग संकलन भएको छ ।
‘प्रकाश थापा बचाऔंं अभियान समिति’का साथै स्थानीय समाजसेवी भीमकुमार राई, यमुना विष्ट, सुरेश कार्की र दीपक बस्नेतको अगुवाईको पहलबाट ५७ जनाबाट ५८ हजार ३ सय ८५, शान्ति सामुदायिक वन समितिबाट ५० हजार, वन समिति सदस्यहरुबाट ५० हजार सहयोग प्रदान भएको छ ।
सेवा निवृत्त राष्ट्रसेवक हकहित समाज पथरीशनिश्चरे नगर कमिटीमार्फत ६४ जनाबाट ३१ हजार ८ सय ७१, आरती वहुउद्धेश्यीय सहकारीका शेयर सदस्यबाट १७ हजार ५ सय, वडा नम्बर १ का वडाध्यक्ष वावुराम एङ्देन सहितका वडा सदस्यहरुबाट ११ हजार रुपैयाँ संकलन गरी थापाको परिवारलाई हस्तान्तरण भएको छ ।
अमेरिकामा रहेका पथरीशनिश्चरे ४ का भूपेश संग्रौलाले १० हजार, स्थानीय कन्तुर सहकारीले ९ हजार र शिखरचोकबाट ९ हजार र पथरी उद्योग वाणिज्य संघका अध्यक्ष धनकुमार तामाङबाट ५ हजार सहयोग प्राप्त भएको थापाका छोरा अभिषेकले बताए । उनले यो बेला मृगौला प्रत्यारोपणमा १५ लाख बढी रुपैयाँ खर्च हुने जनाए ।
आर्थिक कठिनाइमा रहेका थापाको उपचारमा सहयोग जुटाउन स्थानीय युवाहरुले कम्प्युटर जोनका प्रमुख युवा व्यवसायी मनोज श्रेष्ठको संयोजकत्वमा ‘प्रकाश थापा बचाऔंं अभियान समिति’ गठन गरेर सहयोग सकलन अभियान अघि बढाएका छन् ।
विपन्न परिवारका समाजसेवी थापाको ०७३ फागुनबाट दुवै मृगौलाले काम नगरेपछि काठमाडौंको वीर अस्पतालमा डाइलोसिस भइरहेको छ् । राष्ट्यि वाणिज्य वैंक पथरी शाखाको सुरक्षा कर्मचारीका रुपमा कार्यरत उहाँ गत फागुनदेखि विरामी परेर आफ्नो जागिर समेत छोडिएको अवस्था छ ।
०७४ वैशाखदेखि परिवारै सहित काठमाडौंमा बसेर उपचार गराइरहेका छन् । निशुल्क डाइलोसिस भइरहेपनि साताको २ पटक डाइलोसिस गराउँदा रगत लगाउन, औषधि सेवन गर्न र खाना वस्न गरी मासिक ३० हजार रुपैयाँ खर्च हुने गरेको छ । आफ्नो उपचारमा हालसम्म ५ लाख वढी खर्च भइसकेको थापाले दुखेसो पोखे ।
ऋणपान गरेर उपचार भइरहेको अवस्थामा मृगौला प्रत्यारोपणका लागि अझ समस्या भइरहेको छ । यसखाले अप्ठेरो परिस्थिती बुझेपछि नगरका युवाहरुले थापालाई वचाउने अभियानका लागि समिति गठन गरेर सहयोगका लागि सवैलाई आव्हान गरिएको संयोजक श्रेष्ठले जनाए । मृगौला प्रत्यारोपण गरेर पुरा आयु जीवन वाँच्ने थापाको अभिलासालाई साकार पार्न सहयोगी हातहरुको अत्यन्तै आवश्यकता परेकाले उनको पुकारलाई मनन् गर्दै देश र विदेशमा रहनेले सक्दो सहयोग पुर्याइदिन समितिले फेसवुक पेजमार्फत समेत अपील गरेको छ ।
जसका लागि उनकी श्रीमती अनिता थापाको नाममा राष्ट्रिय वाणिज्य बैंक ,पथरी शाखाको खाता नम्बर २५६०००२१६५१० मा समेत सहयोग गर्न समितिले आव्हान गरेको छ ।
source:blastkhabar

COMMENTS





Name

Featured अटो अपराध अर्थ वाणिज्य कृषि खेलकुद दुर्घटना देश देश परिवेश परिवेश पूर्व बैङ्क भिडियाे मनोरञ्जन राजनीति राजनीति परिवेश विदेश समसामियक समाचार समाज समाज अपराध समाज परिवेश स्वास्थ्य
false
ltr
item
गुरासँ एफ्.एम्.: प्रकाशलाई बचाउन हालसम्म २ लाख ६१ हजार
प्रकाशलाई बचाउन हालसम्म २ लाख ६१ हजार
https://farm5.staticflickr.com/4409/36420497763_eac312d7a9_b.jpg%5B
गुरासँ एफ्.एम्.
http://www.gurasfm.com/2017/09/33.html
http://www.gurasfm.com/
http://www.gurasfm.com/
http://www.gurasfm.com/2017/09/33.html
true
7688986134927037870
UTF-8
समाचार भेटाउन सकिएन सबै हेर्नुहोस थप पढ्नुहोस जवाफ दिनुहोस जवाफ नदिनुहोस हटाउनुहोस सर्जक गृह पेजहरू समाचारहरू सबै हेर्नुहोस तपाइको लागी ट्याग विगत खोज्नुहोस सबै खबरहरू तपाइले खोजे अनुसारको खबर पाउन सकिएन गृहमा फर्कनुहोस आइतबार सोमबार मङ्गल बुधबार बिहीबार शुक्रबार शनिबार आइत सोम मङ्गल बुध बिही शु्क्र शनि जनावरी फेब्रुअरी मार्च अप्रिल मे जुन जुलाइ अगस्ट सेप्टेम्वर अक्टुवर नोभेम्वर डिसेम्बर Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै १ मिनेट पहिले $$1$$ मिनेट पहिले 1 घण्टा पहिले $$1$$ घण्टा पहिले हिजो $$1$$ दिन पहिले $$1$$ हप्ता पहिले ५ हप्ता पहिले फलोबरहरू फलो गर्नुहोस । यो उत्कृष्ट सामग्री हो । ताला हटाउनका लागी बाढ्नुहोस् । सबै कोड कपि गर्नुहोस । सबै कोड Select गर्नुहोस् । All codes were copied to your clipboard कोडहरू कपि गर्न सकिएन, कृपया [CTRL]+[C] वा ( CMD+C सँग Mac) थिच्नुहोस ।